नेकपा एमाले रुकुम पश्चिमले कर्णाली प्रदेश अधिवेशनका लागि प्रतिनिधि टुङगो लगाएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हुने पार्टीको पहिलो अधिवेशनका लागि जिल्लाबाट नेकपा एमालेले प्रदेश प्रतिनिधि टुङगो लगाएको हो । कर्णाली प्रदेशको पहिलो अधिवेशन असोज १० र ११ सुर्खेतमा हुदैँ छ । जसका लागि रुकुमबाट प्रतिनिधिको रुपमा २७ जनालाई छनोट गरेको नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाबाट प्रतिनिधिको रुपमा छनोट भएका मध्ये अधिवेशनबाट निर्वाचित भएमा पार्टीको कर्णाली प्रदेशको जिम्मेवारी प्राप्त गर्ने छन् । अधिवेशनका लागि एमाले रुकुम पश्चिमले ६ वटा स्थानीय तह र निर्वाचन क्षेत्र नम्बर क र ख बाट समेत प्रतिनिधि टुङगो लगाएर प्रदेशमा पठाइसको जनाएको छ ।
सबैभन्दा बढी प्रतिनिधि आठबीसकोट नगरपालिकाबाट ८ जना रहेका छन् । जसमा नारायण शाह, गंगाराम चनारा, हरिप्रसाद शर्मा, शिव रसाईली, देविप्रसाद शर्मा, कृष्णाकुमारी मल्ल, मनिशा विक र दिनेश चन्द रहनुभएको छ । चौरजहारी नगरपालिकाबाट टंकप्रसाद ओली, डण्डी कार्की, कौसीला केसी प्रतिनिधिको रुपमा छनोट हुनुभएको छ । मुसीकोट नगरपालिकाबाट रचना मल्ल, कर्णबहादुर ओली, केदार गौतम, थलबहादुर ओली र राजन पुन रहुनुभएको छ ।
बाँफीकोट गाउँपालिकाबाट नन्दराम देवकोटा, ब्यूझना पुन देवकोटा त्रिवेणी गाउँपालिकाबाट विरेन्द्र मल्ल प्रदेश प्रतिनिधि छनोट हुनुभएको छ । त्यस्तै सानीभेरी गाउँपालिकाबाट लोकबहादुर खड्का, गणेश विक चिन्तन र सविता खड्का प्रदेश सम्मेलका लागि प्रतिनिधि छनोट हुनभएको हो । भने निर्वाचन क्षेत्र नम्बर क र ख बाट भने दलित प्रतिनिधि छनोट गरिएको छ । जसमा निर्वाचन क्षेत्र नम्बर क बाट धनबहादुर विक, चन्द्रबहादुर विक, काली कामी र निर्वाचन क्षेत्र नम्बर ख बाट खड्कबहादुर दमाई र भिमी सार्कीलाई पार्टीले कर्णाली प्रदेश अधिवेशनको लागि प्रतिनिधिको रुपममा छनोट गरेको नेकपा एमाले रुकुम पश्चिमले जनाएको छ ।