Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट नगर सभाबाट चार विध्ययक पारीत

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको आठौं नगर सभाले ४ विध्ययक पारीत गरेको छ । मंगलबार भएको नगर सभाले स्वास्थ्य सेवा विध्ययक २०७७, फोहरमैला व्यवस्थपन विध्ययक २०७७, संस्था दर्ता तथा नियमन सम्बन्धि विध्ययक २०७७ र लैंगिक नीति २०७७ सर्वसम्मत पारी गरेको हो । 

सभाले सहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तरगतका योजना छनोट गरी बजेट विनियोजन समेत गरेको छ । स्थानीय तहको निर्वाचन पछिको आठौं नगर सभाले कार्यपालिकाले प्रस्ताव गरेका आर्थिक बर्ष २०७७÷०७८ को हालसम्म गरेका सम्पूर्ण निर्णयहरु पनि अनुमोदन गरेको छ । 

५ नम्बर वडामा रहेको सहिद प्रतिष्ठानको हलमा भएको सभाले सबै वडाको केन्द्र तोक्ने र वडाको संख्या तथा सिमा हेरफेर गर्ने समेत निर्णय पारित गरेको छ । त्यसैगरि बैठकले पूरक बजेट विनियोजन समेत पास गरिएको नगरपालिकाले जनाएको छ । 

कार्यपालिकाको बैठकबाट पारित एवं नगर प्रमुख र उपप्रमुख तथा विभिन्न बिषयगत समितिले पेश गरेका प्रस्ताबहरुमा दफावार छलफल भएको र छलफलपछि सबै निर्णयहरु सर्बसम्मत रुपले पास गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, चैत १७, २०७७  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update