Kakhara सबैको खबर सम्पूर्ण खबर
चण्डीदल गणमा स्वास्थ्य शिविर सुरु 

नेपाली सेनाको चण्डीदल गण सल्लेमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । आज बिहान मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले शिविरको उद्घाटन गर्नुभयो । भू.पू. तथा बहालवाला सैनिक र आश्रित परिवारलाई लक्षित गरी शिविरको आयोजना गरिएको चण्डीदल गणका गणपति प्रमुख सेनानी वरुण केसी खत्रीले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालय, चौरजहारी अस्पताल, आँखा उपचार केन्द्र र साझा मुराल अस्पतालको सहयोगमा शिविर आयोजना गरिएको उहाँले बताउनुभयो । शिविरमा नाक, कान, घाँटी, हाड जोर्नी, पेट, छाला, महिला तथा स्त्री रोग सम्बन्धी उपचार सेवा विशेषज्ञ डाक्टरबाट प्रदान गरिने प्रमुख सेनानी खत्रीले बताउनुभयो । उहाँका अनुसार शिविरमा जिल्ला अस्पताल, चौरजहारी अस्पताल, साझा मुराल अस्पताल र नेपाली सेनाको १९ नम्बर बाहिनी दाङमा कार्यरत विशेषज्ञ सहित अन्य डाक्टरहरू खटिएका छन् ।

Sibi 11696049837.jpg

स्वास्थ्य चेकजाँच सहित औषधि वितरण निःशुल्क रूपमा हुने बताइएको छ । शिविरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सेवा लिन पाउने छन् । शिविर आजै साँझ सकिने छ । एक कार्यक्रमका बिच शिविरको उद्घाटन गरिएको हो । कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update