भारतको हिमाचलमा टिप्पर दुर्घटनामा रुकुम पश्चिमका २ जनाको मृत्यु
भारतको हिमाचल प्रदेशमा दुर्घटनामा परी २ जना नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका जिल्लाको आठबीसकोट नगरपालिका ११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो । तीन जना घाइते भएका छन् । घाइते हुनेमा आठबीसकोट ११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीय दलजित विकले जानकारी दिनुभयो ।
घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन् । कामबाट कोठा फर्किने क्रममा उनीहरु चढेको टिप्पर पल्टिएको बताइएको छ । उनीहरु टिप्पर चढेर काममा जाने र टिप्परमै चढेर कोठा फर्किने गरेका थिए । उनीहरु गत वर्षको मंसिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८० १७:४१
प्रतिक्रिया दिनुहोस्