Kakhara सबैको खबर सम्पूर्ण खबर
जन सांस्कृतिक महासंघ त्रिवेणीको अध्यक्षमा ओमप्रकाश बिसी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको जन सांस्कृतिक महासंघको अध्यक्षमा ओमप्रकाश बिसी चयन हुनुभएको छ । गाउँपालिकाको पहिलो सम्मेलनबाट  बिसीलाई अध्यक्षमा चयन गरिको हो । बिसीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति निर्माण गरिएको छ । 

जसको सचिवमा निर्मल पुन चयन हुनुभएको छ । अन्य पदाधिकारी सहित सदस्यहरु पहिलो बैठकबाट थप गर्ने निर्णय भएको बताइएको छ । सामाजवादी न्याय, समृद्ध रुपान्तरण, समाजवादी निर्माणको पक्षमा पाटीलाई सघाउन जन सांस्कृतिक महांसघ निर्माण गरिएको जन सांस्कृतिक महासंघ कर्णाली प्रदेश अध्यक्ष एलवि कटुवाले जानकारी दिनुभयो । 

जन सांस्कृतिक महासंघ कलाकारको टिमलार्ई साथमै लिएर माओवादीको ३ महिने अभियानमा जान सके रुपान्तरण अभियान झन प्रभावकारी हुने उहाँको भनाई थियो । नव निर्वाचित अध्यक्ष विसीको अध्यक्षतामा भएको जन सांस्कृतिक सम्मेलनमा ३ महिने रुपान्तरण अभियान त्रिवेणी गाउँपालिका इन्चार्ज रत्नबहादुर ओलीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सम्मेलनमा माओवादी केन्द्र त्रिवेणी गाउँपालिका पाटी अध्यक्ष गनेशबहादुर खड्का, कोषाध्यक्ष रजेन्द्र पुन, लोक दोहरी प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटा, लगाएतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update