कविता
स्यालुट छ !
क्षितिजको लालिमासँग
नयनहरु जुधाएर
तपाईंको वर्गीयतालाई भेट्न मन छ ।
अग्नी परीक्षाको घेरामा
देहलाई पिपासुहरुले लुछे पनि
कहिल्यै असफल नहुने गरी
क्यानभासको मन्जिल
चुम्न सफल
जन–जनका मनहरुमा बसेर
आस्थाको वैचारिक दियो बालेर
कहिल्यै नस्ताउने
तपाईंको वीरता
बलिदान र योगदानलाई
स–सम्मान स–गर्व
स्यालुट छ ।
पूरा गर्नुछ
तपाईंको सपना
अनि
देश र जनताको मर्मलाई
पछ्याउने
तपाईंको समर्पण
अनि
रंगीन गन्तव्यहरु
भन्नुछ,
मन अमिलो बनाएर
हार्दिक श्रद्धासमुन !
प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८० १५:०२
प्रतिक्रिया दिनुहोस्