नेपाली सेनाको चण्डीदल गण सल्लेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आज बिहान मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले शिविरको उद्घाटन गर्नुभएको थियो । भू।पू। तथा बहालवाला सैनिक र आश्रित परिवारलाई लक्षित गरी चण्डीदल गणनले शिविरको आयोजना गरेको हो ।
शिविरबाट कुल १ सय २५ जनाले सेवा लिएको चण्डीदल गणका गणपति प्रमुख सेनानी वरुण केसी खत्रीले जानकारी दिनुभयो । स्वास्थ्य सेवा कार्यालय, चौरजहारी अस्पताल, आँखा उपचार केन्द्र र साझा मुराल अस्पतालको सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा नाक, कान, घाँटी, हाड जोर्नी, पेट, छाला, महिला तथा स्त्री रोग सम्बन्धी उपचार सेवा विशेषज्ञ डाक्टरबाट प्रदान गरिएको खत्रीले बताउनुभयो ।
उहाँका अनुसार शिविरमा जिल्ला अस्पताल, चौरजहारी अस्पताल, साझा मुराल अस्पताल र नेपाली सेनाको १९ नम्बर बाहिनी दाङमा कार्यरत विशेषज्ञ सहित अन्य डाक्टरहरू खटिएका थिए । शिविरमा स्वास्थ्य चेकजाँच सहित औषधि वितरण निःशुल्क रूपमा हुने गरिएको थियो । शिविरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सेवा लिएका थिए ।