रुकुम पश्चिमा खोला तर्ने क्रममा बेपत्ता भएका ५७ वर्षीय हृदु गिरीको शव फेला परेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ लागिमका ५७ वर्षीय गिरीलाई वडा नम्बर १ र २ को सिमानामा पर्ने पुमा खोलाले बगाउँदा असोज ४ गते बेपत्ता हुनुभएको थियो । बेपत्ता गिरीको शव शनिवार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार बगेको ठाउँ देखि २ सय ५० मिटर तल ढुङ्गाको बिचमा गिरीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटना स्थलमा पुगी मुचुल्का उठाएर शवलाई एम्बुलेन्स मार्फत जिल्ला अस्पताल सल्लेमा पुराएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । शवलाई पाेष्टमार्टम लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । गिरी पिपलबाट घर फर्किने क्रममा खोलाले बगाउँदा बिहीबार दिउँसो बेपत्ता हुनुभएको थियो ।