सूचनाको हकका लागि राष्ट्रिय महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनबाट पत्रकार राजु लामिछाने निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । काठमाडौँमा भएको महाधिवेशनबाट रुकुम पश्चिमका लामिछाने केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । गोरखापत्र दैनिकमा आबद्ध पत्रकार लामिछानेले लामो समय सुशासन, मानव अधिकार र पत्रकारिताको क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँ बास नेपालको केन्द्रीय अध्यक्ष समेत भइसक्नुभएको छ ।
हिजो र आज काठमाडौँमा चलेको महाधिवेशनबाट उमिद बागचन्दको अध्यक्षतामा २७ सदस्यीय सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ गठन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा ताराबहादुर भण्डारी, उपाध्यक्षमा बृजराज कुसवाहा, उपाध्यक्ष महिलामा दुर्गा तिवारी, महासचिवमा अजयकुमार साह, सचिवमा प्रेमभक्त रेग्मी, कोषाध्यक्षमा पुष्पा शर्मा पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।