Kakhara सबैको खबर सम्पूर्ण खबर
बाटो मर्मत नहुँदा आवतजावतमा समस्या

ठुलो गाउँ, गाउँको मध्यविन्दुमा छ, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका  नम्बर २ को वडा कार्यालय । वडा कार्यालय भन्दा करिब एक सय मिटर पश्चिममा छ, मेलगैरी सहिद स्मृति पार्क । सोही पार्कको ठिक अगाडी छ । चिप्लो  र खाल्डाखुल्डी भएको एउटा गोरेटो बाटो । वडाको लेकाली क्षेत्रमा जाने र गाउँ झर्ने वस्तुभाउ यही बाटो भएर ओहोर दोहोर गर्छन । बाटो त्यति सजिलो भने छैन, अपठ्यारो र जोखिमपूर्ण छ । 

केही समय अघि बाटो असजिलो भएकै कारण भैँसीलाई विद्यालयको हाताभित्रबाट लिने क्रममा  धेरै टिका टिप्पनी भए । विद्यालय र भैँसीको फोटा सामाजिक सञ्जालमा आयो तर पनि बाटो अझै मर्मत भएको छैन ।बाटो मर्मत तर्फ सरकारको ध्यान जान सकेन । खराब बाटोका कारण पानी परेको समयमा मानिस लगायत वस्तुभाउलाई आवत जावत गर्न निकै समस्या हुने गरेको स्थानीय धनकुमारी खत्रीले जानकारी दिनभयो । बाटो मर्मत हुने आशामा नागरिहरु  बसिरहेका छन् । 

समयमै बाटो मर्मत भयो भने आवतजावत गर्न सहज हुने स्थानीय कमल दहालले बताउनुभयो । वडा अध्यक्ष प्रकाश खत्रीले अहिले बाटो मर्मत गर्न नसकिने बताउनुभयो  । बजेट अभावका कारण बाटो तत्काल मर्मत गर्न नसकेको उहाँले जानकारी दिनुभयो । बाटो मर्मत गर्ने योजना भए पनि बजेट अभावका कारण अधुरो रहेको उहाँको भनाई छ । आगामी दिनहरुमा बजेटको व्यवस्थापन भयो भने बाटो मर्मत हुने वडाध्यक्ष खत्रीले बताउनुभएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update