चैत १३ गते नेकपा माओवादी केन्द्रको पहिलो जिल्ला कमिटि बैठक बस्यो । एक भइसकेका माओवादी केन्द्र र एमाले अस्तित्वमा आएपछि माओवादी केन्द्र रुकुम पश्चिमको पहिलो बैठक बसेको थियो । बैठकमा त्रिवेणि गाउँपालिका पार्टीको तर्फबाट गणेश खड्काले रिर्पोटिङ गर्नुभयो । १७ गते चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकाको पार्टी बैठक बस्यो ।
चौरजहारी नगर पार्टीको बैठक सञ्चालन विरबहादुर रानाले गर्नुभयो भने बाँफिकोट गाउँपालिका पार्टी बैठक बेगमप्रसाद देवकोटाले सञ्चालन गर्नुभयो । खड्का, राना र देवकोटा माओवादी केन्द्रमा रहेका एमालेका नेताहरु हुन् । पार्टी एकताका बेला जुन जिम्मेवारीमा यी तीन जना नेता थिए सोही जिम्मेवारीमा हाल नेकपा माओवादी केन्द्रमा रहेका छन् ।
तीन मात्रै होइन चौरजहारीका प्रेम शाह, नारायण खनाल, खोम भण्डारी पनि माओवादीमै छन् । बाँफिकोटका नगेन्द्र रिजाल, कविप्रसाद शर्मा, देवी सुनार, मणिराम गौतम पनि माओवादी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल शर्माले रुकुम पश्चिममा पार्टी एकतालाई कायमै राख्ने प्रयास भइरहेको त्यसको उदाहरणको रुपमा उहाँहरु माओवादी केन्द्रमा रहेको बताउनुभयो । नामका हिसावले माओवादी केन्द्र भएपनि यो एकताको स्प्रिट अनुसार नै काम भइरहेको अध्यक्ष शर्माले बताउनुभयो ।
उहाँहरुले केपी शर्मा ओलीको प्रतिगामी कदमका विरुद्ध सिंगो जिल्ला पार्टी एक रहेको र सोही स्प्रिटका आधारमा उहाँहरु पनि माओवादी केन्द्रमा रहेको अध्यक्ष शर्माले बताउनुभयो । अन्यत्र जे जस्तो भएपनि रुकुम पश्चिमबाट एकता कायमै छ र त्यसका लागि नेता कार्यकर्ता उत्साहित छन् भन्ने उदाहरण भएको उहाँले बताउनुभयो ।