अमेरिकाको न्युओर्कमा भएको पुरुष भलिबल प्रतियोगितामा टिम रुकुम प्रथम भएको छ । फाइनलमा मामा भान्जा न्युओर्क टिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै टिम रुकुम प्रथम भएको हो ।
मामा-भान्ज न्युओर्क दोस्रो र साजनि टेक्सस तेस्रो भएको छ । थर्ड इन्ट्राकप भलिबल प्रतियोगितामा २४ समूहले प्रतिस्पर्धा गरेका थिए । टिम रुकुमले थर्ड इन्ट्राकप भलिबलको पहिलो संस्करण हात पारेको छ ।
टिम रुकुमलाई थर्ड इन्ट्राकप सिल्ड जित्नको लागि अझै दुई ओटा संस्करण जित्नु पर्ने चुनौती छ । टिम रुकुमले लगातार तीन वर्षमा जित हासिल गरेको खण्डमा सिल्ड सहित दश तोला सुन, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यो वर्षको पहिलो संस्करण जितेको टिम रुकुमले नगद दश हजार डलरको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्याप्टेन रोशन खड्काले जानकारी दिनुभयो । टिम रुकुममा खेलाडीहरूमा क्याप्टेन खड्का सहित डाइमण्ड खड्का, नन्दु वली, लोकेन्द्र कुसारी, डिल्लीराज खड्का, विपिन पुन, मदन खनाल, सचिन पुन र सागर थापा रहेका छन् ।