Kakhara सबैको खबर सम्पूर्ण खबर
बाल दिवसको अवसरमा विजयश्वरी बोर्डिङमा विभिन्न प्रतियोगिता

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको विजयश्वरी बोर्डिङ स्कुलले ५९ औं अन्तराष्ट्रिय बाल दिवसका अवसरमा विभिन्न प्रतियोगिता संचालन गरेको छ ।  प्री प्राइमरी तह, कक्षा १–३ तह, कक्षा ४–६ तह र कक्षा ७ –१० तह विभाजन गरी प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । 

प्री प्राइमरी तर्फ दीक्षा खड्का प्रथम, निर्जला ओली द्वितीय र लक्ष्मी केसी तृतीय हुनुभएको छ । कक्षा १–३ तर्फ अरुणिमा बिष्ट प्रथम, शिखा देवकोटा द्वितीय र रिमा खड्का तृतीय, कक्षा ४–६ तर्फ सुप्रिया बोहरा प्रथम, रेन्बो देवकोटा द्वितीय र रेनुका बुढा मगर तृतीय तथा कक्षा ७–१० तर्फ सुजता रेउले प्रथम, सुस्मिता परियार द्वितीय र रेजिना रावल तृतीय भएको विद्यालयले जनाएको छ । 

विद्यालय प्राङ्गणमा आयोजित प्रतियोगिताका विजेतालाई विद्यालय सञ्चालक तथा प्रिन्सिपल जयबहादुर थापाले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले साँकृतिक रुपमा धनी हाम्रो देशको परम्परा र संस्कृतिलाई जोगाउनका लागि यस्ता कार्यक्रमहरुले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले समाजका विभिन्न विकृति र विसंगतिबाट बालबालिकालाई बचाउनु अहिलेको सबैभन्दा ठूलो चुनौति रहेको बताउनुभएको थियो । 

कार्यक्रमको संचालन विद्यालय सहायक प्रशासक होमराज शाहीले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update