Kakhara सबैको खबर सम्पूर्ण खबर
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
सहयाेग रकम हस्तान्तरण कार्यक्रम ।

अमेरिका जाने क्रममा मध्य अमेरिकाको पानामाको समुन्द्रमा डुङा पल्टिदा ज्यान गुमाएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका एक युवकको परिवारलाई २१ लाख बढी सहयोग प्राप्त भएको छ । झन्डै १ बर्षअघि भएको डुङ्गा दुर्घटनामा परि ज्यान गुमाएका बाँफिकोट गाउँपालिका वडा नम्बर ७ गोडेकाँडाका प्रदिप खत्रीको परिवारलाई देश तथा विदेशमा बस्ने नेपाली समुदायबाट सङ्कलन भएको रकम प्रदान गरिएको हो । 

दिपा विष्ट मगरको बैंक खातामा सङ्कलित २१ लाख ३८ हजार ९ सय ५५ रुपैयाँ शनिवार एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रदीपको परिवारलाई हस्तान्तरण गरिएको हो । दिपा विष्ट मगरको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठामगर,  वडा नम्बर ७ का वडाध्यक्ष नरबहादुर खत्री, शिक्षक नरबहादुर बिस्ट, हिरालाल खनाल, टिकाराम केसी, खिमबहादुर खत्री, झलक खत्री र इन्द्र खत्री लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । 

कही महिना अघि सुरू गरिएकाे आर्थिक सहायता अभियानमा अमेरिका, जापान, कोरिया, साउदी, कतार, दुबई, मलेसिया, भारत र नेपाल लगायत मुलुकमा बस्ने २ सय ५८ जना नेपालीले आर्थिक सहयोग गरेका थिए । स्वर्गीय खत्रीका बालबच्चाको उचित शिक्षा दीक्षा, औषधि उपचार र सहज जीवनयापनका लागि बिशेषगरि अमेरिकाका विभिन्न राज्यमा बस्ने रुकुम पश्चिमका युवाहरूको अग्रसरतामा रकम सङ्कलन गरी हस्तान्तरण गरिएको बताइएको छ ।  

केही महिनाअघि सुरु गरिएको आर्थिक सहायता संकलन अभियानलाई सफल बनाउन संयुक्त राज्य अमेरिकाको टेक्ससबाट टिकाराम पुन, फ्लोरेन्स टेक्ससबाट गोर्ख कुसारी, क्यालिफोर्नियाबाट बिरेन्द्र कुसारि, डालसबाट बिनोद केसि, अस्टिन टेक्ससबाट सन्दिप खत्री र साउदिबाट कबिराम खत्रीले विभिन्न दाताहरुसङ्ग सम्पर्क समन्वय गरि रकम संकलन गरेको बताइएको छ ।

त्यस्तै सहयोग रकम हस्तान्तरण कार्यक्रमका दौरान शनिवार नै सङ्कलन भएको १ लाख ८४ हजार रुपैयाँ समेत खत्रीको परिवारलाई हस्तान्तरण गरिएको छ । १३ अक्टोबर सन २०२२ अर्थात् विक्रम संवत् २०७९ असोज २७ गतेका दिन मध्य अमेरिकाको पानामाको समुन्द्रमा डुङ्गा दुर्घटना हुँदा खत्रीको मृत्यु भएको थियो । 

 

11694950811.jpg

21694950829.jpg

31694950840.jpg

41694950891.jpg

51694950904.jpg

61694950917.jpg

71694950929.jpg

81694950939.jpg

Screenshot_20230917-192447_Messenger1694958064.jpg

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update