अमेरिकाको न्युओर्कमा भएको पुरुष भलिबल प्रतियोगितामा टिम रुकुमका चार जना खेलाडी विभिन्न विधामा पुरुस्कृत भएका छन् । प्रतियोगिताम उकृष्ट खेल प्रर्दशन गरेको भन्दै आयोजकले टिम रुकुमका चार जना खेलाडिलाई सम्मान गरेको हो ।
प्रतियोगिताको च्याम्पियन बनेको टिम रुकुमका ४ जना खेलाडी प्रतियोगिताका उत्कृष्ट घोषित भए । वेष्ट सेटर क्याप्टेन रोशन खड्काले पाउँदा डायमण्ड खड्काले उत्कष्ठ खेलाडीको विधा जित्नुभयो । यस्तै वेष्ट स्पाइकर लोकेन्द्र केसी र लिब्रोको उत्कृष्ठ कप विपिन पुनले पाउनुभयो ।
क्याप्टेन खड्काले सबै खेलाडीले राम्रो गरेकाले प्रतियोगितासँगै टिमका धेरै खेलाडी विधागत रुपमा पनि उत्कृष्ट भएको बताउनुभयो । खेलपछि टिममा थप हौसला आएको खड्काको भनाई छ । टिम रुकुमले अमेरिका स्थित विभिन्न ठाउँमा हुने प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
अमेरिकाको न्युओर्कमा भएको इन्ट्रा कपको यस पटकको पहिलो संस्करण टिम रुकुमले हात पारेको छ । यस वापत टिमले दश हजार डलर पुरस्कार पाएको छ । यो प्रतियोगिता लगातार तीन पटक जितेपछि दश तोला सुन प्रदान गर्ने आयोजकले जनाएको छ ।