Kakhara सबैको खबर सम्पूर्ण खबर
व्यवशायिक पत्रकारितामा जोड 
अन्तरक्रिया कार्यक्रमका सहभागिहरू ।

रुकुम पश्चिमका सरोकारलावाहरुले पत्रकारिता पेशा व्यवशायिक बन्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघको ६६ औं स्थापना दिवसको सन्दर्भमा नेपाल पत्रकार महासंघ रुकुमले जिल्ला सदरमुकाम मुसीकोट खलंगामा आयोजना गरेको रुकुमको समग्र विकासमा सञ्चारकर्मिको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले व्यवशायिक पत्रकारितामा जोड दिएका हुन् ।

जिल्लाको विकासमा पत्रकारिता पेशाको योगदान महत्वपूर्ण रहेको भन्दै पत्रकारिता पेशालाई अझै मर्यादित र व्यवशायिक बनाउँदै विकास साझेदारका रुपमा अगाडि बढाउनु पर्ने सुझाव पनि उनिहरुले दिएका थिए । जिल्लाबाट निष्पक्ष र तठस्थ पत्रकारिताको नमूना देशभरीमा पेश गर्न सरोकारवालाहरुको सुझाव थियो । 

कार्यक्रमका सहभागिहरुले स्थानीय विषयहरुको राष्ट्रियकरण, आर्थिक उपार्जन, पर्यटन प्रवर्द्घन, जैविक विभिधता र प्रर्यावरण जोगाउन र समाजमा हुने हरेक विकृतिमा जिल्लाका पत्रकारहरुले खेलेको भुमिका सन्तोषजनक रहेको र अवका दिनमा यसलाई थप बढाउनुपर्ने बताएका थिए । साथै पत्रकार राजनितिक प्रभावमा पर्न नहुने र आग्रह तथा पूर्वाग्रह भन्दा माथि उठ्नुपर्नेमा उनिहरुको जोड समेत थियो । 

कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले समग्र विकासका लागि पत्रकारले खेलेको भुमिका स्मरणिय रहेको बताउनुभयो । पिँधमा रहेका जनताको आवाज बन्न उहाँले सबै पत्रकारहरुलाई समेत आग्रह गर्नुभयो । त्यस्तै मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतमले पत्रकार तथा सञ्चार माध्यमको विकासका लागि स्थानीय सरकार गम्भिर रहेको बताउनुभयो । 

स्थानीय तहको विकासमा पत्रकारहरुले महत्वपूर्ण भुमिका खेलिरहेको उहाँको भनाई थियो । आगामि दिनमा यसलाई अझ बढाई सरकार र जनताको सेतुका रुपमा काम गर्न उहाँको आग्रह थियो । प्रमुख जिल्ला अधिकारी बन्द्रीनाथ गैह्रेले पत्रकारहरुले उठाएका सवाल प्रति गम्भिर रहेको र ति सवाल समाधानका लागि आफु मातहतका सरोकारवालाहरुलाई निर्देशन गर्ने गरेको र अन्य निकायहरु संग समन्वय गर्ने गरेको बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update