नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाको बैठक बसेको छ । मंगलबार यी दुवै पालिकाको बैठक बसेको हो । जिल्ला अध्यक्ष गोपाल शर्माको उपस्थितिमा चौरजहारी नगर कमिटिको बैठक बसेको हो भने महेन्द्र केसीको उपस्थितिमा बाँफिकोट गाउँ कमिटिको बैठक बसेको हो ।
जिल्ला कमिटिको बैठकपछि सबै स्थानीय तहको पार्टी बैठक गर्ने निर्णय गरेको माओवादी केन्द्रले ५ स्थानीय तहको बैठक सकेको छ । १६ गते आठबीसकोट र मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिका पार्टीको बैठक बसेको थियो । त्रिवेणि गाउँपालिकाको बैठक १८ गते डाकिएको छ ।
पालिकाका बैठकले पालिका सहित वडा तथा सेल कमिटिको गठन, पुर्नगठन, पुर्नव्यवस्थित गर्ने निर्णय गरेका छन् । चैत २४ गते जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको भेला तथा प्रशिक्षणमा आ–आफ्नो पालिकाबाट व्यापक सहभागिता जनाउने निर्णय पनि एकै साथ गरेका छन् ।
चौरजहारी नगर कमिटि सचिव विरबहादुर रानाले सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता अध्यक्ष श्रीकृष्ण शर्माले गर्नुभएको थियो । बाँफिकोट गाउँपालिकाको बैठकको अध्यक्षता कविराम देवकोटाले गर्नुभएको थियो भने सञ्चालन बेगमप्रसाद देवकोटाले गर्नुभएको थियो । राना र देवकोटा यस अघि एमालेमा हुनुहुन्थ्यो । उहाँहरुल माओवादी र एमाले व्यँुतिएपछि माओवादी केन्द्रमै हुनुहुन्छ ।