कोरोना भाइरस संक्रमण भएका एक व्यक्तिको मृत्यु भएको छ । त्रिवेणि गाउँपालिका ७, कि ५७ वर्षकी एक महिलाको बुधबार विहान घरमै मृत्यु भएको हो । पेटमा भएको क्यान्सरको उपचारका लागि चितवन गएका बेला उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि भरतपुर क्यान्सर अस्पताल चितवनले उनलाई होम आइसोलेशनमा बस्न भन्दै घर पठाएको थियो । घर पुगेपछि पनि उनको स्वाव संकलन गरी परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो । बुधबार नै उनको शव व्यवस्थापन गरिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।
नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । यो सँगै रुकुम पश्चिमका २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यस अघि चौरजहारी नगरपालिका १४, का कोरोना संक्रमित एक पुरुषको नेपालगञ्जमा मृत्यु भएको थियो । महिलाको मृत्यु भएपछि ७ नम्बर वडा शिल गरिएको छ । बुधबारदेखि नै लागु हुने गरी त्रिवेणि गाउँपालिकाको कोरोना रोग नियन्त्रण तथा रोकथाम समन्वय समितिले कार्तिक १२ गते राती १२ बजेसम्मका लागि उक्त वडा शिल गरेको हो ।