रुकुम पूर्व सिस्ने गाउँपालिका ७ र ८ को वडा सहिद परिवार समाजको सातौँ बैठक बसेको छ । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन सिस्ने ७ र ८ को वडा सहिद परिवार समाजको बैठक सिस्ने ८ को स्यालापाखामा बैठक बसेको हो । हिजो युद्धमा नयाँ फरक एजेन्डामा पार्टीका नेता लागेका थियौ तर अहिले पार्टीका नेता जनताको एजेन्डा बिर्सेको जस्तो अवस्थामा अब माओवादी पार्टीका नेता कार्यकर्ता जनतामा रूपान्तरण भइरहेको सिस्ने गाउँ समितिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोवर्धन बुढाले बताउनुभयो ।
अब हरेक पार्टीका सदस्य जनतामा रूपान्तरण भैसकेको बुढाले बताउनुभयो । गाउँ गाउँमा जनताका एजेन्डा बोकेर अब फेरि नयाँ जोस जागरका साथ पार्टी लागिसकेको बुढाको भनाइ रहेको छ । त्यस कारण आम समुदाय माओवादी प्रति निराश हुनु पर्ने अवस्था छैन उपाध्यक्ष बुढाले थप्नुभयो जनताको सुख दुखको पार्टी माओवादी पार्टी मात्र हो । जनताको एजेन्डाको जन्मदाता माओवादी नै हो त्यसैले जनताको काम गर्ने ऊर्जाशील पार्टी माओवादी नै हो जनता माओवादीकै साथमा रहेको उहाँले बताउनुभयो ।
देश र जनताका न्यायको लागि र लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना महान् सहिद र पार्टीका योद्धाहरूको त्याग तपस्याले गर्दा भएको सिस्ने ८ का वडा सदस्य डम्बर बुढाले बताउनुभयो । आम पार्टीका जनप्रतिनिधि र नेता कार्यकर्ता सहिद परिवार र जनसमुदाय प्रति समर्पित भएर काम गर्नु पर्ने बुढाले बताउनुभयो । यसै गरी सिस्ने ८ का माओवादी केन्द्रका वडाध्यक्ष गोपालसिङ पुनले पनि सहिद परिवार र उत्पीडित समुदायका लागि पार्टीले काम गरिरहेको बताउनुभयो ।
थप सशक्त रूपमा पार्टीको भातृ सङ्गठन बलियो बनाइ पार्टी र सर कारलाई आफ्ना समस्याका माग राख्नु पर्ने पुनको भनाइ रहेको छ । सहिद परिवार र समुदायको समस्या तथा मा गलाइ पार्टी र सरकारले समाधान गर्दै जानू पर्ने पुनले जोड दिनुभयो । सिस्ने ८ का सहिद परिवार समाजका उपाध्यक्ष बलवीर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सिस्ने गाउँ समितिका उपाध्यक्ष गोवर्धन बुढाको रहेकोमा विशेष अतिथिमा सिस्ने ८ पार्टी वडा इन्चार्ज देवीलाल पुनको रहेको थियो ।
यसैगरी अन्य अतिथिमा सिस्ने ८ का वडा सदस्य तथा पार्टी सिस्ने गाउँ समिति सचिवालय सदस्य डम्बर बुढा, प्रदेश ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्य तथा सिस्ने गाउँकार्यापालिकाका सदस्य थलबहादुर सार्की, पार्टी सिस्ने ८ का वडाध्यक्ष गोपाल सीङ पुन लगायतको आतिथ्यता रहेकोमा कार्यक्रमको सन्चालन सिस्ने ८ सहिद परिवार समाजका सचिव खर्कसिङ पुनले गर्नु भएको थियो ।