स्नातकोत्तर तह (एम.एड)
नेपाली शिक्षा विषयको शोधप्रस्तावको नमुना
मुकुन्दप्रसाद शर्मा
उपप्राध्यापक
मध्यपश्चिम विश्वविद्यालय
मुसिकोट खलंगा वहुमुखी क्याम्पस रुकुम (पश्चिम)
नमुना एक
रुकुम पश्चिम चाैरजहारी नगरपालिका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखन
शोधार्थीः
.......................
म.प.वि. दर्ता नं.–........................
परीक्षा रोल्नं.:– .......................
स्नातकोत्तर तह (एम.एड.) चौथो सेमेस्टर अन्तर्गत नेपाली शिक्षा ५४३ पाठ्यांशको प्रयोजनका लागि नेपाली शिक्षा विभागमा प्रस्तुत
शोधप्रस्ताव
२०८०/२०२३
मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय,
मुसिकोट खलंगा बहुमुखी क्याम्पस
रूकुम (पश्चिम)
विषय सूची
अध्याय – एक
शोध परिचय
१.१ अध्ययनको पृष्ठभूमि १
१.२. समस्या कथन ३
१.३. अध्ययनको उद्देश्य ३
१.४. अध्ययनको औचित्य ४
१.५. अध्ययनको परिसीमा ५
१.६ अध्ययनको रूपरेखा ५
अध्याय – दुई
पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
२.१ पूर्वकार्यको समीक्षा र उपादेयता ७
२.२ अवधारणात्मक खाका १२
अध्याय – तीन
अध्ययन विधि र प्रक्रिया
३.१ अध्ययनको ढाँचा १३
३.२ जनसङ्ख्या तथा नमुना छनोट १३
३.३ तथ्याङ्कको प्रकृति र स्रोत १४
३.४ सामग्री निमार्ण र मानकीकरण १४
३.५ तथ्याङ्क सङ्कलन विधि १५
३.५ तथ्याङ्क व्याख्या विश्लेषण १५
३.७ अनुसन्धान प्रतिवेदनको ढाँचा १६
अध्याय – एक
शोध परिचय
१.१ अध्ययनको पृष्ठभूमि
व्यक्तिको अन्तर्निहित क्षमतालाईअभिव्यक्ति गर्ने कला नै निबन्ध हो । निबन्ध लेखन भाषाका चार ओटा सीप सुनाइ, बोलाइ, पढाइ,लेखाइ अन्तर्गत चौथो सीपमा पर्दछ । भाषालाई विचार आदान प्रदान गर्ने माध्यमको रूपमा लिने गरिन्छ । सुनाइ र पढाइ आदानात्मक सीप हुन् भने पढाइ, लेखाइ प्रदानात्मक सीप हुन् । यी चार सीपहरूको एक अर्कामा अन्तर सम्वन्ध हुन्छ । भाषालाई लिपिवद्ध गर्ने कुनै विषयको शीर्षकमा आधारित रहेर त्यसको सम्पूर्ण विवरणका बारेमा बेलीविस्तार गरी लेखिने लेख नै निबन्ध हो । अभिव्यक्ति गर्ने कलाको बारेमा अध्ययन अनुसन्धान गरी त्यसलाई गहिरिएर विस्तृत रूपमा जानकारी दिनुलाई शोध भनिन्छ । त्यसैले निबन्ध लेखनको बारेमा शोध कार्य नितान्त आवश्यक रहेको छ । भाषाको माध्यमबाट विचारलाई अनुभूति र अभिव्यक्तिलाई अरू समक्ष सम्प्रेषण गर्दा लिखित कार्यबाट पाठक वर्गलाई सकारात्मक सन्देश दिइ असल समाज र समृद्ध राष्ट्र निर्माण गर्ने अपेक्षा राखिन्छ ।
कुनै विषय शीर्षकमा केन्द्रित रहेर विषयवस्तुलाई विस्तारित गर्दै गद्य क्रमवद्ध र व्यवस्थित ढङ्गले प्रस्तुत गरिने वस्तुपरक र आत्मपरक अभिव्यक्ति गर्नु निबन्ध लेखन हो । निबन्ध ‘बन्ध’ आधार पदमा ‘नि’ उपसर्ग लागेर बनेको शब्द हो । जसलाई साहित्यमा निबन्ध शब्दको अर्थ ‘राम्ररी बाध्ने काम’ हो । यसलाई अग्रेजीमा ‘एस्से’ (Essay) भनिन्छ । भने फ्रेन्चमा ‘एसाइ’ भनेको पाइन्छ । एस्सेको प्रयोग गर्ने पहिलो व्यक्ति फ्रान्सिस वेकन हुन् । त्यसैले एसाइ शब्दको प्रयोग सर्वप्रथम फ्रान्सिली निबन्धकार माइकल द मोन्तेन ले सन् १५८० तिर गरेका हुन् । उनले निबन्धलाई आत्मप्रकाशनको प्रयत्न मानेको पाइन्छ । निबन्धलाई आत्मपरक र वस्तुपरक गरी दुई किसिममा वर्गिकरण गरेको पाइन्छ । आत्मपरक निबन्धमा कुनै विषयवस्तुलाई आत्मसाथ रुपमा ब्याख्या गरिएको हुन्छ भने वस्तुपरक निबन्धमा विषयवस्तुलाई जस्ताको तस्तै प्रस्तुत गरिन्छ । गद्य भाषामा लेखिने निबन्ध एउटै विचार र विषयवस्तुमा प्रस्तुत रहन्छ । निबन्ध आदि, मध्य र अन्तयका क्रममा सुसङ्गठित रचना हो । कुनै विषयमा ज्ञान गराउन पक्ष र विपक्षमा सहमत वा असहमत गराउन खोज्नु निजी अनुभव यथार्थ वा काल्पनिक घटनाको वर्णन गर्नु आदि मध्य कुनै एक उदेश्य निबन्धमा लेखिएको हुन्छ । निबन्ध लेखन क्षमताको अध्ययन र विश्लेषणका लागि विद्यालयमा मात्र नभएर विद्यार्थीहरुको अध्ययनमा आधारित सामग्री अनुसन्धान गर्नु वा साथै यो शोधपत्रका लागि निबन्ध लेखन सम्बन्धी लेख रचनालाई आधार मानी गरिएको हुन्छ । निबन्धको शैली विश्लेषणात्मक हुन्छ । यसमा प्रथम पुरुष र तृतीय पुरुष दृष्टिविन्दु रहेको हुन्छ । यो स्वतन्त्र एवम् उन्मुक्त लेखन हो । यसमा लेखकको व्यक्तित्व कुनै न कुनै रुपमा झल्काएको हुन्छ । निबन्धका तत्वहरु शीर्षक, विषयवस्तु, संरचना, भाषाशैली र उद्देश्य रहेका हुन्छन । कुनै पनि विषयवस्तुमा लिपिवद्ध चिन्ह प्रयोग गरी लेखाइ सीपको विकास गर्नु नै लेखन क्षमता हो । निबन्ध लेखन एक व्यावहारिक लेखन विधा भित्रको एक गद्य विधा हो । लेखाइ सीपको विकास गराउने माध्यम मध्ये निबन्ध लेखन एक महत्वपूर्ण माध्यम हो ।
नेपाली भाषा साहित्य र नेपाली भाषा र साहित्यका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान भएता पनि निबन्ध लेखन क्षमता सम्वन्धी अध्ययन अनुसन्धान कम भएको पाइन्छ । कर्णाली प्रदेश भित्र पर्ने जिल्ला रूकुम (पश्चिम) चौरजहारी नगरपालिका कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखनको अध्ययन गर्ने क्षेत्रको रूपमा गरिने छ । आधारभूत तह (१–८) उत्तीर्ण गरी थप २ वर्षको माध्यमिक शिक्षाको पढाइलाई कक्षा दश भनिन्छ । यस कक्षामा अध्ययन गर्ने छात्र/छात्रा १४ देखि १५ वर्ष सम्मका विद्यार्थीहरू उमेर समूह भित्र पर्दछन् । कक्षा दशमा अध्ययनरत अध्ययन गर्ने विद्यार्थीहरूको रूची र आवश्यकताहरू व्यक्तिगत स्वभाव अनुसार फरक–फरक हुने भएतापनि समग्रमा राम्रो पोसाक लगाउने, रूपैया पैसा माग्ने साथीहरूको लै–लैमा लाग्ने, खेलकुदप्रति चासो राख्ने, यात्रा गर्न रूचाउने चलचित्र हेर्ने, विपरित लिङ्गप्रति आकर्षित हुने र सामाजिक संजालमा रमाउदै साथीहरू बनाउने जस्ता रूचीहरू हुन्छन् । कर्णाली प्रदेश भित्र पर्ने जिल्ला रूकुम पश्चिमको चौरजहारी नगरपालिकलाई यस अनुसन्धान क्षेत्रका रूपमा लिइएको छ । चौरजहारी नगरपालिकाभित्र ४१ ओटा सामुदायिक र ४ ओटा संस्थागत विद्यालय मध्ये ९ ओटा सामुदायिक विद्यालय २ ओटा संस्थागत माध्यमिक विद्यालय रहेका छन् । उक्त सामुदायिक र संस्थागत विद्यालय मध्ये ४ ओटा विद्यालय श्री शितल माध्यमिक विद्यालय. चौरजहारी, श्री हिमालय माध्यमिक खोलागाउँ, श्री माध्यमिक विद्यालय कोटजहारी र श्री भ्याली पब्लिक बोडिङ स्कुल चौरजहारी कक्षा दशमा पढ्ने २०/२० जना गरी चारओटा विद्यालयबाट जम्मा ८० जना विद्यार्थीहरूको नमुनाको रूपमा लिई उक्त विद्यार्थीहरूको निबन्ध लेखन कस्तो छ ? ती नमूना छनौटमा परेका विद्यालयमा अध्ययनरत छात्र/छात्राहरूको निबन्ध लेखन क्षमता कस्तो रहेको छ र उक्त विद्यार्थीहरूको निबन्ध लेखन क्षमतामा अब्बल नहुनको कारण पत्ता लगाई समस्या सामधानको खोजी गर्न शोध कार्य गरिने छ ।
१.२.समस्या कथन
अनुसन्धानका निम्ति छनौट गरिएको कुनै पनि अनुसन्धेय विषयवस्तुलाई नै समस्याका रूपमा प्रस्तुत गरिने छ । भण्डारी र अन्य (२०६८ः११८) अनुसन्धान कार्यका सिलसिलामा समस्या भन्नाले अनुसन्धानको विषयवस्तु भन्ने बुझ्नुपर्छ । समस्या शोधको महत्वपूर्ण अङ्ग हो । व्यक्तिलाई राम्रो अभ्यासबाट लेखन कलाको विकास गर्न मद्दत पुग्छ । खास गरी भाषा शिक्षण क्षेत्रमा विद्यालय तहदेखि नै निबन्ध लेखन सम्वन्धी विषयवस्तु समेटेको पाइन्छ । विद्यार्थीले लेखन सीपमा आफ्ना विचारलाई कति श्रृखलाबद्ध रूपमा भिव्यक्त गर्न सक्दा रहेछन् भन्ने विषय यस अध्ययनको समस्याका रूपमा रहने छ । “कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखन”को अध्ययनलाई मुख्य समस्याको रूपमा अध्ययन गरी त्यस विषयसँग सम्वन्धित समस्यामा केन्द्रित भइ शोधप्रस्ताव तयार पारिने छ । ती समस्याहरू यस प्रकार रहने छन्:
१. रूकुम पश्चिम चौरजहारी नगरपालिका कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखन कस्तो रहेको छ ?
२. सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखनको तुलनात्मक स्थिति के–कस्तो छ ?
३. कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूले निबन्ध लेख्दा कुन पक्षमा त्रुटि वा कमजोरी गर्दछन् ?
४. लैङ्गिक आधारमा छात्र छात्रा विद्यार्थीहरूको निबन्ध लेखन क्षमता तुलनात्मक स्थिति के–कस्तो छ ?
१.३. अध्ययनको उद्देश्य
१) चौरजहारी नगपालिका कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखनकोपहिचान गर्न ।
२) विभिन्न सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयका विद्यार्थीहरूको निबन्ध लेखनको तुलनात्मक स्थिति पत्ता लगाउन ।
३) लैङ्गीकताका आधारमा उक्त विद्यार्थीहरूको निबन्ध लेखन क्षमता तुलना गर्न ।
४) विद्यार्थीमा निबन्ध लेखन सम्वन्धी कमजोरीहरू पत्ता लगाई आवश्यक सुझाव दिन ।
१.४. अध्ययनको औचित्य
भाषाबाट व्यक्तिले आफ्ना विचार अनुभुति प्रस्तुत गर्दछ । त्यसैले भाषा विचार विनिमयको माध्यम हो । कथ्य र लेख्य अभिव्यक्तिका माध्यमबाट भाषा आदान प्रदान गरिन्छ । शैक्षिक, प्रशासनिक क्षेत्रमा भाषाको लेख्य रुपलाई बढी प्रभावकारिता दिइन्छ । त्यसैले निबन्ध लेखन प्रक्रियालाई सीपको विकास गर्ने प्रमुख क्रियाकलापको रुपमा आएको छ । भाषिक सीप विकासमा पनि निबन्ध लेखनको महत्वपूर्ण स्थान पाइन्छ । विद्यार्थीहरुको लेखन क्षमतामा आवश्यक विकास नभएको अवस्थामा सम्बन्धित तहका लागि निर्माण गरिएको पाठ्यक्रमको उद्देश्यहरू के–कति पूरा हुनसके त्यसका लागि लेखन क्षमताको अध्ययन हुनु आवश्यक देखिन्छ । निबन्ध लेखन क्षमताको अध्ययन गरी स्वतन्त्र मौखिक र सिर्जनात्मक लेखन सीपको विकासका साथै भाषिक शुद्धता, शैली साैन्दर्य, लेखन साैन्दर्यमा विकास पुर्याई लेख्य सीपमा आत्मनिर्भर बन्न सहयोग गर्ने भएकोले अध्ययनको औचित्य रहने छ ।
समग्रमा विद्यार्थीको लेखन क्षमतालाई बुझेर सिकाइ क्रियाकलापलाई प्रभावकारी व्यवस्थित एवं उद्देश्यमूलक बनाउन र लेखन क्षमताको अध्ययनबाट सहयोग पुग्ने हुदा यस अध्ययनको औचित्य रहने छ । अतः निबन्ध लेखन क्षमताको औचित्यलाई देहाय बमोजिम बुँदाहरूमा उल्लेख गर्न सकिन्छ ।
साहित्यमा अभिरूची बढाउन, भाषिक सुझको विकास गर्न, मौखिक चिन्तनलाई लिखित रूपमा अभिव्यक्ति गर्न, स्वतन्त्र रचना तर्फ प्रेरित गर्न, विचारलाई क्रमिक रुपमा विकास गर्ने क्षमताको विकास गर्न, स–स्वर पठन र मौन पठन बोध क्षमताको विकास गर्न, पाठ्यक्रमले निर्दिष्ट गरेको पाठ्यभार पुरा गर्न, शब्दभण्डार क्षमताको अभिवृद्धि गर्न, आफ्ना कमजोरी पत्ता लगाई कमजोरी निराकरण गर्न, रूकुम (पश्चिम) चौरजहारी नगरपालिका कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखनलाई औचित्यपूर्ण बनाउन ।
१.५. अध्ययनको परिसीमा
अनुसन्धान कार्य गर्न कुनै न कुनै विषयको सीमा रेखाभित्र गरिने भएकोले यस रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययनमा केन्द्रित रहने छ । जसलाई निम्नानुसार बुँदाहरुमा प्रस्तुत गरिने छ ।
यो अध्ययन कक्षा दशको नेपाली विषयको पाठ्यक्रममा समाविष्ट निबन्ध लेखनमा सिमित रहने छ, रूकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका कक्षा दशमा अध्ययनरत श्री शितल माध्यमिक विद्यालय चौरजहारी, श्री हिमालय माध्यमिक विद्यालय खोलागाउँ, श्री माध्यमिक विद्यालय कोटजहारी, श्री भ्याली पब्लिक बोर्डिङ स्कूल चौरजहारीका विद्यालयका विद्यार्थीहरुमा सीमित रहने छ । यो अध्ययन रूकुम पश्चिम चौरजहारी नगरपालिकाका ४ ओटा विद्यालयमा मात्र सिमित रहने छ । उक्त माथिका ४ ओटा विद्यालयका कक्षा दशमा २०/२० जना गरी जम्मा ८० जना विद्यार्थीहरूको अध्ययनमा सीमित रहने छ ।
१.६ अध्ययनको रूपरेखा
प्रस्तुत अध्ययनको संरचना पक्षलाई सु–संगठित र व्यवस्थित पार्नको लागि निम्नलिखित अध्ययनहरूमा शोधप्रस्तावलाई संरचित गरिने छ ।
१. अध्याय एक: शोध परिचय
२.अध्याय दुई: पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
३. अध्याय तीन: अध्ययनको विधि र प्रक्रिया
४. अध्याय चार: तथ्याङ्कको व्याख्या तथा विश्लेषण
५. अध्याय पाँच: निष्कर्ष र सुझाव
सन्दर्भ सामग्री
परिशिष्ट
व्यक्तिवृत
अध्याय – दुई
पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
२.१ पूर्वकार्यको समीक्षा र उपादेयता
प्रस्तुत अध्ययनमा चाैरजहारी नगरपालिका रुकुम पश्चिम कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन अध्ययनसँग सम्बन्धित तथा शोध्रप्रस्तावलाई सहयोग पुर्याउने गरी उपयोग गरिएका अप्रकाशित शोधपत्रहरु तथा प्रकाशित पाठ्यपुस्तक, सन्र्दभपुस्तक यससँग सम्बन्धित अध्ययनलाई निम्नानुसार अध्ययन गरिने छ:
अधिकारी, (२०५३)नेपाली भाषा शिक्षण नामक पुस्तकमा भाषा शिक्षणका क्रममा विभिन्न पक्षहरुको चर्चा गदै लेखाइ शिक्षण अध्ययन पनि समाबेश गरेको पाइन्छ । यसमा लेखाइ सीपको दिनानुदिन महत्व बढ्दै गएको पाइन्छ ।
भण्डारी, (२०६३)तयार पारिएको कक्षा आठ पूरा गरेका विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन नामक अप्रकाशित शोधपत्र पनि प्रस्तावित शीर्षकसँग मिल्दोजुल्दो शोधपत्र हो । यस शोधपत्रमा विद्यार्थीहरुको लेखन अभिव्यक्ति क्षमताको साथै सिर्जनात्मक क्षमताको विकास गर्नु हो । यस अनुसन्धानबाट काठमाडौँ उपत्यका भित्रका विद्यार्थीहरुको निबन्धलेखन क्षमता राम्रो रहेको पाइएको छ ।
शर्मा, पौडेल (२०६७) स्नातकोत्तर तहका लागि तयार पारिएको नेपाली भाषा र साहित्य शिक्षण पुस्तकमा भाषिक सीप तथा कलाको सन्र्दभ चर्चा गर्ने क्रममा लेखन कलाको बारेमा शिक्षण पुस्तकमा भाषिक सीप तथा कलाको चर्चा गरिएको छ । त्यसै गरी उक्त पाठ्यपुस्तकमा साहित्य शिक्षण अन्तरर्गतनिबन्ध शिक्षणलाई समेटिएको छ । निबन्ध शिक्षणको प्रयोजन शिक्षण प्रक्रिया क्रमकोबारेमा उल्लेख गरिएको छ ।
घर्ती, (२०६९)द्धारा रुकुम जिल्लाका कक्षा दशमा अध्ययनरत विद्यार्थीको चिठी लेखन क्षमता अध्ययनको शीर्षकमा अप्रकाशित शोधपत्र प्रकाशित प्रस्तुत गरिएको छ । उक्त शोधपत्रमा विद्यार्थीहरुको चिठी लेखन क्षमता छात्र/छात्राहरु बीच चिठी लेखन क्षमताको तुलनात्मक अध्ययन गरेको पाइन्छ ।
खडका, (२०६९)द्धारा रुकुम जिल्लाका कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन शीर्षकको अप्रकाशित शोधपत्र प्रस्तुत गरिएको छ । सो शोधपत्रमा रुकुम जिल्लाका दश ओटा विद्यालयमा १०/१० जना विद्यार्थीहरुका दरले एक सय विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन गरिएको छ । जसमा सरकारी र संस्थागत विद्यालय सहरी र ग्रामिण विद्यालयका विद्यार्थीहरुको तुलनात्मक अध्ययन गरिएको छ । उक्त अध्ययनमा लेखन सीपको विकासका साथै भाषिक सीप विकास गराउने उद्देश्य राखिने छ ।
भण्डारी, र अन्य (२०७१)द्धारा लिखित भाषिक अनुसन्धान विधि नामक पुस्तक प्रकाशन गरिएको छ । जुन शिक्षाशास्त्र सङ्काय अन्तर्गत अनुसन्धान विधिसँग सन्र्दभपुस्तक हो । यसमा अनुसन्धानका क्षेत्रका रुपमा अनुसन्धानको परिचय, परिभाषाहरु समावेश गरिएको छ । भाषिक अनुसन्धानका प्रकार,विशेषता,भाषा र भाषसँग सम्बन्धित अनुसन्धान नेपालमा यसको स्थिति उल्लेख गरिएको छ । भाषिक अनुसन्धान गर्ने क्रममा उपकरणको निर्माण, नमुना छनौट, तथ्याङ्क सङ्कलन विधिहरु उल्लेख गरिएको छ । जसमा प्रश्नावली, अन्र्तवार्ता,मातावली,जाँचसूची र अवलोकन विधि रहेका छन । यसमा भाषिक अनुसन्धान विधिमा शोध प्रस्ताव र त्यसका अङ्गहरु पनि उल्लेख गरिएको छ । यसबाट अनुसन्धानको क्षेत्र चयन गर्न र समस्याको पहिचान गर्न अनुसन्धान विधि रढाँचा निर्माण गर्न र सामग्री सङ्कलन गर्न सहयोग गरेकोले यसको उपयोग गरिएको छ ।
घिमिरे र निउरे(२०७२)द्धारा लिखित भाषिक अनुसन्धान विधि नामक पुस्तक प्रकाशन गरिएको छ । यस पुस्तकमा सातओटा एकाइहरु समावेश गरिएको छ । यसमा अनुसन्धान भाषा सम्बन्धी अध्ययनका तौरतरिकाहरु अपनाइएको पाइन्छ । यस पाठ्यपुस्तकमा अनुसन्धानको परिचय परिभाषाहरु समावेश गरिएको छ । भाषिक अनुसन्धानका प्रकार विशेषता भाषा र भाषा शिक्षणसँग सम्बन्धित अनुसन्धान नेपालमा यसको स्थिति उल्लेख गरिएको छ । भाषिक अनुसन्धान गर्ने क्रममा उपकरणको निर्माण,नमुना छनोट,तथ्याङ्क सङ्कलन विधि उल्लेख गरिएको छ । जसमा प्रश्नावली अन्र्तरवार्ता,मतावली,जाँचसूची र अवलोकन विधि रहेका छन । भाषिक अनुसन्धानमा तथ्याङ्कीय प्रयोग प्रतिशत गणना औषत निर्धारण,मानक विचलन गुणाङ्कको सहसम्बन्ध आदि जस्ता गणितिय तथ्याङ्कको सिकाइ उपलब्धी हासिल गराइएको छ । यसमा भाषिक अनुसन्धान विधिमा शोधप्रस्ताव र यसमा अङ्गहरु पनि उल्लेख गरिएको छ । यस पुस्तकले अनुसन्धान प्रतिवेदन तयार पार्दा अपनाउनुपर्ने सावधानीलाई समेत समावेश गरिएको छ । अनुसन्धान कर्ताले अपनाउनु पर्ने साबधानी यसमा प्रयोग गरिने भाषा प्रतिवेदनको छपाइ र बँधाइका सन्र्दभमा यसलाई जोड दिदै यो पुस्तक तयार पारिएको छ । यसबाट समग्र शोधकार्यको छपाइ बँधाइ क्षेत्र निर्धारणमा सहयोग पुगेकोले यसको उपयोग गरिने छ ।
पुन, (२०७३)द्धारा कक्षा छमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन शीर्षकको शोधपत्रमा विद्यार्थीहरुको निबन्ध लेखन क्षमता पहिल्याउनु यसको प्रभावकारिता निष्कर्ष र सुझाव दिनु उद्देश्य रहेका छन् । यस शोधपत्रमा रुकुम जिल्ला अन्तरर्गत तीन सरकारी र तीन संस्थागत विद्यालयका पाँच÷पाँच जनाका दरले तीस जना विद्यार्थीहरु बीच निबन्ध लेखन क्षमताको तुलनात्मक अध्ययन गरेको पाइन्छ । प्रस्तुत शोधपत्रमा लगनशिलताको कमी, हेलचक्रयाइ कमजोरी पारिवारिक स्थितिका कारणले विद्यार्थीहरुमा लेखन क्षमताको समस्या देखिएकाले यी पक्षलाई सुधार गरी गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने निष्कर्ष निकालिएको छ । यस शोधपत्रमा निरन्तर रुपमा निबन्ध लेखन कार्यमा अभ्यास गराइनु पर्ने सुझाव राखिएको छ ।
सारु, (२०७४)द्धारा कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमता शीर्षकमा शोधकार्य गरिएको छ । यसमा कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमता पत्ता लगाउनु विषयवस्तुको संरचना भाषिक शैलीका आधारमा निबन्ध लेखन क्षमताको पहिचान गर्नु र लैङ्गिताका आधारमा निबन्ध लेखन क्षमताको तुलना गर्नु यस अध्ययनका उद्देश्य हुन । यस अध्ययनको समग्र जनसङ्ख्याका रुपमा कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुलाई लिएको छ । यस नमुना छनौटमा तीन ओटा सामुदायिक विद्यालयलाई नमुनाको रुपमा छनौट गरी ती विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई छनौट गरिएको छ । जसमा छात्र समूह भन्दा छात्रा समूहको निबन्धलेखन क्षमता उच्च रहेको छ । विषयवस्तु संरचना र भाषाशैली जस्ता पक्षमा सन्तोषजनक नतिजा भएकोले निबन्ध लेखनमा अझ बढी अभ्यास र मेहनत गर्नुपर्ने निष्कर्ष निकालिएको छ । यस प्रस्तुत शोधकार्यमा अध्ययनको उद्देश्य, सामग्री निर्माण र नमुना छनौट गर्न आवश्यक सुझाव प्रस्तुत गर्न सहयोग पुर्याउने हुँदा यसको उपयोग गरिने छ ।
शाही, (२०७४)द्धारा कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुको निवेदन लेखन क्षमता शीर्षकमा शोधकार्य गरिएको छ । यस शोधपत्रमा कक्षा नौमा अध्ययनरत विद्यार्थीको निवेदन लेखन क्षमताको पहिचान गर्नु,सामुदायिक र संस्थागत विद्यालयमा अध्यापन गर्ने विद्यार्थीहरुको निवेदन लेखन क्षमताको तुलनात्मक स्थिति पहिल्याउनु,विद्यार्थीहरुको निवेदन लेखन क्षमता सम्बन्धी के–कस्ता कमजोरी छन् पत्ता लगाई आवश्यक सुझावहरु दिनु जस्ता उद्देश्य रहेका छन । यस अध्ययनको शोधपत्रमा साठी जना विद्यार्थीलाई नमुना जनसङ्ख्याको रुपमा प्रस्तुत गरिएको छ । तिनीहरुलाई पूर्वपरीक्षाको नतिजा अनुसारको उपर्युक्त शीर्षक निर्धारण गरी निवेदन लेखन गराएर उत्तरपस्तिका परिक्षणबाट साङ्ख्यिकीय आधारमा तिनीहरुको क्षमता निर्धारण गरिएको छ । यस अध्ययनमा निवेदन लेखनमा छात्राहरुको स्तर कमजोर रहेकाले निवेदनको ढाँचा अनुसार अभ्यास गराउनुपर्ने सुझाव पेश गरिएको छ । यो शोधपत्रबाट नमुना छनोट गर्न उपयोगी भएकोले यसको उपादेयता रहने छ ।
के.सी., (२०७४)द्धारा सल्यान जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमता शीर्षकमा शोधपत्र तयार पारेको पाइन्छ । उक्त शोधपत्रमा सल्यान जिल्लाका तीन सामुदायिक र एक निजी विद्यालयमा निबन्ध लेखनको अध्ययन अनुसन्धान गरिएको छ । जसमा सामुदायिक विद्यालयका विद्यार्थीहरु भन्दा निजी विद्यालयका विद्यार्थीहरुको निबन्ध लेखन क्षमता राम्रो रहेको स्व अध्ययनले देखाएको छ ।
खडका, (२०७६)द्धारा तयार पारिएको रुकुम जिल्लाका आधारभूत तह कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन शीर्षकको शोधपत्र प्रस्तुत गरिएको छ । उक्त शोधपत्रमा रुकुम जिल्लाका पाँचओटा विद्यालयका पन्ध्र/पन्ध्र जना गरी जम्मा एक सय पचास जना विद्यार्थीहरुकको निबन्ध लेखन क्षमताको अध्ययन गरिएको छ । जसमा सामुदमयिक र संस्थागत विद्यालयका विद्यार्थीहरुको निबन्ध लेखनमा तुलनात्मक अध्ययन गरिएको छ । जसमा सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीहरुको निबन्ध लेखन क्षमता कमजोर देखिएको छ । उक्त अध्ययनमा लेखाइ सीप विकासका साथै भाषिक सीप विकास गराउने उद्देश्य राखिएको छ ।
उपाध्याय, (२०७७)द्धारा कालिकोट जिल्लाका कक्षा नौमा अध्ययनरत विद्यार्थिहरुको दैनिकी लेखन क्षमता शीर्षकमा अप्रकाशित शोधपत्र प्रस्तुत गरिएको छ । उक्त शोधपत्रमा विद्यार्थीहरुको दैनिकी लेखन क्षमताको पहिचान गर्नु, लैङ्गिकताका आधारमा विद्यार्थीहरुको दैनिकीलेखन क्षमता तुलना गर्नु र विद्यार्थीहरुमा दैनिकी लेखन सम्बन्धी कमजोरी पत्ता लगाइ आवश्यक सुझाव दिने उद्देश्य राखिएको छ ।
खत्री, (२०७७)द्धारा रुकुम जिल्लाका कक्षा सातका विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन शीर्षकमा शोेधकार्य गरिएको छ । उक्त शोधपत्र रुकुम जिल्लाका चारओटा सामुदायिक र संस्थागत विद्यालयमा गरिएको छ । सो विद्यालयका २०/२० जनाको दरले ८० जना विद्यार्थीलाई नमुनाको रुपमा छनोट गरिएको छ । यसमा कक्षा सातमा अध्ययनरत विद्यार्थीको निबन्ध लेखन क्षमताको अध्ययन गर्नु निजी र सरकारी विद्यालयका विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको तुलना गर्नु नेपाली मातृभाषी र विमातृभाषी विद्यार्थीहरु बीचको निबन्ध लेखन क्षमताको अध्ययन गर्नु यस अध्ययनको निबन्ध लेखन क्षमतालाई केलाउदा सन्तोषजनक रहेको छ । भने संस्थागत विद्यालयका विद्यार्थीहरुको निबन्ध लेखन क्षमतालाई हेर्दा सामान्य रहेको पाइन्छ । लैङ्गिक आधारमा छात्रा विद्यार्थीको भन्दा छात्र विद्यार्थीको निबन्ध लेखन क्षमता अगाडि देखिन्छ भने नेपाली मातृभाषी विद्यार्थीको तुलनामा नेपाली विमातृभाषी विद्यार्थीहरुको निबन्ध लेखन क्षमता अगाडी देखिएको निष्कर्ष निकालिएको छ । भने यस शोधपत्रमा निरन्तर रुपमा पाठ्यपुस्तकमा निबन्ध लेखन सम्बन्धी दिइएका मात्र क्रियाकलाप अभ्यास गराउने परिपाटी निरुत्साहन गरी समसामयिक अन्य शीर्षकहरुमा निबन्ध लेखन कार्य अभ्यास गराइनुपर्ने सुझाव राखिने छ ।
यसरी माथि उल्लेखित लेखन सीप क्षमतासँग अध्ययन अनुसन्धान जति भएका छन । ती सबै उपयुक्त नै रहेको देखिन्छ । लेखन कलामा निबन्ध लेखन,चिठी लेखन,दैनिकी लेखन,निवेदन लेखन आदि जस्ता लेखन कलासँग सम्बन्धित अनुसन्धान भएको पाइन्छ । यस्ता अनुसन्धानले प्रस्तुत शोधलाई अगाडि बढाउन मद्धत गरेको छ । उक्त लेखन कला अन्तरर्गत रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका भित्रका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखनसँग सम्बन्धित रहेर अध्ययन अनुसन्धान भएको छैन । जसले गर्दा प्रस्तुत शोधकार्य भावी अनुसन्धानका लागि निकै उपयोगी हुने देखिन्छ ।
प्रस्तुत अध्ययनमा यस शीर्षकको शोध भावी पिँढी स्वयम् शोधकर्ता र यस क्षेत्रमा सम्बन्धित सरोकारवाला व्यक्तिका लागि निकै लाभदायक रहेकाले उक्त अनुसन्धानलाई पूर्वकार्यको लागि समीक्षा गर्न सान्दर्भिक रहने छन् ।
२.२अवधारणात्मक खाका
अध्ययनको अवधारणात्मक खाकालाई चित्रात्मक रुपमा यसप्रकार रहने छ:
अध्याय – तीन
अध्ययन विधि र प्रक्रिया
३.१ अध्ययनको ढाँचा
प्रस्तुत अध्ययन जिल्ला रुकुम (पश्चिम) चौरजहारी नगरपालिका अन्तरर्गत पर्ने चारओटा (सामुदायिक तीन र संस्थागत एक) विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखनमा केन्द्रित रहने छ । यस अध्ययन बाट प्राप्त तथ्याङ्कलाई तुलनात्मक रुपमा विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको निर्धारण गर्न प्रतिशत तथ्याङ्क निकालिने भएकोले परिणात्मक र विद्यार्थीलाई निबन्ध लेखन क्षमताको पहिचान गरीतथ्याङ्कको व्याख्या विश्लेषण आवश्यक सरसल्लाह र सुझाव दिइने हुँदा गुणात्मक ढाँचाको प्रयोग र प्रत्यक्ष विद्यार्थी सँग सम्बन्धित भएकोले विद्यार्थीहरु लाई नै अध्ययनको केन्द्रविन्दु बनाइ नमुना सर्वेक्षण विधि प्रयोग गरी प्रस्तुत अध्ययन अगाडि बढाइने छ । यस अध्ययन अनुसन्धान वस्तुगत रुपमा प्रदान गर्न जनसङ्ख्या पहिचान,नमुना छनोट गर्न, तथ्याङ्क सङ्कलन र त्यसको पूर्ण परीक्षण र परीक्षणको कार्यान्वयन वा सङ्कलित तथ्यको व्याख्या विश्लेषण र प्रस्तुति जस्ता सर्वेक्षणात्मक विधि प्रयोग गदै प्रस्तुत अध्ययनको रुप रेखा तयार रहने छ ।
३.२ जनसङ्ख्या तथा नमुना छनोट
यस अध्ययनमा चौरजहारी नगरपालिका अन्तरर्गत शैक्षिक सत्र २०७८ मा कक्षा दशमा अध्ययनरत विद्यार्थीहरु प्रस्तुत अध्ययनका निम्ति जनसङ्ख्याका रुपमा लिएको छ । अध्ययनको प्रयोजन समय लगानी जस्ता विविध कारणले सम्पूर्ण जनसङ्ख्याको अध्ययन गर्न नसकिने भएकोले अध्ययनको सिमाङ्कन क्षेत्र जिल्ला रुकुम (पश्चिम)को चौरजहारी नगपालिका अन्तरर्गत(तीन ओटा सामुदायिक र एक ओटा संस्थागत) गरी जम्मा चारओटा विद्यालय (श्री शीतल माध्यमिक विद्यालय चौरजहारी नगरपालिका वडा नं. २ रुकुम
(पश्चिम), श्री हिमालय माध्यमिक विद्यालय चौरजहारी नगरपालिका वडा नं. ११ रुकुम
(पश्चिम), श्री माध्यमिक विद्यालय कोटजहारी, चौरजहारी नगरपालिका वडा नं.७ रुकुम
(पश्चिम) र श्री भ्याली पब्लिक बोर्डिङ स्कुल चौरजहारी नगरपालिका वडा नं १ रुकुम (पश्चिम)का माध्यमिक तह कक्षा दशमा अध्ययनरत प्रत्येक विद्यालयबाट १०/१० जना छात्र÷छात्राहरुको दरले जम्मा ८० जना विद्यार्थीहरुलाई नमुनाका रुपमा लिइने छ ।
३.३ तथ्याङ्कको प्रकृति र स्रोत
(क) तथ्याङ्कको प्रकृति
प्रस्तुत शोध अध्ययनमा जिल्ला रुकुम (पश्चिम) चौरजहारी नगरपालिका अन्तरर्गत सामुदायिक र संस्थागत गरी जम्मा चारओटा विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखन क्षमता कार्यमा भएको विषय परिभाषा, विषयवस्तुको ज्ञान, निष्कर्षबारे वर्गिकरण र व्याख्या गरिएकोले यो अध्ययन वर्णनात्मक र विश्लेषणात्मक प्रकृतिको तथ्याङ्कका आधारमा गरिने छ यसबाट प्राप्त तथ्याङ्कहरु सङ्ख्यात्मक र गुणात्मक दुवै प्रवृतिका आधारमा प्रस्तुत गरिने छ ।
(ख) तथ्याङ्कको स्रोत
यस अध्ययन शोधकार्यलाई निष्कर्षमा पुर्याउनका लागि प्राथमिक स्रोत र द्वितीय स्रोतका माध्यमबाट तथ्याङ्क को आधारमा विश्लेषण गरिने छ ।
(अ) प्राथमिक स्रोत
यस शोधकार्यमा प्राथमिक स्रोत विद्यार्थीहरुबाट निबन्ध लेख्न लगाई तथ्याङ्क सङ्कलन गरिने छ । प्राथमिक तथ्याङ्कसङ्कलन गर्दा शोधकर्ताले आफैले अनुसन्धानका लागि आवश्यक सामग्री खोज्न प्राथमिक स्रोतको प्रयोग गरिने छ । प्रस्तुत अध्ययनमा प्राथमिक तथ्याङ्कसङ्कलन स्रोत अन्तरर्गत प्रश्नावली प्रयोग गरी प्राथमिक तथ्याङ्कसङ्कलन गरिने छ ।
(आ) द्वितीय स्रोत
यस शोध अध्ययन कार्यमा पहिले अरु अनुसन्धान कर्ताले व्यक्ति वा संस्थाले सङ्कलन गरेका वा अनुसन्धानका क्रममा अरुले उपयोग गरेका सामग्रीहरुलाईद्वितीय स्रोतका रुपमा लिइने छ । द्वितीय स्रोतका रुपमा विद्यालयमा विद्यार्थीको सङ्ख्या (पत्रपत्रिका प्रकाशित पुस्तक प्रकाशित लेख रचना,ख्यातिप्राप्त स्वदेशी तथा विदेशी भाषाविद विद्धानहरुद्धारा लेखिएका तथा प्रकाशित गरिएका पुस्तकहरु द्वितीय स्रोतका तथ्याङ्क सङ्कलन गरिने छ ।
३.४ सामग्री निमार्ण र मानकीकरण
अनुसन्धान गर्नका लागि आवश्यक पर्ने महत्वपूर्ण तत्वको रुपमा सामग्री निमार्णलाई लिइन्छ । जसले अनुसन्धान गर्न लागेको विषयवस्तुलाई थप प्रष्ट पारिदिन्छ । शोधकार्यको सामग्री निमार्णमा निबन्ध लेखन सम्बन्धीछनोट हुने विद्यार्थीहरुलाई मात्र विषयगत प्रश्नावली निमार्ण गरिने छ । उक्त सामग्री निमार्ण गर्दा प्राथमिक स्रोत र द्वितीय स्रोतलाई आधार मानि बनाइने छ । अत: छनोटमा परेका विद्यालयका विद्यार्थीहरुका लागि तयार गरिएका प्रश्नावलीलाई शोध निर्देशक, विषय विशेषज्ञ र आदरणीय गुरुहरुको सल्लाह सुझावका साथै शब्दकोष व्याकरणका आधारमा मानकीकरण गरी शोध कार्यलाई मूर्त रुप दिइने छ ।
३.५ तथ्याङ्क सङ्कलन विधि
प्रस्तुत शोधकार्यका लागि तयार परिएका सामग्रीहरुको जिल्ला रुकुम (पश्चिम) चौरजहारी नगरपालिका अन्तर्गत छनौटमा परेका सरकारी तथा निजी विद्यालयमा गई प्राथमिक स्रोतमा सामग्रीहरुकोकार्यन्वयन गरी तथ्याङ्क सङ्कलन गरिएको छ । तथ्याङ्क सङ्कलन कार्य आफैमा जटिल मानिन्छ । त्यसैमा पनि यस अध्ययनका लागि आवश्यक तथ्याङ्क संकलन गर्ने क्रममा गतिविधि नमुनाका रुपमा छनोट गरिएका विद्यालयका विद्यार्थीहरुलाई निर्धारित समयमा र शीर्षक दिई निबन्ध लेख्न लगाएर चेक जाँच गरी प्राप्ताङ्कको आधारमा सम्पूर्ण विद्यार्थीहरुको तथ्याङ्क संकलन गरिएको छ । उत्तरपुस्तिका जाँच गर्दा परिभाषा/परिचय, विषयवस्तुको ज्ञान र निस्कर्षका आधारमा केन्द्रित रहेर परीक्षण वस्तुगत रुपमा अङ्क निर्धारन गरी आवश्यक तथ्याङ्क सङ्कलन गरिने छ ।
३.६ तथ्याङ्क व्याख्या विश्लेषण
रुकुम (पश्चिम) जिल्ला चौरजहारी नगरपालिका अन्तरर्गतमाध्यमिक तह कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको निबन्ध लेखनको अध्ययन गर्न विद्यार्थीहरुले लेखेको उत्तरपुस्तिकामा लेखिएका अङ्कन गरिएका प्राप्ताङ्कलाई विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको र लैङ्गिकताको आधारमा तुलना गरिने छ । तालिकीकरण व्याख्या र विश्लेषण गरिएको छ । निबन्ध लेखन क्षमता पत्ता लगाउन माध्यमिक शिक्षा पाठ्यक्रमको आधारमा कक्षा दशको विशिष्टीकरण तालिकाले निबन्ध लेखनलाई २०७४ सालको नेपाली विषयको उत्तरकुञ्जिकाले तोकिए अनुसार ८ पूर्णाङ्क जसमा परिचय÷परिभाषा २ अङ्क विषयवस्तुको ज्ञानलाई ४ अङ्क निष्कर्ष २ अङ्क विभाजन गरी निबन्ध लेखन परीक्षण गरिने छ । निबन्ध लेखन क्षमताको प्राप्ताङ्कका आधारमा मापन गरी औषत निकालिने छ । ती विद्यार्थीहरुको निबन्ध लेखन क्षमतालाईतालिकीकरण तुलनात्मक ढङगले व्याख्या विश्लेषण गरिने छ ।
३.७ अनुसन्धान प्रतिवेदनको ढाँचा
यस शोध अनुसन्धानको प्रतिवेदनको ढाँचा निम्नानुसार रहेको छ:
(क) पूर्व भाग
प्रस्तुत शोध अध्ययनको यस खण्डमा शीर्षक,पृष्ठ,प्रतिबद्धता पत्र,सिफारिस पत्र,स्वीकृति पत्र,कृतज्ञाता ज्ञापन,शोधसार, विषयसूची,संप्क्षित शब्दसूची, चिन्हसूची र तालिका सूची जस्ता औपचारिक पक्षलाई राखिने छ ।
(ख) मूल भाग
यो खण्डमा शोधकोपरिचय,समस्या,औचित्य,अध्ययनको परिसीमा,अध्ययनको रुपरेखा,पूर्वकार्यको समीक्षा र उपादेयता सैद्धान्तिक अवधारणा,अवधारणागत खाका,अनुसन्धान विधि, जनसङ्ख्या र नमुना छनोट तथ्याङ्क सङ्कलन प्राकृतिक स्रोत,सामग्री निमार्ण र मानकीकरण तथ्याङ्क सङ्कलन विधि, तथ्याङ्क सङ्कलनको व्याख्या र विश्लेषण,शोध प्रतिवेदनका अङ्ग निबन्ध लेखनका कमजोरी,निष्कर्ष र सुझावहरु यस अन्तरर्गत अध्याय एक देखि अध्याय पाँच सम्मका भागहरु रहने छन् ।
(ग) उत्तरभाग
अनुसन्धान कार्यको अन्त्य भागलाई उत्तर भागमा उल्लेख गरिएको छ । यस अनुसन्धानको उत्तर भागमा सन्दर्भ सूची,परिशिष्ट,व्यक्तिवृत,विवरण राखिने छ ।
सन्दर्भ सामग्री
-खड्का, अमरसिं (२०६९), द्वारा तयार पारिएको रुकुम जिल्लका कक्षा १० मा अध्यनरत विद्यार्थीहरूको निबन्ध लेखन क्षमताको अध्ययन त्रि.वि.वि.मा प्रस्तुत अप्रकाशित शोधपत्र ।
-सारु,बिष्णु (२०७४),द्वारा कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखन क्षमताको अध्ययन मध्यपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र, सङ्काय केन्द्रीय क्याम्पस वीरेन्द्रनगर सुर्खेत अप्रकाशित शोधपत्र ।
शर्मा, बसन्तकुमार (२०५५), नेपाली भाषा शिक्षण परिचय काठमाडौँः ने.रा.प्र.प्र. ।
-भण्डारी,द्वारिका (२०६३), द्वारा तयार पारिएको कक्षा आठमा पूरा गरेका विद्यार्थीहरूको निबन्ध लेखन क्षमताको अध्ययन त्रि.वि.वि. किर्तीपुरमा अप्रकाशित शोधपत्र ।
-घिमिरे, दिनेश र निउरेप्रसाद ध्रव (२०७२),भाषिक अनुसन्धान विधि, काठमाण्डौः सनसाइन पब्लिकेशन ।
-के.सी., गोपाल (२०७४), द्वारा सल्यान जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीको निबन्ध लेखन क्षमताको अध्ययन मु.ख.ब.क्या. रुकुममा अप्रकाशित शोधपत्र ।
-अधिकारी, हेमाङ्गराज (२०७३), नेपाली भाषा शिक्षण काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।
-खड्का, जुनिता (२०७६), द्वारा रुकुम जिल्ला आधारभूत तह कक्षा (६–८) मा अध्ययनरत विद्यार्थीहरूको निबन्ध लेखन क्षमताको अध्ययन मु.ख.ब.क्या. रुकुममा अप्रकाशित शोधपत्र ।
-शर्मा, केदारप्रसाद र पौडेल माधवप्रसाद (२०७६) नेपाली भाषा र साहित्य शिक्षण काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।
-खत्री, खम्बबहादुर (२०७७), द्वारारुकुम जिल्लाका कक्षा सातका विद्यार्थीहरूको निबन्ध लेखन क्षमताको अध्ययन मु.ख.ब.क्याम्पस, रुकुममा अप्रकाशित ।
-शर्मा, महाश्रम (२०७७), शिक्षक सेवा आयोग परीक्षा सारथि कलङ्की काठमाडौँ ।
-उपाध्याय, मनसरा (२०७६), कालिकोट जिल्लाका कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूको दैनिकी लेखन क्षमताको अध्ययन माध्यपश्चिम विश्वविद्यालय शिक्षाशास्त्रसङ्काय केन्द्रीय क्याम्पस सुर्खेतमा अप्रकाशित शोधपत्र ।
-शाही, मनिमान (२०७४), द्वारा कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको निवेदन लेखन क्षमताको अध्ययन मध्यपश्चिम विश्वविद्यालय शिक्षाशास्त्र, सङ्काय केन्द्रीय क्याम्पस वीरेन्द्रनगर सुर्खेत अप्रकाशित शोधपत्र ।
-पौडेल, नेत्रप्रसाद (२०७०), नेपाली भाषा शिक्षण काठमाडौँ पैरवी प्रकाशन ।
-भण्डारी, पारसमणि (२०७३), नेपाली गद्य नाटक काठमाडौँ विद्यार्थी पुस्तक भण्डार ।
-भण्डारी, पारसमणि र अन्य (२०६८), भाषिक अनुसन्धान विधि काठमाडौँः न्यू हिरा बुक्स ।
-घर्ती, शशिराम (२०६९), द्वारा रुकुम जिल्लाका १० कक्षामा अध्ययनरत विद्यार्थीहरूको चिठी लेखन क्षमताको अध्ययन त्रि.वि.वि. किर्तिपुरमा अप्रकाशित शोधपत्र ।
-लामिछाने, यादवप्रकाश (२०५७), नेपाली शिक्षण परिचय काठमाडौँः विद्यार्थी पुस्तक भण्डार
।
नमुना दुई
रुकुम पूर्व सिस्ने गाउँपालिका कक्षा चारमा कविता शिक्षण गर्दा अपनाइने शिक्षण विधिको प्रभावकारिता
शोधार्थी
...................
परीक्षा रोल नं.: ...............
म.प.वि. दर्ता नं.: .............
स्नातकोत्तर (एम. एड.) तहचौथो सेमेस्टरअन्तर्गत नेपा.शि. ५४३ पाठ्यांशको प्रयोजनका लागि नेपाली शिक्षा विभागमा प्रस्तुत
शोधप्रस्ताव
२०८०/२०२३
मध्यपश्चिम विश्वविद्यालय
मुसिकोट खलंगा बहुमुखी क्याम्पसरुकुम (पश्चिम), नेपाल ।
अध्याय: एक
शोध परिचय
क्र.सं. शीर्षक पृष्ठ
१.१ अध्ययनको पृष्ठभूमि १
१.२ समस्या कथन ३
१.३ अध्ययनको उद्देश्य ३
१.४ अध्ययनको औचित्य ४
१.५ अध्ययनको परिसीमा ५
१.६ अध्ययनको रूपरेखा ५
अध्याय: दुई
पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
२.१ पूर्वकार्यको समीक्षा र उपादेयता ७
२.२ अवधारणात्मक खाका ११
अध्याय: तीन
अनुसन्धान विधि र प्रक्रिया
३.१ अनुसन्धानको ढाँचा १३
३.२ जनसङ्ख्या तथा प्रतिनिधि नमुना छनोट १३
३.३ तथ्याङ्कको प्रकृति र स्रोत १३
३.४ सामग्री निर्माण र मानकीकरण १४
३.५ तथ्याङ्क सङ्कलन विधि १४
३.६ तथ्याङ्कको व्याख्या विश्लेषण १४
३.७ अनुसन्धान प्रतिवेदनको ढाँचा १५
अध्याय: एक
शोध परिचय
१.१ अध्ययनको पृष्ठभूमि
कविता शिक्षण भन्नाले विद्यार्थीहरूको क्षमता, स्तर, चाहना अनुसार कक्षामा कवितालाई सिकाउने वा अध्यापन गराउन प्रयोग गरिने विधि र प्रक्रिया हो । कविता विधा शिक्षण गर्दा फरकफरक विधिको प्रयोग गर्न सकिन्छ । कविता शिक्षण अन्य विधाको तुलनामा चुनौतीपूर्ण कार्य हो । यसमा पाठकले सौन्दर्यानुभूतिको माध्यमबाट भावनाको परिष्कार गर्न सक्ने अपेक्षा राखिन्छ । कविता अध्ययनले शाश्वत आनन्द प्राप्त नभए त्यस्तो अध्ययन अपूर्ण मानिन्छ । त्यसैले कवितामा शिक्षण विधिको अहम् भूमिका हुन्छ । सफल कविता शिक्षणका लागि शिक्षकले आदर्श पाठ वाचन गर्नुपर्दछ । समूचित लय, भावानुकुल स्वर जस्ता कुरालाई ध्यान दिई आदर्श पाठ गर्दा विद्यार्थीहरू कविताको सौन्दर्यात्मक पक्षप्रति सहज आकर्षित हुन्छन् । कविता शिक्षणका विविध विधिहरू(क) गीत तथा अभिनय विधि (ख) अर्थबोध विधि (ग) व्याख्या विधि (घ) खण्डान्वय विधि (ङ) व्यास विधि (च) तुलनात्मक विधि (छ) समीक्षा विधि मध्ये कक्षाको स्तर हेरी उपयुक्त विधिको उपयोग गर्नुपर्दछ ।
कविता शिक्षणका माध्यमबाट विद्यार्थीमा भाषिक विधिको विकास गराउन सकिने भएकाले विद्यार्थीको प्रारम्भिक कक्षादेखि विश्वविद्यालयको उच्च तहसम्म यसको शिक्षण गरिन्छ । विशेष गरी पूर्वप्राथमिक तहका विद्यार्थीहरूमा उच्चारण क्षमता, लयवाचन, लयात्मक अभिव्यक्ति, पढाइमा रूची, भाषिक प्रवाहमयता जस्ता पक्षमा कुशलताको बृद्धि गर्न कविता शिक्षण गरिन्छ । कविता शिक्षणले भाषा सिकाइलाई सरल र रूचिपूर्ण बनाउने काम गर्दछ । देश प्रेम, सद्भावना, दया, सहानुभूति र असल चरित्रको विकास गर्न समेत मद्दत गर्दछ । तसर्थ बालबालिकाको चरित्र निर्माण, विचारमा परिष्कार आदि कामका लागि कविता शिक्षणको गहन भूमिका रहन्छ ।
साहित्यका मुख्य चार विधा निबन्ध, आख्यान, नाटक र कविता हुन् । कविता जीवन जगतको रागात्मक ललित अभिव्यक्तिले गर्दा लयबद्ध भई प्रकट हुने साहित्यको सर्वप्राचीन र समृद्ध विधा हो । कविता विधाको सम्बन्ध लोक जीवनसँग रहेको पाइन्छ । लोक जीवनमा प्रचलित लोक गीतबाट कविता विधाको विकास भएको हो भन्ने मान्यता पाइन्छ । साहित्यका श्रव्य र दृश्य भेदमध्ये कविता श्रव्य भेदमा पर्दछ । कविताले मानवका अन्तर कुन्तरमा रहेका भावनाहरूलाई उपयुक्त पदावलीमा सहज अभिव्यक्ति दिने कार्य गर्दछ । जीवनका अनेक अनुभूतिहरू कवितामा लयात्मक पारामा उनिएका हुन्छन् । कविताले मानव हृदयलाई आन्दानुभूतिका साथै भावनाको विकास, बौद्धिक परिष्कार र नवीन चिन्तनको विकास गर्न समेत सहयोग पुर्याउँछ ।
सामान्य रूपमा कक्षा चार भन्नाले पूर्वप्राथमिक तह कक्षा तीन अध्ययन गरिसकेपछि आउने माथिल्लो कक्षा हो । यो कक्षा पा“चभन्दा तल्लो कक्षाको रूपमा पनि चिनिन्छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ मा यस कक्षा चारलाई आधारभूत तहमा समावेश गरिएको छ । यस तहका बालबालिकाहरूको उमेर ८ वर्ष देखि ९ वर्ष रहेको हुन्छ भने सिकाइ क्षमता स्तर दुई तहको रहेको हुन्छ । यस उमेर समूहका बालबालिकाहरूमा शारीरिक विधि, संवेगात्मकविधि, सामाजिक, सांस्कृतिक र नैतिक विधि, बौद्धिक तथा मानसिक विधिहुनुका साथै स्वास्थ्य, पोषण, सुरक्षा र वातावरण विधि र सिर्जनात्मक विधिको विकास आधारभूत रूपमा रहेका हुन्छन् । समूहमा बसी रमाइलो वातावरणमा पढ्ने बानीको विकास हुने भएकाले यस तहका बालबालिकाहरूले कविता विधालाई बढी रूचिपूर्ण मान्ने गर्दछन् । यस तहका लागि कविता विधा शिक्षण बढी रोचक र उपयोगी हुँदै गएको पाइन्छ । तसर्थ बालबालिकाको स्तर,रूची र चाहना अनुसारको कविता शिक्षण विधिको उपयोग गरी शिक्षण सिकाई कार्यकलाप गराउ“दा सिकाइलाई गुणस्तरीय, पहु“चयोग्य र उपयोगी बनाउन सकिन्छ ।
सैद्धान्तिक रूपमा कविता शिक्षण विधिहरू आधारभूत तहमा प्रस्ट गरिएको भएपनि कक्षा चारमा त्यसको व्यावहारिक रूपमा अझै प्रयोग भएको पाइँदैन । भाषा र साहित्यको विविध विधाको शिक्षणका लागि विविध विधिको प्रयोग गर्नुपर्दछ । जसमा कविता विधा शिक्षणका क्रममा विद्यार्थीको स्तर, क्षमता, उमेर र रूचिका आधारमा विधिहरूको प्रयोग गरिएको पाइदैन । आधारभूत तहका विद्यार्थीले कविताप्रति रूचि राख्ने भएकाले कविता शिक्षण गर्दा कक्षामा शिक्षण विधिको उचित प्रयोग नभएमा विद्यार्थीको भाषिक विधि विकासमा प्रभाव पर्न गएको पाइन्छ । कविता शिक्षण विधिको उचित प्रयोग नभएर विद्यार्थीको लयबोध, अर्थबोध, भावबोध, शब्दभण्डार, सिर्जनशीलता लगायतका पक्षमा विकास हुन सकेको पाइदैन । तसर्थ कविता शिक्षण विधिको प्रभावकारिता सम्बन्धमा अध्ययन अनुसन्धान हुनु आवश्यक देखिन्छ । अतः यस अध्ययनमा लुम्विनी प्रदेशअन्तर्गत रुकुम (पूर्व) जिल्ला सिस्ने गाउ“पालिकाका ५ वटा सामुदायिक विद्यालयका आधारभूत तह कक्षा चारमा कविता शिक्षण विधि प्रभावकारिताका सम्बन्धमा अध्ययन अनुसन्धान नभएकाले अनुसन्धानकर्ताको रूचि हुन गई उक्त शीर्षकमा अनुसन्धानकार्य गरिने छ ।
१.२ समस्या कथन
प्रस्तुत अध्ययन कक्षा चारको नेपाली भाषा पाठ्यपुस्तकमा समावेश गरिएका कविता विधाको शिक्षण विधिको प्रभावकारिता शीर्षकमा केन्द्रित रहेकाले यो आफैमा समस्यामूलक विषय रहेको छ । आधारभूत तह कक्षा चारको नेपाली भाषा पाठ्यपुस्तकमा समावेश गरिएका कविता विधाका पाठहरूशिक्षण गर्दा विद्यार्थीहरूमा रूचीपूर्वकसहजरूपमा पढ्न र वाचन गर्न, शब्दको अर्थबोध गर्न,भावबोध गर्न, कविता सिर्जना गर्न नसक्ने पनि हुन सक्छ । यस्तो अवस्थामा विद्यार्थीको रूची र क्षमता अनुसार गति,यति र लयमा कविता वाचन गरी पूर्ण मनोरञ्जनात्मक तरिकाले कविता शिक्षण गर्न नसकेका हुन सक्छन् । तसर्थ आधारभूत तह कक्षा चारमा कविता शिक्षण गर्दा शिक्षण विधिको प्रयोग कसरी गर्न सकिन्छ ? कविता शिक्षणमा गीत तथा अभिनय, अर्थबोध र खण्डान्वयविधिको प्रयोग गर्दा कस्ता क्रियाकलाप गराउन सकिन्छ ? भन्ने समस्यास“ग अध्ययनको विषय केन्द्रित रहनेछ । छ । तसर्थ यस अध्ययनका समस्याहरू निम्नानुसार रहेका छन्:
(क) कक्षा चारमा कविता शिक्षण गर्दा के कस्ता विधिको प्रयोग गर्न सकिन्छ ?
(ख) कविता शिक्षणका विधिहरू (गीत तथा अभिनय, अर्थबोध र खण्डान्वय) विधिको प्रयोग र यसको प्रभावकारिता कस्तो छ ?
(ग) कविता शिक्षण विधिको प्रयोग गर्दा देखिएका समस्याहरू के कस्ता छन् ?समाधानका लागि के कस्ता उपाय अपनाउन सकिन्छ ?
१.३ अध्ययनको उद्देश्य
प्रस्तुत शोध अनुसन्धानका निम्न उद्देश्य रहनेछन्:
(क) कक्षा चारमा कविता शिक्षण गर्दा उपयोगी हुने विधिको पहिचान गर्नु,
(ख) कविता शिक्षणका विधि (गीत तथा अभिनय, अर्थबोधर खण्डान्वय) को प्रभावकारिता पत्ता लगाउनु,
(ग) कविता शिक्षणका उक्त विधिको प्रयोग गर्दा देखिएका समस्या पत्ता लगाई समाधानका उपाय सुझाउनु ।
१.४ अध्ययनको औचित्य
कविता शिक्षणको मुख्य प्रयोजन भाषाका विधिहरू (सुनाइ, बोलाइ, पढाइ,लेखाइ) को विकास गराउनु हो । यसका साथै व्यक्तिमाभएको अन्तरनिहित क्षमता प्रस्फुटन गराउनु, सिर्जनात्मक अभिव्यक्ति क्षमताको विकास गर्नु, कल्पना शक्तिको विकास गर्नु,लयवाचन,शुद्ध उच्चारण, शब्दार्थ ज्ञान, नवीन भावनात्मक अभिव्यक्तिको विकास कविता शिक्षणबाटै गराइन्छ । पाठ्यपुस्तकमा राखिएका कविता विधाका पाठहरू शिक्षण गर्दा विभिन्नविधि र कार्यकलापको उपयोग गरिन्छ । शिक्षण सिकाई क्रियाकलापका क्रममा प्रयोग गर्ने विधि र सञ्चालन गरिने कार्यकलापबाट अपेक्षित उपलब्धि हँसिल गर्न, प्रभावकारी र उद्देश्यपूर्ण बनाउन,समस्याको पहिचान गरी समाधानका उपायहरू खोज्न यस अध्ययनले सहयोग गरेको छ । यस अध्ययनले विद्यार्थीको उमेर,रूचि तह, र प्रकृतिअनुसार सिकाइ कार्यकलाप र शिक्षण विधिको प्रयोग कक्षा सञ्चालनमा भएनभएको अध्ययन अनुसन्धान गर्न सहयोग गर्ने देखिन्छ । शिक्षकले पाठयोजना बनाउदा कविता विधालाई दिएको समयभारअनुसार शिक्षण विधिको प्रयोग गरी शिक्षणलाई प्रभावकारी बनाउन र गुणस्तरीय शिक्षा प्रदान गर्न यस अध्ययनले गहन भूमिका निर्वाह गर्ने देखिन्छ ।
कविता शिक्षण विद्यार्थीको आन्तरिक प्रतिभाको खोजी गर्नुका साथै भाषिक विधि विकासको महŒवपूर्ण पाटो हो । यस अध्ययनले बालबालिकालाई कविता शिक्षण गर्दा अपनाउनु पर्ने शिक्षण विधि र शिक्षण क्रियाकलापका बारेमा शिक्षकलाई धारणा स्पस्ट गर्न सहयोग गरेको छ । यस अध्ययनको औचित्य निम्नानुसार हुनेछन्:
नेपाली भाषा शिक्षण गर्ने शिक्षकलाई कविता शिक्षण गर्दा प्रयोग हुने शिक्षण विधि र क्रियाकलापमा सहयोग पुग्नेछ, कक्षा चारका विद्यार्थीलाई कविता शिक्षणको उपयुक्त विधिको प्रयोग गरी शिक्षण गर्दा अपनाइने क्रियाकलापले भाषिक विधिको विकासमा सहयोग पुग्नेछ, कक्षा सुपरीवेक्षकलाई शिक्षण विधि र कक्षा शिक्षण क्रियाकलापका बारेमा अनुसन्धान गर्न सकिनेछ, यस अध्ययनले पाठ्यपुस्तक र पाठ्यक्रम निर्मातालाई कक्षा चारका विद्यार्थीको रूचि, क्षमता र स्तरका आधारमा कविता विधा छनोट गरी पाठ्यपुस्तकमा समावेश गर्न सहयोगी हुनेछ, कक्षा चारमा कविता शिक्षण विधिको प्रभावकारिता सम्बन्धी अध्ययनमा सहयोग पुग्नेछ, कविता शिक्षणका विधि प्रभावकारी हुन नसक्नुका कारणको खोजी गर्न सकिनेछ,कविता शिक्षण विधिको अध्ययन गर्न चाहने भावी शोधकर्तालाई सन्दर्भ सामग्रीका लागि यो अध्ययन उपयोगी हुने भएकाले औचित्यपूर्ण रहनेछ।
१.५ अध्ययनको परिसीमा
प्रस्तुत शोधपप्रस्ताव कक्षा चारमा कविता शिक्षण विधिको प्रभावकारिता अध्ययनमा केन्द्रित रहेको छ । यस अध्ययनलाई निम्नानुसार परिसीमितगरिने छः
प्रस्तुत अध्ययन रुकुम (पूर्व) जिल्ला सिस्ने गाउँपालिकामा सीमित रहनेछ, यस अध्ययनमा कविता शिक्षण गर्दा अपनाइने विभिन्न शिक्षण विधि मध्ये गीत तथा अभिनय, अर्थबोध र खण्डान्वय विधिको प्रयोग तथा त्यसको प्रभावकारिताको मात्र अध्ययन गरिनेछ, प्रस्तुत अध्ययनलाई अध्ययन क्षेत्रका कक्षा चारका ६० जना छात्र छात्राहरूमा सीमित गरिनेछ, यो अध्ययन कविता शिक्षण विधिको प्रभावकारिताका लागि नियन्त्रित र प्रयोगात्मक समूहका आधारमा प्राप्ताङ्क, प्रतिशत, मध्यमान र मानक विचलन विश्लेषणमा आधारित रहनेछ, कविता शिक्षण गर्दा गीत तथा अभिनय, अर्थबोध र खण्डान्वय विधिको प्रयोग तथा त्यसको प्रभावकारिता बाहेक अन्य विधि, विषयवस्तु र उक्त अध्ययन क्षेत्रका कक्षा चारका ६० जना बाहेक अन्य विद्यँर्थीहरूलाई समेटिने छैन ।
१.६ अध्ययनको रूपरेखा
प्रस्तुत शोधप्रस्ताव पाँचवटा अध्यायमा विभाजन गरिनेछ । शोधको लेखनकार्य, सामग्रीको उपयुक्ततालाई ध्यानमा राखी थप शीर्षक, उपशीर्षकमा विभाजन गरिनेछ । यस अध्ययनको रूपरेखा यस प्रकार रहनेछ ।
अध्याय एक: शोधको परिचय
अध्याय दुई: पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
अध्याय तीन: अनुसन्धान विधि र प्रक्रिया
अध्याय चार: तथ्याड्कको व्याख्या तथा विश्लेषण
अध्याय पाँच: निष्कर्ष र सुझाव
सन्दर्भसूची
परिशिष्ट
व्यक्तिवृत्त
अध्याय: दुई
पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
२.१ पूर्वकार्यको समीक्षा र उपादेयता
प्रस्तुत शोधकार्यका क्रममा उपयोग गरिएका प्रकाशित पाठ्यपुस्तक र अप्रकाशित शोधपत्रको समीक्षा निम्नानुसार गरिनेछ:
अधिकारी, (२०६४) द्वारा कक्षा तीनमा कविता शिक्षण गर्दा प्रयोग गरिएका शिक्षण विधिहरूको अध्ययन शीर्षकमा शोधकार्य गरिएको छ । यस शोधमा कविता शिक्षणमा उपयोगी विधिहरूको अध्ययन गर्नु, काठमाडौं र भक्तपुर जिल्लाका विद्यालयहरूमा कविता शिक्षण गर्दा प्रयोग गरिएका शिक्षण विधिहरूको पहिचान गर्नु, सरकारी र निजी तथा आवासीय विद्यालयका शिक्षकहरूले प्रयोग गरेका शिक्षण विधिहरूमा पाइने समानता र भिन्नताहरूको अध्ययन गर्नु, कक्षा तीनमा अध्यापन गर्ने तालिम प्राप्त र तालिम अप्राप्त शिक्षकहरूले प्रयोग गर्ने शिक्षण विधि बीचका फरकहरू पत्ता लगाउनु जस्ता उद्देश्य राखिएको छ । यस शोधमा काठमाडौं र भक्तपुर जिल्लाकाजम्मा १० वटा सरकारी विद्यालय १० वटा निजी विद्यालयहरू गरी जम्मा २० वटा विद्यालयका कक्षा तीनमा नेपाली शिक्षण गर्ने शिक्षकहरू मात्र अध्ययनको क्षेत्रभित्र रहेका छन् ।कक्षा तीनमा कविता शिक्षण गर्दा उपयोग गरेका शिक्षण विधिहरूमा प्रश्नावली, छलफल र प्रयोगात्मक विधिलाई अवलम्बन गरिएको छ । यस अध्ययनमा शिक्षक प्रश्नावली फारामको नतिजाको विश्लेषण, सरकारी विद्यालय र निजी तथा आवासीय विद्यालयको कक्षा अवलोकन फारामबाट प्राप्त तथ्याङ्कको विश्लेषण, प्रश्नावलीबाट तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरिएको छ । यस शोधमा शत्प्रतिशत शिक्षकले कविता शिक्षण गर्दा सारांश कथन गराउने गरेकोछ । तालिम प्राप्त शिक्षकहरूमा सैद्धान्तिक प्रकृतिको ज्ञान रहेको तर त्यसलाई प्रयोगमा ल्याउनेतर्पm त्यति ध्यान दिएको छ । कविता शिक्षण गर्दा भावबोध गराउने क्रियाकलापमा सबै शिक्षकहरूले जोड दिएको छैन । समग्रमा हेर्दा निजी विद्यालयका तुलनामा सरकारी विद्यालयका शिक्षकहरू र तालिम अप्राप्तका तुलनामा तालिम प्राप्त शिक्षकहरूको शिक्षण प्रभावकारी रहेको निष्कर्ष निकालिएको छ । यस शोध अध्ययनले प्रस्तुत शोधपत्रको पृष्ठभूमि निर्माण र उद्देश्य निर्माण खण्डमा सहयोग गर्ने भएकाले यसको उपादेयता रहनेछ ।
न्यौपाने, (२०७२) द्वारा माध्यमिक तहमा कविता शिक्षणका विधिको प्रयोग अवस्था शीर्षकमा शोधकार्य गरिएको छ । यस शोधपत्रमा माध्यमिक तहमा कविता शिक्षण गर्दा अपनाइएका शिक्षण विधिहरूको पहिचान गर्नु, कविता शिक्षणका क्रममा खास विधिको छनोटका आधारहरू पहिल्याउनु, कविता शिक्षणमा प्रचलित शिक्षण विधिहरूको उपयोगमा आइपर्ने समस्याहरूको खोजी गरी समाधानका उपायहरू सुझाउनु जस्ता उद्देश्य राखिएको छ । यो अध्ययन कार्य पूरा गर्नका लागि सम्बन्धित क्षेत्रमा गई तथ्याङ्क सङ्कलन गरिएको छ । उक्त तथ्याङ्कको व्याख्या एवम् विश्लेषण गरिने भएको हु“दा वर्णनात्मक विधि र क्षेत्रीय अध्ययन विधिको प्रयोग गरिएको छ ।यो अध्ययन नारायण नगरपालिका अन्तर्गतका चार वटा सरकारी र दुई वटा संस्थागत विद्यालयमा केन्द्रित गरिएको छ ।उक्त शोधमा स्थलगत अध्ययन विधि अनुसार वर्णनात्मक तुलनात्मक र विश्लेषणात्मक विधिको प्रयोग गरी ६० जना विद्यार्थी, ६ जना विषय शिक्षक र ५ जना विषय विशेषज्ञलाई नमुनाका रूपमा छनोट गरिएको छ । पाठ्यक्रममको उद्देश्य अनुरूप कविता शिक्षण हुनु, विद्यार्थीमा सिर्जनात्मक क्षमताको विकास हुनु जस्ता सबल पक्ष, भावबोध, अर्थबोध विधिको अत्याधिक प्रयोग गर्नु, लय तथा छन्दको वेवास्ता गर्नु, विद्यार्थीको कविता लेखनमा निम्न सहभागिता रहनु जस्ता कमीकमजोरीलाई बु“दागत रूपमा उल्लेख गरिएको छ । कविता शिक्षण गर्दा कविता सङ्ख्याको आधारमा अर्थबोध र लयबोध विधिको प्रयोग, शिक्षक विद्यार्थीबीच छलफल गरेर शिक्षण गरेको, यस विधिलाई विद्यार्थीलाई मन पारेको उल्ल्ेख गरिएको छ । विद्यार्थीलाई छन्द तथा लय मिलाउन गाह्रो भएको कविता शिक्षणबाटसुनाइ बोलाइ, पढाइ र लेखाइ विधिको विकास भएको निष्कर्ष निकालिएको छ । यस शोधपत्रको अध्ययनले प्रस्तुत शोधकार्यको सीमा निर्धारण र अवधारणात्मक खाका निर्माणमा सहयोग गर्ने भएकाले यसको उपयोग गरिनेछ ।
ढुङ्गेल र दाहाल, (२०७३) द्वारा नेपाली कविता र काव्यनामक पुस्तक प्रकाशन गरिएको छ । उक्त पुस्तकमा तेह्रवटा एकाइहरू समावेश गरिएका छन्, जसमध्ये एकाइ एकमा कविता सिद्धान्त र नेपाली कविताको विकासक्रम तथा कविता सिद्धान्त शीर्षक अन्तर्गत कविता र साहित्यका अन्य विधाका तुलनामा कविताको स्वरूप, कविताको परिभाषा, कविताका तŒवहरू, कविताका विभिन्न उपविधाको तुलनात्मक वर्गीकरण रं नेपाली कविताको ऐतिहासिक विकासक्रमका बारेमा सविस्तार चर्चा गरिएको छ । कविता पद्यमा संरचित हुन्छ भने कथा गद्यमा संरचित हुन्छ । कविता श्रव्य पाठ्यविधा हो भने नाटक दृश्य विधा हो । कविता र निबन्ध दुबै लघु आकारको हुन्छ । दुवै श्रव्य पाठ्य विधा हुन । कवितामा वर्णनात्मक र विवरणात्मक शैलीको प्रयोग हुन्छ भने निबन्धमा विश्लेषणात्मक शैलीको प्रयोग हुन्छ । कविता पद्यमा लेखिन्छ भने उपन्यास गद्यमा लेख्रिन्छ । दुबै श्रव्य पाठ्य विधा हुन जस्ता विषयमा विस्तृत रूपमा चर्चा गरिएको छ । उक्त पुस्तकबाट यस अध्ययनमा कविता विधाको सैद्धान्तिक तथा व्यावहारिक अध्ययन विश्लेषणका सम्बन्धमा सैद्धान्तिक खण्ड निर्माण गर्न सहयोग पुग्ने भएकाले उपयोग गरिनेछ ।
सिंह, (२०७३) द्वारा प्राथमिक तहमा कथा शिक्षण गर्दा अपनाइने शिक्षण विधिको प्रयोग र प्रभावकारिता शीर्षकमा शोधकार्य गरिएको छ । यस शोधमा कथा शिक्षण विधिको पहिचान गर्नु, प्राथामिक तहमा कथा शिक्षण गर्दा अपनाउने विधिहरूको अध्ययनगर्नु,कथाशिक्षणमाप्रयोग गरिएका विधिहरूको प्रभावकारिताको मूल्याङ्कन गर्नु उद्देश्य राखी अध्ययन गरिएको छ । उक्त शोध अध्ययनको सामग्री सङ्कलनको रूपमा नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न पाठ्यपुस्तकहरू निर्देशिका सामग्रीको रूपमा लिइएको र नेपाली भाषा शिक्षणमा कथा शिक्षण गर्ने शिक्षक तथा विद्यार्थीहरूको प्रश्नावली तथा छलफलबाट सामग्री सङ्कलन गरिएको छ । यस शोधमा पुस्तकालय विधि, प्रश्नावली, अन्तर्वार्ता, छलफल विधि अपनाइएको र अन्तर्वार्ता छलफल र प्रश्नावलीका आधारमा व्याख्या विश्लेषण गरिएको छ । प्रस्तुत शोध दैलेख जिल्ला बेस्तडा स्रोतकेन्द्रका दसवटा सरकारी विद्यालयका प्रा.वि. तहमा भाषा शिक्षण गर्ने दस जना शिक्षकलाई र ६० जना विद्यार्थीलाई जनसङ्ख्याका रूपमा छनोट गरिएको छ ।शोधमा शिक्षकले वार्षिक कार्ययोजना र अधिकांश शिक्षकले लिखित एकाइ योजना र दैनिक पाठयोजना नबनाएर मासिक योजना बनाइ शिक्षण गरेको, भाषा शिक्षणमा कथा शिक्षण गर्दा पठनबोध, प्रश्नोत्तर विधि व्याख्यान विधिको प्रयोग गरेको उल्लेख गरिएको छ । शिक्षण क्रियाकलापमा विद्यार्थीलाई सम्बन्धित कथामा सस्वर वाचन गर्न, छलफल गर्न, अन्तत्र्रिmया गराउने, विद्यार्थीको समस्या समाधान उनीहरूलाई नै खोज्न लगाउने र विषय सन्दर्भ पाठका विविध धारणामा आधारित भई कथाशिक्षण गरेको र कक्षा अवलोकनबाट प्राप्त तथ्याङ्कमा केही अन्तर पाइएता पनि प्रा.वि. तहमा भाषा शिक्षण गर्ने शिक्षकले कथा शिक्षणमा अपनाउ“दै आएका विधिहरू उपयुक्त रहेको निष्कर्ष निकालिएको छ । प्रस्तुत शोधपत्रको अध्ययनले कक्षा चारका विद्यार्थीहरूको नमुना छनोटमा, सीमा निर्धारणमा र विधि छनोट र व्याख्या विश्लेषणमा सहयोग गर्ने भएकाले यस शोधको उपयोग गरिनेछ ।
सिंह, (२०७३) द्वारा कक्षा चार र पाँचमा गरिएको निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रभावकारिता शीर्षकमा शोधकार्य गरिएको छ । यस शोधमा निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रतिशत, मध्यमान, मानक विचलनका आधारमा विश्लेषण गरी प्रभावकारिता पत्ता लगाउनु, निरन्तर विद्यार्थी मूल्याङ्कनको प्राक्कल्पनाको निर्माण गरी टी परीक्षणका आधारमा प्रभावकारिता खोजी गर्नु, निरन्तर विद्यार्थी मूल्याङ्कनले नेपाली भाषाको सिकाइमा पारेको प्रभावकारिताको विश्लेषण र निष्कर्षका आधारमा सुझाव पेश गर्नु यस शोधका उद्देश्यहरू रहेका छन् । प्रयोगात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको प्रस्तुत शोधकार्यमा क्षेत्रीय अध्ययन विधिको प्रयोग गरी सम्बन्धित विद्यालयमा प्रयोगात्मक क्रियाकलाप सञ्चालन, तथ्याङ्कको सङ्कलन र विश्लेषण गरिएको छ । यस आधारमा कक्षा चार र पाँच दुवैमा मध्यमान पूर्व परीक्षणको तुलनामा उत्तर परीक्षणमा बढेको छ भने मानक विचलन घटेको देखिएकाले निरन्तर विद्यार्थी मूल्याङ्कन पछि सिकाइमा प्रगति भएको देखिएकाले कक्षा चार र पाँचमा गरिएको निरन्तर विद्यार्थी मूल्याङ्कन प्रभावकारी भएको पुष्टि हुन आउँछ । टी परीक्षणबाट प्राक्कल्पना एकमा शून्य प्राक्कल्पना पूर्व प्रयोगात्मक र प्रयोगात्मक समुहको नेपाली भाषा सिकाइमा सार्थक भिन्नता नरहेको प्राक्कल्पना निर्माण गरिएको छ । यसरी कक्षा चार र पाँच दुवैमा निरन्तर विद्यार्थी मूल्याङ्कनले विद्यार्थीको प्राप्ताङ्कमा सार्थक भिन्नता आएको र निरन्तर विद्यार्थी मूल्याङ्कन प्रभावकारी बनेको निष्कर्ष निकालिएको छ । यस शोधपत्रको अध्ययनले प्रश्नावली निर्माण गरी विश्लेषण खण्डमा सहयोग गर्ने भएकाले यसको उपयोग गरिनेछ ।
कंडेल, (२०७५) द्वारा कक्षा आठमा व्याकरण शिक्षण गर्दा अपनाइएका शिक्षण विधिको प्रभावकारिता शीर्षकमा शोधपत्र तयार गरिएको छ । उक्त शोधपत्रमा प्रतिशत, मध्यमान र मानक विचलनका आधारमा आगमन र निगमन विधिको प्रभावकारिता परीक्षण गर्नु, सह–सम्बन्ध, जेड परीक्षण र प्राक्कल्पना परीक्षणका आारमा व्याकरण शिक्षणका आगमन र निगमन विधिको प्रभावकारिताको खोजी गर्नु र समग्रमा व्याकरण शिक्षण विधिको प्रभावकारिता पत्ता लगाइ सुझाव दिनु उद्देश्य राखिएको छ । यस शोधमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ अवस्थित श्री नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालय गाग्रेताल सुर्खेतका कक्षा आठका ६० जना विद्यार्थीलाई नमुना जनसङ्ख्याको रूपमा छनोट गरिएको छ । यस शोधमा मिश्रित ढा“चाको प्रयोग गरिएको छ । यस शोधमा नियन्त्रित समूह र प्रयोगात्मक समूहमा व्याकरण शिक्षण विधिको पश्चात् परीक्षणबाट प्राप्त तथ्यलाई प्रतिशत, मध्यमान, मानक विचलन, जेड परीक्षणको अध्ययन गर्दा नियन्त्रित समूहको भन्दा प्रयोगात्मक समूहको सिकाइ उपलब्धि बढी भएको साथै व्याकरण शिक्षणका निगमन विधि भन्दा आगमन विधिको सकारात्मक प्रभाव परी सिकाइमा सफलता भएको निष्कर्ष निकालिएको छ । यस शोधले प्रस्तुत शोधको विश्लेषण खण्ड र निष्कर्षमा सहयोग पुग्ने भएकाले यस शोधको उपयोग गरिनेछ ।
२.२ अवधारणात्मक खाका
प्रस्तुत अध्ययनको अवधारणात्मक खाका निम्नानुसार रहनेछ । यसै अध्ययनको अवधारणात्मक खाकाको आधारमा शोधपत्रको नतिजा केन्द्रित रहनेछ:
अध्ययनमा कक्षा चारमा कविता शिक्षण गर्दा अपनाइएका विधिको प्रभावकारितालाई केन्द्रबिन्दुमा राखेर कविता शिक्षणका विभिन्न विधिहरूमध्ये गीत तथा अभिनय, अर्थबोध र खण्डान्वय विधिको प्रयोग गरी कक्षा शिक्षण गरिनेछ । त्यसलाई परीक्षण गरी तथ्याङ्कको सङ्कलनका आधारमा विश्लेषण तथा निष्कर्ष निकालिनेछ ।
अध्याय: तीन
अनुसन्धान विधि र प्रक्रिया
३.१ अनुसन्धानको ढाँचा
प्रस्तुत अध्ययन कविता शिक्षण विधिको प्रभावकारितास“ग सम्बन्धित रहेको छ । यसमा कक्षा चारमाअध्ययनरत विद्यार्थीहरूलाई कविता शिक्षण विधि र त्यसको प्रभावकारिताको खोजी गर्न ३० दिनसम्म प्रयोगात्मक र नियन्त्रित समूहमा विभाजन गरी विद्यार्थीलाई प्रश्नावलीका आधारमा प्राप्त गरिएको प्राप्ताङ्कलाई प्रतिशत, मध्यमान र मानक विचलन निकाली तथ्याङ्क प्रस्तुत गरिएकाले परिमाणात्मक र तथ्याङ्कको वर्णनात्मक ढङ्गबाट व्याख्या विश्लेषण गरिएकाले परिमाणात्मक ढा“चाको प्रयोग गरिनेछ ।
३.२ जनसङ्ख्या तथा प्रतिनिधि नमुना छनोट
प्रस्तुत अध्ययनमा रुकुम (पूर्व) जिल्ला सिस्ने गाउँपालिकामा पर्ने ५ वटा सामुदायिक विद्यालयका कक्षा चारमा अध्ययनरत विद्यार्थीहरू जनसङ्ख्याका रूपमा रहनेछन । यस अध्ययनमा विद्यालय छनोट गर्दा सम्भावनारहित नमूना छनोट विधिको सुविधाजनक नमुना छनोट विधिको प्रयोग गरी छनोट गरिनेछ भने विद्यार्थी छनोट गर्दा सम्भावनायुक्त नमुना छनोट विधिको चिठ्ठा विधिबाट नमुना छनोट गरिनेछ ।
३.३ तथ्याङ्कको प्रकृति र स्रोत
प्रस्तुत अध्ययनका लागि तोकिएको विद्यालयमागई कविता शिक्षण गरिएकोछ र कविता शिक्षण पश्चात् प्राप्त विद्यार्थीहरूको प्राप्ताङ्क परीक्षणलाई सङ्ख्यात्मकरूपमा मध्यमान, मानक विचलन र प्रतिशतमा उल्लेख गरिएकाले यस अध्यनको प्रकृति वर्णनात्मक किसिमको रहनेछ ।
(क) प्राथमिक स्रोत
प्राथमिक स्रोतका रूपमा कक्षा चारमा अध्ययनरत ६० जना विद्यार्थीहरूलाई लिइनेछ । मुख्यतया सम्बन्धित विद्यालयका विद्यार्थीलाई कविता शिक्षण विधिको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलाप गराएर त्यसको मूल्याङ्कन समेत गरी तथ्याङ्क सङ्कलन गरिनेछ ।
(ख) द्वितीय स्रोत
यस अध्ययनमा कविता शिक्षण विधिसँग सम्बन्धित पाठ्यपुस्तक, सन्दर्भपुस्तक, लेखरचना, शोधपत्र, इन्टरनेट आदिलाई द्वितीय स्रोतका रूपमा लिइनेछ ।
३.४ सामग्री निर्माण र मानकीकरण
प्रस्तुत अध्ययनमा आवश्यक तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित विद्यालयमा गई कक्षा चारको नेपाली पाठ्यपुस्तकमा समावेश गरिएका ५ वटा कविताहरूलाई३० दिनसम्म शोधकर्ता स्वयम आफैले विभिन्न विधि (गीत तथा अभिनय, अर्थबोध र खण्डान्वय विधि) को प्रयोग गरी शिक्षण गरिनेछ । जसका लागि३० पूर्णाङ्कको लिखित प्रश्नावली निर्माण गरिनेछ । पूर्व परीक्षण प्रश्नावली परीक्षणयुक्त बनाउन शोधनिर्देशक तथाविषयविशेषज्ञबाट सरसल्लाह, सुझाव लिई प्राप्त सल्लाह सुझावका आधारमा प्रश्नहरू परिमार्जन गरी मानकीकरण गरिनेछ ।
३.५ तथ्याङ्क सङ्कलन विधि
यस अध्ययनमा तथ्याङ्क सङ्कलनका लागि मूलतः निम्न दुईवटा विधिलाई उपयोग गरिनेछ:
(क) क्षेत्रीय अध्ययन विधि
यस शोधकार्यमा क्षेत्रीय अध्ययन विधि अन्तर्गतकक्षा चारमा अध्ययनरत ६० जना विद्यार्थीलाई कविता शिक्षणमा प्रयोग गरिने विधि (गीत तथा अभिनय, अर्थबोध र खण्डान्वय विधि) का आधारमा शिक्षण गरी त्यसलाई परीक्षण गरेर तथ्याङ्क सङ्कलन गरिनेछ ।
(ख) पुस्तकालयीय विधि
यस अध्ययन विधि अन्तर्गत कविता शिक्षण विधिको प्रभावकारिता सम्बन्धी पुस्तकालयीय विधिअन्तर्गत आवश्यक भाषा पाठ्यपुस्तक, पत्रपत्रिका र शोधपत्रहरू सङ्कलन गरी तथ्याङ्क सङ्कलन गरिनेछ ।
३.६ तथ्याङ्कको व्याख्या विश्लेषण
प्राथमिक र द्वितीय स्रोतका माध्यमबाट सङ्कलन गरिएका तथ्याङ्कहरूलाई तिनिहरूको प्रकृति अनुसार मूलतः सङ्ख्यात्मक र अंशतः शाब्दिक ढङ्गले प्रस्तुत गरिनेछ । सङ्कलित सामग्रीलाई प्रतिशत, मध्यमान र मानक विचलनका माध्यमबाट तालिकामा प्रस्तुत गरी व्याख्या विश्लेषण गरिनेछ ।
३.७ अनुसन्धानको प्रतिवेदनको ढाँचा
प्रस्तुत शोधप्रस्तावको ढाँचा निम्नानुसार रहनेछ:
(क) पूर्व भाग
यस अध्ययनको पूर्व भागमा शीर्षक पृष्ठ, सिफारिस पत्र, स्वीकृति पत्र, कृतज्ञता ज्ञापन, शोधसार, सङ्क्षिप्त शब्दसूची, विषयसूची र तालिका सूची रहेका छन् ।
(ख) मूल भाग
यस शोधप्रतिवेदनको मूल भागमा अनुसन्धान कार्यको सम्पूर्ण विवरण रहेको छ । अध्याय एकमा शोध परिचय खण्ड, अध्याय दुईमा पूर्वकार्यको सैद्धान्तिक अवधारणा सम्बन्धी अध्ययन गरिएको छ । अध्याय तीनमा शोधको अनुसन्धान विधि र प्रक्रिया राखिएको छ । त्यसैगरी अध्याय चारमा तथ्याङ्ककोे व्याख्या र विश्लेषण र अध्याय पा“चमा निष्कर्ष, सुझाव र सन्र्दभग्रन्थ सूची रहेका छन् ।
(ग) उत्तर भाग
यो शोधको अन्तिम भाग हो । यस खण्डमा परिशिष्ट र व्यक्तिवृत्त रहनेछ ।
सन्दर्भसूची
पुस्तकसूची
-ढुङ्गाना, तुलविधिप्रसाद (२०६४),नेपाली कविता र काव्य, काठमाडौं: एसिया पब्लिकेसन प्रा.लि. ।
-ढुङ्गेल, भोजराज र दाहाल, दुर्गाप्रसाद (२०७३),नेपाली कविता र काव्य, एम.के. पब्लिसर्स एण्ड डिस्ट्रिव्युटर्स ।
-निउरे, धुव्रप्रसाद र घिमिरे, दिनेश (२०७२),भाषिक अनुसन्धान विधि ,काठमाडौ: सनलाइट पब्लिकेसन ।
-भण्डारी, पारसमणि र माधवप्रसाद पौडेल (२०७२),कविता र काव्य, काठमाडौं: विद्यार्थी पुस्तक भण्डार ।
-लुईटेल, खगेन्द्रप्रसाद (२०६०),कविता सिद्धान्त र नेपाली कविताको इतिहास, काठमाडौ: नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान ।
-लुइटेल, खगेन्द्रप्रसाद (२०६२),कविताको संरचनात्मक विश्लेषण, काठमाडौ: विद्यार्थी पुस्तक भण्डार ।
-शर्मा, केदारप्रसाद र पौडेल, माधवप्रसाद (२०६८),नेपाली भाषा शिक्षणका सन्दर्भहरू, काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार ।
-शर्मा, केदारप्रसाद र पौडेल, माधवप्रसाद (२०७३),नेपाली भाषा र साहित्य शिक्षण, काठमाडौँ: विद्यार्थी पुस्तक भण्डार ।
शोधपत्र सूची
-अधिकारी, काशिराज (२०६४),कक्षा तीनमा कविता शिक्षण गर्दा प्रयोग गरिएका शिक्षणविधिहरूको अध्ययन, अप्रकाशित स्नातकोत्तर शोधपत्र, नेपाली भाषा शिक्षा केन्द्रीय विभाग, कीर्तिपुर काठमाडौं ।
-खड्का, यज्ञबहादुर (२०७१),कक्षा नौ मा नेपाली भाषा शिक्षण गर्दा प्रयोग गरिने शैक्षिकसामग्रीको निर्माण र प्रयोगको अवस्था, अप्रकाशित स्नातकोत्तर शोधपत्र नेपाली भाषा शिक्षा विभाग, सुर्खेत क्याम्पस (शिक्षा), सुर्खेत ।
-कंडेल, नन्दाकुमारी (२०७५),कक्षा आठमा व्याकरण शिक्षण गर्दा अपनाइएका शिक्षणविधिको प्रभावकारिता,नेपाली शिक्षा शिक्षण समिति, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय क्याम्पस, सुर्खेत ।
-कार्की, राजेन्द्र (२०६७),दैलेख जिल्लाका माध्यमिक तहमा नेपाली भाषाशिक्षणमा देखिएका समस्याहरूको अध्ययन, अप्रकाशित स्नातकोत्तर शोधपत्र, महेन्द्ररत्न क्याम्पस, कीर्तिपुर, काठमाडाैँ । -न्यौपाने, हरिप्रसाद (२०७२),माध्यमिक तहमा कविता शिक्षणका विधिको प्रयोग अवस्था, अप्रकाशित स्नातकोत्तर शोधपत्र, नेपाली शिक्षा शिक्षण समिति, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय क्याम्पस, सुर्खेत ।
-बजगाई, धर्मराज (२०६९),कक्षा १० मा व्याकरण शिक्षण गर्दा अपनाइएका शिक्षण विधिकोप्रभावकारिता,अप्रकाशित स्नातकोत्तर शोधपत्र, नेपाली शिक्षा विभाग, सुर्खेत क्याम्पस (शिक्षा), सुर्खेत ।
-बुढा, बसन्ता (२०७१),कक्षा ६ मा कथा शिक्षण गर्दा अपनाइएका कार्यकलापहरूकोप्रभावकारिता, अप्रकाशित स्नातकोत्तर शोधपत्र, नेपाली शिक्षा विभाग, सुर्खेत क्याम्पस (शिक्षा), सुर्खेत ।
-भण्डारी, नेत्रप्रसाद (२०५५),माध्यमिक तहमा नेपाली पाठ्यपुस्तकमा समाविष्टकविताहरूको अध्ययन विश्लेषण , अप्रकाशित स्नातकोत्तर शोधपत्र, नेपाली शिक्षा विभाग, सुर्खेत क्याम्पस (शिक्षा), सुर्खेत ।
-शाही, डेबिटबहादुर (२०६८),माध्यमिक तहमा नेपाली शिक्षण गर्दा प्रयोग गरिने शिक्षण सामग्रीको अध्ययन, अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रिभुवन विश्वविद्यालय टीकापुर बहुमुखी क्याम्पस टीकापुर, कैलाली ।
-शाही, बीरेन्द्रबहादुर (२०७२),कालीकोट जिल्लाको मा.वि. तह कक्षा नौमा नेपाली भाषाशिक्षण गर्दा प्रयोग गरिने शैक्षिक सामग्रीको अध्ययन, अप्रकाशित स्नातकोत्तर शोधपत्र, नेपाली शिक्षा शिक्षण समिति, शिक्षाशास्त्र केन्द्रीय क्याम्पस, म.प. विश्वविद्यालय, सुर्खेत ।
-सिंह, ताराकुमारी (२०७३),प्राथमिक तहमा कथा शिक्षण गर्दा अपनाइने शिक्षण विधिको प्रयोग र प्रभावकारिता, अप्रकाशित स्नातकोत्तर शोधपत्र, नेपाली शिक्षा विभाग, सुर्खेत क्याम्पस (शिक्षा), सुर्खेत ।
-सिंह, यशोदा (२०७३),प्राथमिक तहमा कथा शिक्षण गर्दा अपनाइने शिक्षण विधिको प्रयोग र प्रभावकारिता, नेपाली शिक्षा शिक्षण समिति, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र केन्द्रीय क्याम्पस, सुर्खेत ।
अन्य
-जेनीफेर, लेभिटेस (२०१५),प्रयोगात्मक र नियन्त्रित समूहको परिचय, www.study.com/ academy/lesson/experimentalgroup ddefinition-lesson-quiz.html.
नमुना तीन
रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाआधारभूत तह कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन
शोधार्थी
........................
मध्यपश्चिम विश्वविद्यालय दर्ता नं.: .........................
परीक्षा रोल नं.: ....................
स्नातकोत्तर तह (एम.एड.) चौंथो सेमेस्टर अन्तर्गत नेपाली शिक्षा (५४३) पाठ्यांशको प्रयोजनका लागि नेपाली शिक्षा शिक्षण विभागमा प्रस्तुत
शोधप्रस्ताव
२०८०/२०२३
मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र सङ्काय
मुसिकोट खलंगा बहुमुखी क्याम्पस
रुकुम (पश्चिम)
अध्याय एक: शोध परिचय
विषयसूची
पृष्ठ संख्या विषयबस्तु पेज नं.
१.१. अध्ययनको पृष्ठभूमि १
१.२. समस्या कथन ३
१.३. अध्ययनको उद्देश्य ३
१.४. अध्यनकाे औचित्य ३
१.५. अध्ययनको परिसीमा ४
१.६. अध्ययनको रुपरेखा ४
अध्याय दुई: पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
२.१. पूर्वकार्यको समीक्षा र उपादेयता ५
२.२. अवधारणात्मक खाका ८
अध्याय तीन: अध्ययन विधि र प्रक्रिया
३.१. अध्ययन ढाँचा ९
३.२. जनसंख्या र नमुना छनोट ९
३.३. तथ्याङ्कको प्रकृति र स्रोत ९
३.४. सामग्री निर्माण र मानकीकरण १०
३.५. तथ्याङ्क संकलन १०
३.६. तथ्याङ्ककाे व्याख्या तथा विश्लेशण १०
३.७. अध्ययन प्रतिवेदनको ढाँचा १०
सन्दर्भ सामग्री सूची
व्यक्तिवृत्त
अध्याय: एक
शोध परिचय
१.१ अध्ययनको पृष्ठभूमि
मानिसले आफ्नो अनुभव, भाव र विचार सम्प्रेषण व्यक्त गर्न बोलीको आवश्यकता पर्दछ । ती बोली र सम्प्रेषण गरिने माध्यम नै भाषा हो । भाषा मौखिक र लिखित गरी दुई प्रकारका हुन्छन् । मौखिक भाषा कालान्तरसम्म राख्न नसकिने र लिखित भाषा चिरस्थायी रुपमा राख्न सकिने भएकोले लिखित भाषाको महत्व छ । सुरुसुरुमा उच्चार्य वाक्य भाषाका रुपमा रहेको र भाषा उत्तरान्तमा आएर लिपिको रुप लिएको पाइन्छ । समाज विकासको गतिशिलता सँगै भाषाले पनि विकासको फट्को मार्दै स्तरीयता प्राप्त गर्न थालेको पाइन्छ । भाषा आदानप्रदान गर्ने माध्यमको रुपमा सुनाइ, बोलाइ, पढाइ र लेखाइलाई लिइन्छ ।
भाषाका भाषिक सीपहरु मध्ये सुनाइ र पढाइ आदानात्मक सीपका रुपमा लिइन्छ भने बोलाइ र लेखाइ प्रदानात्मकसीपका रुपमा लिइन्छ । भाषाका चार सीपहरु एक अर्कामा अन्तरसम्बन्धित रहेको पाइन्छ । सुनाइ र बोलाइबाट मात्र भाषा एक अर्कामा सम्प्रेषण गर्न कठिन हुन्छ । यस्तो अवस्थामा लेखाइ सीपको खाँचो पर्दछ । लेखाइ सीपले लिखित सामग्रीलाई स्थिरता, संचितता र चिरस्थायी गर्ने कार्य गर्दछ । भित्र सुषुप्त रहेको विचारहरुलाई बाहिर व्यक्त गर्ने माध्यम नै लेखाइ सीप हो ।
मानिसले सम्पूर्ण अवस्थामा सबै व्यक्तिहरुको विचार विनिमय बोलेर मात्र सम्भव हुदैन । त्यस्तो अवस्थामा मानिसले लेख्य माध्यमबाट विचारको आदान प्रदान गर्नुपर्दछ । कसैलाई कथ्य भाषाको माध्यमले विचार विनिमय गर्न नसकिने अवस्थामा लेख्य भाषाको अत्यन्तै उपयोगी हुन्छ । व्यक्तिले कुनै समयमा आफ्ना कुरा वा विचारलाई टाढा तथा विदेशमा रहेका आफन्तहरुमा पुरयाउनलाई लेखेर पछि सम्म जोगाई राख्न, लेखेर गर्नुपर्ने व्यावहारिक कार्य सम्पन्न गर्न र सिर्जनात्मक प्रतिभाको विकास गर्न लेखाइ सीपको आवश्यकता पर्दछ । (अधिकारी र शर्मा २०६१ः९२)
मानिस एक चेतनशील प्राणी भएको हुनाले सन्देश,सूचना र विचारहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा वा संस्थामा पुरयाउने कार्य गरेको हुन्छ । जुन माध्यम मध्ये चिठी पनि एक प्रमुख माध्यमको रुपमा लिइन्छ । चिठीलाई व्य।वहारिक रचनाको रुपमा लिइन्छ । मानिसले विचार, सूचना, तथ्याङ्क जानकारी, ज्ञान, विषय आदि सम्प्रेषण गर्न चिठीपत्रको प्रयोग गरेको पाइन्छ ।
आजको युग सूचना र संचारको युग भएकोले संचारको साधनहरुको विकासले विश्वलाई नै एक मुठीमा राखेको पाइन्छ। टेलिफोन, मोवाइल, इमेल, इन्टरनेट जस्ता विभिन्न संचारका साधनहरुको प्रयोगले चिठीको महत्वलाई केही समयसम्म न्यून बनाएको पाइन्छ तैपनि पत्र मित्रताका निमित्त, कार्यालयीय तथा संघ संस्थासँग गरिने अत्याधिक कामको चापले गर्दा चिठी लेखन कार्यको महत्व अझ बढेको देखिन्छ । हुनत टेलिफोनको माध्यमवाट पनि काम कार्वाहीहरु चलिरहेकै छन् तैपनि ती कालान्तर सम्म रहन सक्दैन । कुनै कार्य तथा कुरालाई स्थायी तथा ऐतिहासिक रुपमा राख्नका लागि समेत लिखित अभिव्यक्तिको महत्व रहेको हुन्छ ।
चिठी लिखित माध्यमले मानिसका विचार तथा कुराकानीलाई सम्प्रेषण गर्ने साधन हो । एक अर्काको अनुभव तथा विचार आदान प्रदान गर्ने र वैयक्तिक सम्बन्ध विस्तार गर्ने माध्यम पनि हो । विद्यार्थीमा चिठीद्वारा स्वतन्त्र अभिवृद्धिको विकास मात्र नभई भन्न चाहेको कुरा वा विषयको स्पष्ट रुपमा अभिव्यक्ति सम्मान, अभिवादन गरी लेख्न सक्ने सीप तथा खुबिको विकास समेत हुन्छ ।
चिठीपत्रको आन्तरिक घटक तथा सामग्रीहरु निश्चित प्रकृतिका हुन्छन् भने जसको बाह्य ढाँचा पनि क्क्कको आन्तरिक संगठन अन्तर्गत नीति, प्रापकको पदिय हैसियत र ठेगाना विषयको निर्देश सम्बोधन, सन्देश, शिष्टाचार हस्ताक्षर संलग्न विवरण, बोधार्थहरु हुन्छन् । निर्देशिका (२०६६ः९३)
चिठीपत्र खास गरीऔपचारिक र अनौपचारिक दुई किसिमका हुन्छन् । अनौपचारिक चिठीमा व्यक्ति तथा घरायसी चिठीलाई लिइन्छ भने औपचारिक चिठीपत्रका रुपमा कार्यालयीय र व्यापारिकलाईलिइन्छ । अनौपचारिक चिठी व्यक्तिगत तथा घरायसी समाचार तथा खवरहरु सम्प्रेषण गर्ने लेखिने चिठी हो । जसले व्यक्तिगत सम्पर्क विस्तार गर्ने कार्यका रुपमा लिइन्छ । व्यक्तिगत चिठी आफ्ना इष्टमित्र, नातेदार, साथीहरु आदि व्यक्तिगत सम्बन्ध भएकालाई यस्तो खालको चिठीको प्रयोग हुन्छ । विवाह व्रतबन्ध, समारोह, उद्घाटन, शुभकार्य, निमन्त्रणा जस्ता कार्यमा पनि व्यक्तिगत तथा घरायसी चिठीको प्रयोग गरिन्छ ।अनौपचारिक चिठी अन्तर्गत घरायसी चिठीमा आफ्नो आफन्त तथा नातेदारलाई भेटघाटका निमित्त तथा सभा समारोहमा खवर पाउन पठाउनलाई प्रयोग गरिन्छ ।
चिठीपत्रको प्रकार मध्ये औपचारिक चिठी कुनै संस्था वा कार्यालयलाई कुनै कामको बारेमा लेखिने पत्रलाई औपचारिक चिठीपत्रका रुपमा लिइन्छ । औपचारिक चिठीपत्रमा स्तरीय तथा मानक भाषाको प्रयोग गरिन्छ । औपचारिक चिठीपत्रमा भावुकता र शिष्टचारको खासै आवश्यकता ठानिदैन । औपचारिक चिठी पनि कार्यालयीय र व्यापारिक गरी २ प्रकारका छन् ।
कुनै व्यक्तिले वा एउटा कार्यालयले अर्को कार्यालयलाई लेख्ने चिठीपत्रलाई कार्यालयी चिठी भनिन्छ । कार्यालयीय चिठीमा कार्यालय प्रमुखलाई सम्वोधन गरी आफ्नो माग तथा पीडाको व्यहोरा प्रस्तुत गरिन्छ । औपचारिक चिठीपत्र अन्तर्गत रहेको अर्को चिठी व्यापारिक चिठी हो । यसमा कुनै व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कारोवारका निमित्त माग र आपूर्तिमा सम्बन्धीत रही लेखिने चिठी हो । व्यापारिक चिठीमा आफूलाई चाहिएको सामान तथा सामग्रीको मात्राको सूचिका साथै हिसाव किताव समेत जानकारी गरिएको हुन्छ । व्यापारिक चिठीको उद्देश्य भनेको व्यापारिक कार्य संचालन गर्नु हो ।
चिठी लेखन एक महत्वपूर्ण विषयको रुपमा लिइन्छ । एक कुशल अभ्यासले व्यक्तिले लेखन कलाको विकासमा अहम भूमिका खेलेको हुन्छ । भाषा शिक्षणका क्षेत्रमा प्राथमिक विद्यालय देखि नै चिठी लेखन सम्बन्धी विषय वस्तुहरु समेटिएको पाइन्छ । विद्यार्थीहरुको लेखन सीपमा के कति कुशलता प्राप्त गर्न सक्छन् ? र उनीहरुका विचारहरुलाई के कसरी चिठीका माध्यमले अभिव्यक्त गर्न सक्दा रहेछन् भन्ने कुराको खोज गर्न यस अध्ययनले अंगालेको छ ।
आधारभूत तह कक्षा आठको अन्तिम वर्षलाई कक्षा आठ मानिएको छ । यस कक्षमा अध्ययनरत छात्र छात्रा १२/१३ वर्ष उमेर समूहमा पर्दछन् । कक्षा आठमा पढ्ने विद्यार्थीहरुका रुचि र आवश्यकताहरु व्यक्तिका स्वभावअनुसार भिन्न–भिन्न हुने गर्दछन् । समग्रतामा राम्रो पोसााक लगाउने, रुपैया माग्ने, साथीहरुको लै–लैमा लाग्ने यात्रा गर्न रुचाउने, खेलकुदप्रति चासो राख्ने, दिवा सपनामा रमाउने, चलचित्रहरु हेर्ने, विपरीत लिङ्गप्रति आकर्षित हुने र सामाजिक संजालमा रमाउने जस्ता रुचिहरु हुन्छन् । लेखाइ सीपको विकास गर्न विचार घटनाहरु सम्प्रेषण गर्न चिठीको भूमिका रहेको हुन्छ । आधारभूत तहको पाठ्यक्रम अन्तर्गत कक्षा आठमा चिठी लेखन तर्फ चार पूर्णाङ्कको अंकभार तोकिएको पाइन्छ ।
लुम्विनी प्रदेशको एक मात्र हिमाली र नेपालकै ७७ औं जिल्लाको रुपमा चिनिने रुकुम पूर्व जिल्लाका पुथा उत्तरगंगा गाउँपालिकाकाअधारभूत तह कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमता विकास गर्न, चिठी लेखन क्षमतामा विद्यार्थीहरुको पहिचान गर्न, छनोटमा परेका विद्यालयहरुमा छात्र र छात्रामा चिठी लेखन क्षमताको तुलना गर्न उक्त चिठी लेखन क्षमताको कार्यमा उत्तम नभएमा कमजोरी पत्ता लगाई निराकरणको उपायहरुको सुझाव समेत दिने कार्यमा यस खोज प्रस्तावले कार्य गर्नेछ ।
१.२. समस्या कथन
अनुसन्धानका लागि छनोट गरिएको कुनै पनि अनुसन्धान गर्न लायक विषयवस्तु समस्याको रुपमा लिने गरिन्छ । यसै परिपेक्षमा रुकुम पूर्व जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययनलाई मुख्य समस्याको विषयमा प्रस्तुत गरी उक्त विषयसँग सम्वन्धित समस्यामा केन्द्रित रही शोधप्रस्तावतयार पारिनेछ । उक्त समस्याहरु निम्नानुसार रहनेछन्:
१. रुकुम पूर्व जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमता के कस्तो रहेको छ ?
२. लैंङ्गिकताको आधारमा विद्यार्थीहरुको चिठी लेखन क्षमतामा के कस्तो अन्तर रहेको छ ?
३. छनोट गरिएका नमूना विद्यालयका विद्यार्थीहरुको चिठी लेखन क्षमतामा के कस्तो छ ?
१.३. अध्ययनको उद्देश्य
कुनै पनि कार्य परिणाममुखी, उपलब्धीमुखी र सफलतापूर्वक सम्पन्न गर्नको निमित्त उद्देश्यको महत्वपूर्ण स्थान रहन्छ । उद्देश्य विना कुनै पनि काम राम्रो हुदैन । त्यसैले हरेक कार्य सम्पन्न गर्नको लागि उद्देश्य अनिवार्य तत्व हो । रूकुम पूर्व जिल्ला अन्तर्गत आधारभूत तह कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययनमा प्रतिबद्ध रही शोधप्रस्तावका उद्देश्यहरू निम्नानुसार रहने छन्:
१) रुकुम पूर्व जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरूको चिठीलेखन क्षमता पहिचान गर्न ।
२) लैङ्गिकताका आधारमा विद्यार्थीहरूको चिठी लेखन क्षमता तुलना गर्न ।
३) छनोट गरिएका नमूना विद्यालयका विद्यार्थीहरुको विद्यालयगत आधारमा चिठी लेखन क्षमताको स्थिति पहिल्याउन ।
१.४. अध्ययनको औचित्य
भाषिक सीप विकासका निमित्त चिठी लेखनको अत्यन्तै महत्वपूर्ण स्थान रहेको छ । विद्यार्थीहरुको लेखन क्षमतामा खास गरी विकास नभएको अवस्थामा सम्बन्धित तहका लागि तयार पारिएको पाठ्यक्रमको उद्देश्यहरु के कति पुरा भए सोको लेखन क्षमताको अध्ययन आवश्यक हुन्छ । विद्यार्थीको लेखन क्षमतालाई बुझेर शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी तथा उद्देश्यमुलक बनाउन र लेखन क्षमताको अध्ययनबाट मद्दत पुग्ने हुनाले यस अध्ययनको औचित्य छ । यस अनुसन्धानवाट विद्यार्थीहरुमा चिठी लेखन क्षमताको अध्ययन गरी निर्देशित चिठी लेखन, विभिन्न क्षेत्रका चिठी लेखन सीप विकासका साथै भाषिक शुद्धता, शैली सौन्दर्य, लेखन सौन्दर्यको विकास भइ लेखन सीपमा आत्मनिर्भर बन्न सहयोग मिल्ने भएकोले यो अध्ययनको औचित्य छ । त्यसैले चिठी लेखन क्षमता अध्ययनको औचित्यलाई निम्न बुँदाहरुमा उल्लेख गर्न सकिने छ:
विद्यार्थीहरुको व्यवहारिक लेखन सरल र सक्षम बनाउन, प्रेषक र प्रापकविच सम्बन्ध विस्तार गर्न, चिठीका माध्यमले खबरहरु आदानप्रदान गर्न, लिखित सन्देशलाई एक ठाउँदेखि अर्को ठाउँसम्म पुयाउन, मानिसको अनुभव तथा ज्ञानलाई लिखित रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्प्रेषण गर्न, पाठ्यक्रमले निर्दिष्ट गरेको पाठ्यभार पूरा गर्न, आधुनिक विद्युतीकरण रुपमा लोप हुन गएको चिठीको प्रयोजनलाई बचाइ राख्न आदि ।
१.५. अध्ययनको परिसीमा
अननुसनधान कार्य कुनै न कुनै घेरा वा सीमारेखा भित्र गरिने भएकोले प्रस्तुत शोध लेखन कार्य रुकुम पूर्व जिल्ला पुथा उत्तरगंगा गाउँपालिका अन्तर्गत आधारभूत तह कक्षा आठमा अधययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमता अध्ययनमा केन्द्रित रहनेछ । जसलाई निम्न बुँदामा उल्लेख गरिनेछ:
प्रस्तुत अध्ययन रुकुम पूर्वका आधारभूत तहमा सीमित रहनेछ, प्रस्तुत अध्ययन कक्षा आठ नेपाली विषयको पाठ्यक्रममा समाविष्ट चिठी लेखनमा सीमित रहनेछ, यो अध्ययन स्थानीय तह पुथा उत्तरगंगा गाउँपालिकाका तीन ओटा सामुदायिक विद्यालय (श्री पर्वत माध्यमिक विद्यालय, पुथाउत्तरगंगा–१२, कोल, रुकुम पूर्व, श्री महेन्द्र माध्यमिक विद्यालय, पुथाउत्तरगंगा–१०, तकसेरा, रुकुम पूर्व र श्री सिद्धमण्डली माध्यमिक विद्यालय, पुथा उत्तरगंगा–१४, राङ्सी, रुकुम पूर्व) का कक्षा आठमा अध्ययनरत २०/२० जनाका दरले जम्मा ६० जना विद्यार्थीहरुमा सीमित रहनेछ, कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमता परीक्षणबाट प्राप्त तथ्याङ्कको व्याख्या र विश्लेषणमा सीमित रहनेछ ।
१.६. अध्ययनको रूपरेखा
प्रस्तुत अध्ययनलाई योजनावद्ध र सुव्यवस्थित गर्न यस शोधपस्तावको रुपरेखा तथा ढाँचा निम्नानुसार रहनेछ:
१. अध्याय. एक: शोध परिचय
२. अध्याय दुई: पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
३. अध्याय तीनः अध्ययनको विधि र प्रक्रिया
४. अध्याय चारः तथ्याङ्कको व्याख्या र विश्लेषणः
३. अध्याय पाँचः निष्कर्ष र सुझाव
अध्याय – दुई
पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
२.१. पूर्वकार्यको समीक्षा र उपादेयता
यस अनुसन्धान प्रस्तावलाई मार्गनिर्देश गर्न शीर्षकसँग सम्वन्धित विभिन्न पाठ्यपुस्तक तथा सन्दर्भसामग्री र शेध प्रस्तावलाई मद्दत पुर्याउने खालका शोधार्थीहरुका शोधपत्रहरुको समीक्षा निम्नानुसार प्रस्तुत गरिनेछ:
अधिकारी, (२०५०) द्वारा नेपाली भाषा शिक्षण, नामक पाठ्यपुस्तकमा भाषा शिक्षणको विभिन्न पक्षहरुको चर्चा गर्ने क्रममा लेखाई शिक्षण अध्ययन पनि समावेश गरिएको छ । जसमा लेखाइ शिक्षणको महत्व र आवश्यकता, प्रयोजनपुरक तह, लेखाइमा पाइने कमजोरी र त्रुटिक्षेत्रहरू, लेखाइ शिक्षणका कार्यकलापहरू, लेखाइका शुद्धिकरण अभ्यासिक तथा निर्देशित लेखन र स्वतन्त्र तथा सृजनात्मक लेखन, लेखन शिक्षणका क्रममा विचार पुरयाउनुपर्ने केही विशेष कुराहरू जस्ता उपशीर्षकहरूमा लेखनकला सम्बन्धी सूचनाहरूलाई लेखाइ शिक्षणका कार्यकलापहरू नामक शीर्षक अन्तर्गत समावेश गरिएको छ । चिठी लेखनमा खास ढंग ढाँचाका विशेष महत्व रहन्छ । लेखाइको प्रौढताको खुटकीलो सफल चिठी लेखन प्रक्रिया भएको हुँदा सुरूमा मिति सम्बोधन ठेगाना र सो अनुरूप शिष्टता तथा आत्मीयता दर्शाउने विशेषण र सकारात्मक आशिर्वादात्मक वा तत् सम्बन्धी अन्य शब्द वा शब्दावलीमा र तिनको उपयोग ढंग प्रस्ट्याइ सकेपछि चिठी लेखनमा उच्चता हासिल गर्न सकिन्छ भन्ने कुरा उल्लेख गरिएको छ । चिठी लेखनप्रति विस्तृत चर्चा गरिए पनि लेखन क्षमताको विश्लेषणात्मक मूल्याङ्कन प्रक्रियाका बारेमा यो पुस्तक मौन देखिन्छ । चिठी प्रयोजनका लागि तयार पारिएको प्रस्तुत पुस्तकमा लिखित सूचनाहरूलाई शोध अध्ययनमा प्रतिस्थापन गर्न यो पुस्तक शोध अध्ययनका लागि प्रशस्त उपयोगी ठहर्छ । यसमा चिठी लेखाइ सम्बन्धी प्रशस्त सूचनाहरू समावेश गरिएको छ । यसै आधारमा चिठी लेखन सम्बन्धी चित्रात्मक प्रस्तुति गर्न सरल भएको छ ।
सुवेदी, (२०६०) नेपाली भाषा शिक्षण, नामक पुस्तक नेपाली भाषा शिक्षणका लागि साह्रै उपयोगी मानिदैन । यस पुस्तकका विभिन्न भाषिक कलाहरूको अध्ययन/अध्यापनका सामान्य चर्चा गर्ने क्रममा लिखित अभिव्यक्ति शिक्षणमा प्रस्तुत पुस्तकले चिठी लेखनको सन्दर्भमा कसरी शिक्षण गर्ने भन्ने विषयमा मौन देखिन्छ । प्रस्तुत पुस्तकमा भएको चिठी लेखन सम्बन्धी परिचयले अनुसन्धान अध्ययनका लागि भने आंशिक मात्रामा भए पनि सहयोग पुग्ने ठान्दछु ।
अधिकारी, (२०६१) प्रारम्भिक नेपाली शिक्षण, (चौ.स २०६१) नामक पुस्तक उल्लेख्य मानिन्छ । खासगरी प्रवीणता प्रमाणपत्र तह र उच्च माध्यामिक तहको पाठ्यक्रममा आधारित रहेर तयार पारिएको भएता पनि नेपाली भाषाको शिक्षण प्रशिक्षणका क्षेत्रमा निर्माण गरिने विभिन्न पाठ्यक्रमहरूका लागि अत्यन्तै उपयोगी हुने देखिन्छ । नेपाली भाषा शिक्षणसँग सम्बन्धित यस पुस्तकमा लेखाइ शिक्षण अन्तर्गत लेखाइ शिक्षणको आवश्यकता प्रारम्भिक तहमा लेखाइ शिक्षणको स्तर निर्धारण, लेखाइ शिक्षणका कार्यकलाप, निर्देशित स्वतन्त्र र सृजनात्मक लेखाइ, लेखाइको शुद्धिकरण र पुनरावृत्ति जस्ता शीर्षकहरू आबद्ध गरिलेखाइ शिक्षण सम्बन्धि चर्चा गरिएको छ । लेखाइ शिक्षणका कार्यकलाप अन्तर्गत दैनिक व्यवहारका कागजातको लेखन मानी उल्लेख गरिएको उपशीर्षकमा संस्थागत, कार्यालयीय, व्यापरिक क्षेत्रमा व्यक्ति वा संस्थालाई वैयक्तिक अनुभव परस्पर भागीदार बनाउने र साथै वैयक्तिक सम्बन्धको विकास गर्ने माध्यम नै चिठी हो भनि परिभाषित बनाउने र साथै वैयक्तिक सम्बन्धको विकास गर्ने माध्यम नै चिठी हो भनी परिभाषित गरिएको छ । निर्देशित, स्वतन्त्र र अभ्यासात्मक रूपमा चिठी लेखिने प्रसङ्गलाई संकेत गरिएको छ ।चिठी शिक्षणका कार्यकलापहरू उल्लेख गर्ने क्रममा सस्वर पठन प्रश्नोत्तर र चिठी लेखन जस्ता अभ्यासहरूको चर्चा गरिएको छ । चिठीलाई, सुनाइ, बोलाइ, पढाइ र लेखाइका साथै शब्दोच्चारण तथा अन्य भाषिक ज्ञानका लागि उपयोग गर्न सकिने भनी उल्लेख गरिएको छ । शिक्षणीय प्रयोजनका क्रममा तयार पारिएको भए पनि अनुसन्धान अध्ययनका लागि सामग्री संकलन तथा व्याख्या विश्लेषणका क्रममा यिनै कुराहरूलाई आधार मान्नुपर्ने हुन्छ । प्रस्तुत पुस्तकमा समाविष्ट सूचनाका आधारमा अनुसन्धान अध्ययनलाई अगाडि बढाउन सम्बन्धित अध्ययनलाई सहयोग मिल्दछ । प्रारम्भिक नेपाली शिक्षण नामक प्रस्तुत भाषिक सीपसँग सम्बन्धित अनुसन्धान अध्ययनका लागि उपयोगी सावित हुने कुरा निर्विवाद छ ।
लम्साल र अन्य, (२०६२) भाषा शिक्षणको सन्दर्भ, पुस्तक उपयोगी मान्न सकिन्छ । यस पुस्तकमा लिखित अभिव्यक्ति शिक्षणका कार्यकलापहरू अन्तर्गत वस्तु वा चित्रवर्णन, अनुभव, घटना एवम् यात्रा वर्णन, अनुलेखन, श्रुतिलेखन, प्रश्नोत्तर लेखन, अनुच्छेद लेखन, निवन्ध लेखन, बुँदाटिपोट, दैनिकी लेखन, चिठी लेखन, निवेदन लेखनका बारेमा चर्चा गरिएको पाइन्छ । प्रस्तुत पुस्तकले चिठी लेखनका बारेमा स्वतन्त्र र औपचारिक प्रकृतिको हुन्छ भन्ने देखाइएको छ । त्यस्तै मिति सम्बोधन ठेगाना र सम्बन्धहरूको प्रयोग चिठी लेखनमा हुनुपर्ने भन्दै चिठी लेखनका अगंहरूको मात्र वर्णन गरिएको पाइन्छ । यसरी प्रस्तुत पुस्तकले लिखित अभिव्यक्ति शिक्षणमा चिठी लेखनको चर्चा गर्दा चिठीका अंगहरू कुन पछि कुन ? लेख्ने भनी शिक्षार्थीहरूलाई सजिलै सँग बुझ्ने किसिमको प्रारूप झल्किने गरी उल्लेख गरेको पाइदैन । अथार्त चिठी लेखनको चित्रणका बारेमा प्रस्तुत पुस्तक मौन देखिन्छ, तर पनि अनुसन्धानका लागि यो पुस्तकको अध्ययन नगर्दा अनुसन्धान कार्य नै अधुरो हुन्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
निरौला, (२०६२) द्वारा कक्षा नौ पूरा गरेका विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन नामक शोधपत्र प्रस्तुत शोध अध्ययनसँग मिल्दोजुल्दो अनुसन्धान हो । उनले विद्यार्थीहरुमा निवन्ध लेखन क्षमताको विकास के कसरी गर्न सकिन्छ भन्ने कुरालाई उल्लेख गरेका छन् । कक्षा आठ पूरा गरेका विद्यार्थीहरुको चिठी लेखन क्षमता पहिचान विद्यार्थीहरुमा लेखाइ सीपको विकास गर्नु, सरकारी र निजी विद्यालयका विद्यार्थीहरुको विच निबन्ध लेखन क्षमताको तुलनात्मक अध्ययन गर्नु र उनीहरुका कमी कमजोरीहरु पहिल्याई निराकरणका उपाय समेत पहिल्याउने उद्देश्यले यो शोधपत्र तयार गरिएको छ ।
ओली, (२०६३) द्वारा रुकुम जिल्लाका कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययन शीर्षकमा शोधपत्र तयार गर्नु भएको छ । त्यस शोधपत्रमा कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमताको अवस्था पत्ता लगाउनु, विभिन्न सामुदायिक विद्यालय बिच चिठी लेखन क्षमताको तुलनात्मक अवस्था पत्ता लगाउनु, विद्यार्थीहरुमा भएका चिठी लेखन सम्बन्धी समस्याहरु पत्ता लगाउनु, छात्र र छात्राको चिठी लेखन क्षमताको तुलनात्मक अवस्था पत्ता लगाउनु, जस्ता उद्देश्यहरु रहेका छन् । यस कार्यमा रुकुम जिल्लाका ३ वटा सामुदायिक विद्यालयलाई नमूनाका रुपमा छनोट गरिएको छ विद्यालयमा सबै विद्यार्थीहरुको चिठी लेखन क्षमता सुधार गर्नका लागि शिक्षण विधि प्रक्रियालाई सुधार गर्दै लैजानुपर्ने निश्कर्ष उक्त शोध अध्ययनमा जनाइएको छ ।
खतिवडा, (२०६४) द्वारा कक्षा सात पूरा गरेका विद्यार्थीहरुको चिठी तथा निवेदन लेखन क्षमता अध्ययन शीर्षकको शोधपत्र तयार गरिएको छ । उक्त शोध कार्यमा उदयपुर जिलाका कक्षा सात पूरा गरेका विद्यार्थीहरुको चिठी तथा निवेदन लेखन क्षमताको अध्ययन अनुसन्धान गरिएको छ । उक्त अध्ययनमा विद्यार्थीको लैङ्गिक आधारमा निवेदन तथा चिठी लेखन क्षमताको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ । त्यस्तै गरी संस्थागत तथा सरकारी विद्यालयका विद्यार्थीहरुको चिठी तथा निबन्ध लेखन क्षमताको अध्ययन पनि उक्त शोध कार्यमा गरिएको छ । उक्त शोध अध्ययन कार्यमा उदयपुर जिल्लाका ५/५ वटा संस्थागत र सरकारी विद्यालयबाट १०/१० जना विद्यार्थी गरी जम्मा १०० जना विद्यार्थीहरुको निवेदन तथा चिठी लेखन क्षमताको अध्ययन प्रस्तुत गरिएको छ । उक्त अध्ययन कार्यले ६७ प्रतिशत विद्यार्थीहरुको चिठी तथा निवेदन लेखन क्षमता ५० प्रतिशत भन्दा बढी रहेको देखाएको छ । त्यस्तै सरकारी विद्यालय भन्दा संस्थागत विद्यालयका विद्यार्थीहरुको चिठी लेखन क्षमता उच्च रहेको देखाइएको छ । लैङ्गिक आधारमा भने छात्राहरुको चिठी लेखन क्षमता छात्रहरुको तुलनामा सन्तोषजनक रहेको देखाएको छ ।
अधिकारी (२०६५) द्वारा कक्षा छमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययन शीर्षकको शोधपत्र तयार गरिएको छ । उक्त शोधकार्यमा चिठीको परिभाषा लेखाइ तरिका आदिको बारेमा विस्तृत अध्ययन गरिएको छ । यस शोध कार्यमा सरकारी र संस्थागत विद्यालयका विद्यार्थीहरुको चिठी लेखन क्षमताको तुलनात्मक अध्ययन तथा विश्लेषण गरिएको छ । उपत्यका भित्र र बाहिर ४/४ वटा विद्यालयहरुबाट १५/१५ जना गरी जम्मा ६२ जना विद्यार्थीहरुले चिठी लेखन क्षमताको अध्ययन गरी शोधपत्र तयार गरिएको छ । उक्त शोधकार्यमा ५० प्रतिशत भन्दा बढी चिठी लेखन क्षमतामा कमजोर विद्यार्थीहरुलाई देखाएको क्षेत्रिय अध्ययनका आधारमा तथ्याइ संकलन गरिएको उक्त शोधपत्रको अध्ययन क्षेत्र फराकिलो छ ।
थापा, (२०६६) कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको चिठी लेखन क्षमताको अध्ययन, नामक शोध अध्ययन पनि उपयोगी मानिन्छ । समग्रमा यस अध्ययनको मूल्याङ्कन गर्दा सिन्धुली जिल्ला कक्षा नौ मा अध्ययनरत विद्यार्थीहरूको चिठी लेखन क्षमता कमजोर देखिन्छ । यस अध्ययनलाई केलाएर हेर्दा सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयका छात्र छात्राको चिठी लेखन क्षमता सन्तोषजनक छ । यस शोध अध्ययनमा विमातृभाषिको भन्दा मातृभाषी विद्यार्थीको चिठी लेखन क्षमता उच्च देखिन्छ । सामुदायिक विद्यालयमा अध्ययरत छात्रहरूभन्दा छात्राहरू कमजोर रहेको पाइएको छ । संस्थागत विद्यालयमा भने छात्र छात्राको चिठी लेखन क्षमता समान पाइएको छ । त्यसैले प्रस्तुत अध्ययनले चिठी लेखन क्षमताको बारेमा महत्वपूर्ण भूमिका खेलेको छ ।
नेपाल, (२०६७) द्वारा कक्षा छ पूरा गरेका विद्यार्थीहरुको निवेदन लेखन क्षमताको अध्ययन शीर्षकको स्नातकोत्तर तह शोधग्रन्थमा विद्यार्थीहरुको निवेदन लेखन क्षमताको पहिचान गर्नु, सरकारी र निजी विद्यालयका विभिन्न विद्यार्थीहरुका निवेदन लेखन क्षमताको तुलनात्मक अवस्था पहिल्याउनु, भाषिक पृष्ठभूमिका आधारमा नेपाली मातृभाषी र नेपालीविद्यार्थीहरुमा लेखाइ सीपको विकास गर्नु, सरकारी र निजी विद्यालयका विद्यार्थीहरुको विच निबन्ध लेखन क्षमताको तुलनात्मक अध्ययन गर्नु र उनीहरुका कमी कमजोरीहरु पहिल्याई निराकरणका उपाय समेत पहिल्याउने उद्देश्यले यो शोधपत्र तयार गरिएको छ ।
कँडेल, (२०६८) द्वारा बर्दिया जिल्लाका कक्षा आठमा अध्ययनरत थारु भाषी विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययन शीर्षकमा शोधपत्र तयार पारिएको छ । उक्त शोधपत्र बर्दिया जिल्लाका कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुको तुलनात्मक अध्ययन गरिएको छ । थारु भाषी विद्यार्थीको विद्यालयगत र लैङगिक आधारमा तुलनात्मक अध्ययन गरिएको छ । उक्त अध्ययनले निकालेको निश्कर्षलाई मान्दा ९५.८३ प्रतिशत विद्यार्थीहरुले ५१ प्रतिशत भन्दा माथि प्राप्ताङ्क प्राप्त गर्न सफल भएकोले उनीहरुको चिठी लेखन क्षमता समग्रमा उच्च रहेको बताइएको छ । यसै गरी सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरु बिच अध्ययनबाट संस्थागत विद्यालयका विद्यार्थीहरुले केही बढी राम्रो गर्न सकेको अध्ययनले बताउँछ ।
घर्ती, (२०६९) रुकुम जिलाका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययन शीर्षकमा शोधपत्र तयार गर्नु भएको छ । त्यस शोधपत्रमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमता पहिचान गर्नु, विभिन्न सामुदायिक विद्यालयको चिठी लेखन क्षमता बीच तुलनात्मक स्थिती पहिल्याउनु, लैङगिक आधारमा छात्र तथा छात्राहरुको चिठी लेखन क्षमताको तुलनात्मक स्थिती पहिल्याउनु, ती विद्यार्थीहरुका चिठी लेखन सम्बन्धि के कस्ता कमी कमजोरीहरु छन पहिचान गर्नु, एवम सुधारात्मक सुझावहरु दिनु, जस्ता उद्देश्यहरु रहेका छन् । यसमा रुकुम जिल्लाका तीन ओटा सामुदायिक विद्यालयहरुलाई नमूनाका रुपमा लिइएको निश्कर्षका रुपमा छात्रछात्रा विद्यार्थीहरुको चिठी लेखन क्षमता राम्रो रहेको पाइएको छ । विद्यालयमा सबै विद्यार्थीहरुको क्षमता सुधार्नको लागिशिक्षण विधि र प्रक्रियालाई नै सुधार्ने तरिकाले लैजानु पर्ने निष्कर्ष उक्त अध्ययनले वताएको छ ।
माथि उल्लेख गरिएका पूर्व शोधपत्र लेखन कर्ताहरुको अध्ययनलाई समीक्षा तथा समालोचना गर्दा विद्यालय तहमा चिठी लेखन क्षमता अध्ययनको सन्दर्भमा केलाउदा चिठी लेखन कार्यमा विद्यार्थीहरु करीव ५५ प्रतिशत भन्दा माथि चढ्न नसक्नुले चिठी लेखन क्षमताको वृद्धि गर्न प्रभावकारी शिक्षण प्रक्रिया, विधि र प्रविधिको प्रयोग गरी शिक्षण गर्न सकेमा चिठी लेखन क्षमताको विकासमा टेवा पुग्ने भएकोले पूर्वकार्यको समीक्षा तथा समालोचना गरिनेछ ।
२.२. अवधारणात्मक खाका
कुनै पनि अध्ययन अनुसन्धान निश्चित अवधारणामा आधारित हुने भएकोले प्रस्तुत शोधप्रस्ताव लेखन निम्न खाकामा केन्द्रित रहनेछ:
अध्याय – ३
अध्ययन विधि र प्रक्रिया
३.१. अध्ययनको ढाँचा
अनुसान्धान औपचारिक तथा व्यवस्थित खोजी कार्य भएकोले अनुसन्धान गर्न लायक विषयसँग सम्वन्धित खास विधिहरुको उपयोग हुन्छ जसले कुनै सिद्धान्तको खोजी गर्ने प्रयास गरिएको हुन्छ । यस अनुसन्धानात्मक कार्य गर्न क्षेत्रीय अध्ययन विधि प्रयोग गरी तथ्याङ्क संकलण गरिनेछ । सम्वन्धित क्षेत्रमा नमुना छनोट गरिएका विद्यालयमा गएर चिठी लेखन क्षमताको विस्तृत अध्ययन गरिनेछ । पाठ्यक्रम अनुसार अंक विभाजन गरी उक्त ढाँचामा नै शोध गरिनेछ ।
३.२. जनसंख्या र नमुना छनोट
कुनैपनि निश्चित ठाउँमा बसोवास गर्ने मानिस तथा जनहरुको संख्यालाई जनसंख्या भनिन्छ । यस शोध लेखन कार्यलाई जनसंख्या तथा नमुना छनोटको निमित्त रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका अन्तर्गतका ३ वटा विद्यालयका कक्षा आठका अध्ययनरत विद्यार्थीहरुलाई जनसंख्याको रुपमा छनोट गरिने छ । अध्ययनको प्रयोजन समय लगानी जस्ता विविध कारणले सम्पूर्ण जनसंख्याको अध्ययन अनुसन्धान गर्न कठिन हुने भएकोले अध्ययनको सिमाङ्कन क्षेत्र पुथाउत्तरगंगा गाउँपालिका सामुदायिक विद्यालय कक्षा आठका प्रत्येक विद्यालयबाट २०/२० जनाका दरले जम्मा ६० जना विद्यार्थीहरुलाई जनसंख्याको रुपमा नमुना छनोट गरी यस शोधप्रस्ताव तयार पारिने छ ।
३.३. तथ्याङ्कको प्रकृति र स्रोत
प्रस्तुत श्रोत अध्ययन तयार गर्न विविध साधन र विधिहरुको उपयोग गरिने छ । विभिन्न स्रोत तथा साधनहरुबाट विभिन्न सूचनाहरु संकलन गरी यो शोधप्रस्ताव तयार पारिने छ । यस शोधप्रस्ताव अध्ययनमा आधारभूत तह कक्षा आठमा अध्ययनरत पुथाउत्तरगंगा गाउँपालिका अन्तर्गत ३ ओटा सामुदायिक विद्यालयका ६० जना विद्यार्थीहरुको चिठी लेखनबाट सामग्री संकलन गरिनेछ । समाग्री संकलणका स्रोतहरुलाई प्राथमिक र द्धितिय स्रोत गरि २ भागमा प्रस्तुत गरिनेछ । जसलाई तल उल्लेख गरिएको छ ।
(क) प्राथमिक स्रोत
स्रोत अध्ययनमा प्रमुख भूमिकामा रहेर सहयोग गर्ने स्रोत तथा साधनलाई प्राथमिक स्रोतका रुपमा लिईने छ । यसलाई स्रोत अध्ययनको प्रमुख स्रोतपनि भनिन्छ । प्रस्तुत शोधप्रस्ताव अध्ययनमा पुथा उत्तरगंगा गाउँपालिकामा संचालित आधारभूत तहको कक्षा आठमा अध्ययनरत ३० जना छात्र र ३० जना छात्रालाई प्राथमिक स्रोत मानी अध्ययन गरिनेछ । ती विद्यार्थीहरुको चिठी लेखन क्षमतालाई प्राथमिक स्रोत मानी शोधप्रस्ताव तयार पारिनेछ ।
(ख) द्धितीय स्रोत
मुख्य स्रोत बाहेकका अन्य सहयोगी स्रोतहरुलाई द्धितीय स्रोतको रुपमा लिईनेछ । शोध लेखन कार्यमा द्धितीय स्रोतको पनि महत्वपूर्ण भूमिका हुन्छ । यस शोधप्रस्ताव अध्ययनमा प्राथमिक स्रोतबाट प्राप्त तथ्याङ्कलाई विश्लेषण गरी निष्कर्षमा पुग्न द्धितीय स्रोत सामग्रीको उपयोग गरिने छ । द्धितीय स्रोतका रुपमा चिठी लेखन कार्य सँग सम्वन्धित पुस्तक,पूर्व शोधार्थीहरुको शोध लेखनअध्ययन प्रतिवेदन, विषय विज्ञका सुझावहरुलाई उपयोग गरिनेछ ।
३.४. सामग्री निर्माण र मानकिकरण
प्रस्तावित शोधप्रस्ताव लेखनलाई उद्देश्यपूर्ण बनाउन विद्यार्थीहरुको स्तर सुहाउँदो चिठीको शीर्षक दिएर उत्तर पुस्तिका संकलन गरिनेछ । नमूना प्रश्नका रुपमा “लागू पदार्थ दुव्र्यसनमा फस्न लागेका आफ्ना मित्रलाई अमुल्य जीवनको दुरुपयोग नगर्न सल्लाह दिदै एउटा चिठी लेख्नुहोस ।”भन्ने सवालको चिठी लेखन सामग्री तयार गरिने छ । प्रश्नको अङ्कभार अङ्कदशलाई पूर्णाङ्क मानी मूल्याङ्कन गरिनेछ । चिठीको निम्न अङ्गहरुको आधारमा अङ्क विभाजन गरिनेछ:
क) मिति, संबोधन, शिष्टाचार – २
ख) विषयवस्तु – ४
ग) निष्कर्ष, खामको नमूना –२
घ) भाषिक शुद्धता – २
संकलन गरिएका साधनहरुलाई विश्वसनीय र वैध गर्नका लागि छनोट गरिएका तीन वटा विद्यालयका एक–एक जना छात्र र एक–एक जना छात्रा गरी जम्मा छ जना विद्यार्थीहरुको उत्तरपुस्तिका नमूनाको रुपमा प्रविष्टिमा राखिने छ ।
३.५. तथ्याङ्क सङ्कलन
शोध लेखन अध्ययन कार्यमा तथ्याङ्कहरुलाई बटुल्ने तथा संकलन गर्ने विधिलाई तथ्याङ्क संकलन भनिन्छ । यस शोध लेखन कार्यमा नमुना जनसंख्याको रुपमा छनोट गरिएका विद्यार्थीहरुबाट जाँच गरिएका सङ्कलित चिठी लेखन उत्तरपुस्तिकाको सिरानीमा प्राप्ताङ्क अङ्कित गरिनेछ । उत्तरपुस्तिकाको परीक्षण गरी वस्तुगत रुपमा अङ्कन गरिनेछ ।
३.६. तथ्याङ्कको व्याख्या र विश्लेषण
शोध लेखन अध्ययन कार्य गर्नको निमित्त तयार पारिएका तथ्याङ्कहरुको अध्ययन अनुसन्धान गर्ने कार्यनै विश्लेषण हो ।यस शोध लेखन शोधार्थीद्वारा रुकुम पूर्व जिल्ला पुथाउत्तरगंगा गाउँपालिका भित्रका नमुना छनोटमा परेका जम्मा ६० जना विद्यार्थीहरुबाट अध्ययनका लागि तथ्याङ्क संकलन गरिनेछ । उक्त तथ्याङ्कलाई साङ्खिकीय रुपमा विश्लेषण गरिनेछ । व्याख्या तथा विश्लेषणलाई पूर्णरुपमा वस्तुगत बनाउनका लागि प्रतिशत गणनालाई लिइनेछ । चिठी लेखन क्षमताको प्रतिशत गणना गर्दा समग्र विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययन, लैङ्गिकताका आधारमा विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययन र विद्यालयगत आधारमा चिठी लेखन क्षमताको अध्ययन तथा व्याख्या र विश्लेषण गरिनेछ ।
३.७. अनुसन्धान प्रतिवेदनको ढाँचा
प्रस्तुतशोध लेखनको ढाँचालाई निम्न लिखित तीन भागमा विभाजन गरिनेछ:
१. पूर्वभागः
यस खण्डमा आवरण पृष्ठ प्रतिवद्धता पत्र, मूल्याङ्कन सिफारिस, स्वीकृती पत्र, कृतज्ञता ज्ञापनशोधसार, विषयसूची, तालिकासूची जस्ता पक्षलाई समावेश गरिनेछ ।
२. मध्यभाग:
यस भागमा शोधपत्र लेखनको परिचय, अध्ययनको पृष्ठभूमी, समस्याको कथन, अध्ययनको उद्देश्यहरु, अध्ययनको औचित्य, अध्ययनको परिसीमा, पूर्व कार्यको समीक्षा, तथ्याङ्क सङ्कलन विधि, शोधको रुपरेखा, सैद्धान्तिक अवधारणा, अवधारणात्मक खाका, अध्ययन विधि, प्राथमिक र सहायक स्रोत सामग्री, जनसङ्ख्या तथा नमूना छनोट, विष्लेषण विधि, शोधपत्र प्रतिवेदनको अङ्ग, तथ्याङ्कको विश्लेषण र व्याख्या, निष्कर्ष र सुझावहरु अध्याय १ देखि ५ सम्मका सम्पूर्ण अङ्गहरुलाई यस खण्डमा समावेश गरिनेछ ।
३. पश्चभाग:
यस खण्डमा अनुसन्धान कार्यलाई विश्वसनीय र प्रमाणित गर्ने विषयवस्तुहरु सन्र्दभसूची, परिशिष्ट, व्यक्तिवृत्त जस्ता सामग्रीहरु समावेश गरिनेछ ।
सन्दर्भ सामग्रीसूची
-अधिकारी, हेमाङ्गराज (२०५०), नेपाली भाषा शिक्षण, दोस्रो संस्करण, काठमाण्डौंः विद्यार्थी पुस्तक भण्डार ।
-सुवेदी, नरवीर (२०६०), नेपाली भाषा शिक्षण, काठमाण्डौः क्षितिज प्रकाशन ।
अधिकारी, हेमाङ्गराज (२०६१), प्रारम्भिक नेपाली भाषा शिक्षण, दोस्रो संस्करण, काठमाण्डौंः विद्यार्थी पुस्तक भण्डार ।
-लम्साल, गोविन्द र अन्य (२०६२), भाष शिक्षणको सन्दर्भ, काठमाण्डौंः एम.के. पब्लिक एण्ड डिष्टिव्युटर्स ।
-निरौला, दीपकबाबु (२०६२) कक्षा नौ पूरा गरेका विद्यार्थीहरुको निबन्ध लेखन क्षमताको अध्ययन, स्नातकोत्तर शोधपत्र, ने.भा.शि.वि.त्रि.वि. किर्तिपुर ।
-ओली, विजयकुमार (२०६३), रुकुम जिल्ला कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययन स्नातकोत्तर शोधपत्र मुसीकोट खलंगा, बहुमुखी क्याम्पस, रुकुम (पश्चिम)
-खतिवडा, काशिराम (२०६४), कक्षा सात पूरा गरेका विद्यार्थीहरुको चिठी तथा निबन्ध लेखन क्षमताको अध्ययन स्नातकोत्तर शोधपत्र त्रि.वि. काठमाण्डौ ।
-अधिकारी, उर्मिला (२०६५) कक्षा छमा अध्ययन विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययनस्नातकोत्तर शोधपत्र त्रि.वि. काठमाण्डौ ।
-थापा, सरिता (२०६६), कक्षा नौमा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययन ।
-नेपाल, इन्द्रप्रसाद (२०६७), कक्षा छ पूरा गरेका विद्यार्थीहरुको चिठी लेखन क्षमताको अधययन शोधपत्र त्रि.वि. काठमाण्डौं ।
-कँडेल, झलकनाथ (२०६८),बर्दिया जिल्लाका कक्षा ८ मा अध्ययनरत थारु भाषी विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययन शोधपत्र त्रि.वि. काठमाण्डौ ।
-घर्ती, शशिराम (२०६९),रुकुम जिल्लाका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको चिठी लेखन क्षमताको अध्ययन शोधपत्र त्रि.वि. काठमाडौ ।
नमुना चार
रुकुम पश्चिम मुसिकोट नगरपालिकाका पसलमा राखिएका साइनबोर्डको भाषिक त्रुटि
............................
म.प.वि. दर्ता नं.: ....................................
परीक्षा क्रमाङ्क : ................................
स्नातकोत्तर तह (एम.एड) चौथो सेमेस्टर अन्तर्गत –नेपा.शि.५४३) पाठ्यांशको प्रयोजनको लागि नेपाली शिक्षा विभागमा प्रस्तुत
शोधप्रस्ताव
२०८०/२०२३
शिक्षाशास्त्र सङ्काय नेपाली शिक्षा विभाग
मुसिकोट खलङ्गा बहुमुखी क्याम्पस
रुकुम (पश्चिम)
अध्याय एक: शोध परिचय
विषयसूची
क्र.सं. विषयवस्तु पेज नम्बर
१.१ अध्ययनको पृष्ठभूमि १–२
१.२ समस्या कथन २
१.३ अध्ययनको उद्देश्य २
१.४ अध्ययनको महत्व ३
१.५ अध्ययनको परिसीमा ४
१.६ अध्ययनको रुपरेखा ४
अध्याय दुई: पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
२.१ पूर्वकार्यको समीक्षा र उपादेयता ५–७
२.३ अवधारणात्मक खाका ८
अध्याय तीन: अध्ययन विधि र प्रक्रिया
३.१ अध्ययन ढाँचा ९
३.२ जनसङ्ख्या र नमूना छनोट ९
३.४ सामग्री निर्माण र मानकीकरण ९
३.५ तथ्याङ्क सङ्कलन विधि ९
३.६ तथ्याङ्कको व्याख्या तथा विशेषण १०
३.७ अध्ययन प्रतिवेदनको खाका १०
सन्दर्भ सूची
व्यक्तिवृत्त
अध्याय:एक
शोध परिचय
१.१ अध्ययनको पृष्ठभूमी
कुनै पनि मानिसले आफ्नो मनका भाव लेखेर वा बोलेर अरुलाई बुझाउने बस्तुलाई भाषा भनिन्छ । भाषा विचार विनिमयको आदानप्रदान गर्ने एउटा सशक्त माध्यम हो । विचार विनिमयको शसक्त माध्यम भाषाका कथ्य र लेख्य गरी दुई रुप हुन्छन् । कथ्य रुप भाषाको आधिकारिक रुप हो भने लेख्य रुप कथ्य रुपको प्रतिबिम्बहो । वक्ता र स्रोताको उपस्थितिमा विचार विनिमयका लागि कथ्य रुपको प्रयोग हुन्छ भने टाढासम्म विचार प्रवाह गर्न लेख्य रुपको प्रयोग गरिन्छ । लेख्य रुपमा विचार विनिमयको लागि चिठी, सुचना पत्र–पत्रिकाका साथै विभिन्न नागरिक बडापत्र र साइनबोर्डले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । लेख्य रुपमा प्रयोग गरिने भाषा शुद्ध र स्पष्ट तथा त्रुटिरहित हुन अति आवश्यक हुन्छ । वर्तमान अवस्थामा सुचना प्रवाहित गर्ने घटना तथा विचार सम्प्रेषनका साथै नवीन तथ्यको जानकारी आम नागरिकको पहुँचसम्म पु¥याउने महत्त्व पूर्ण लेख्य माध्यम पत्र–पत्रिका नै हुन् । हरेक साइनबोर्डहरुमा प्रयोग गरिने भाषा सरल सहज र बोधगम्य हुन आवश्यक हुन्छ । भाषा सरल, सहज र बोधगम्य हुनका लागि त्रुटिरहित भाषाको प्रयोग गरिनुपर्दछ । त्रुटिरहित भाषावाट सहज रुपमा बिचार विनिमय हुनका साथै भाषाको मानकीकरणमा सहयोग पुग्दछ ।
सर्वसाधारणहरुलाई विभिन्न पसलहरुमा सेवा प्रदान गर्न वा जनसम्पर्क कायम गर्न सूचना स्वरुप आफ्नो पहिचानका लागि साइनबोर्ड राखेको पाइन्छ । साइनबोर्ड मार्फत आम नागरिक तथा सेवा ग्राहिहरुलाई प्रदान गरिने वस्तु र सेवाको सम्बन्धमा जानकारी गराउने उद्देश्य प्रस्ट रुपमा उल्लेख गरिएको हुन्छ । यसरी सर्वसाधारणसबैले देख्ने, बुझने र पढ्न सक्ने गरी पसलको मुलद्धार वा उपयुक्त स्थानमा राखिएको सूचना पाटीलाई नै साइनबोर्ड भनिन्छ । सेवाग्राही तथा उपभोक्ता कामको सिलसिलामा सरकारी कार्यालय तथा पसलहरुमा आउदा अलमलमा नपरुन, कुन काम, कुन सामान कुन पसलमा पाइन्छ सो सम्बन्धमा सजिलो होस् भन्ने उद्देश्यले साइनबोर्डको व्यवस्था गरिएको हुन्छ । सेवा प्रदान गर्ने जिम्मेवार अधिकारी र सम्बन्धित् पसलहरुका मालिक प्रोपराईटरहरुले प्रदान गरिने वस्तु तथा सेवाको वारेमा सम्पूर्ण कुराहरु उल्लेख गरी साइनबोर्डमा टाँसिएको हुन्छ भने कहीँ कतै भित्तामा लेखिएको हुन्छ । यसलाई हाल आएर सुशासन (व्यवस्थापन सञ्चालन) ऐन २०६४ को दफा २५ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली २०६५ को नियम १४ मा र ‘सेवा अभियान सञ्चालन निर्देशिका २०६५’ मा साइनबोर्ड सम्बन्धित् व्यवस्था गरी यसलाई व्यवस्थित गरिएको छ ।
भाषा एक जटिल व्यवस्था भएकाले यसको परिभाषा सजिलै गर्न कठिन हुन्छ । विभिन्न व्यक्तिका दृष्टिका भाषा भिन्न–भिन्न रुपमा परिभाषित् भएको छ । मानवशास्त्रीहरुका विचारमा भाषा मानव संस्कृतिको विशिष्ट रुपमा, साहित्यशास्त्रीका विचारमा यो कलात्मक माध्यम, भाषा दर्शनशास्त्रीका विचारमा विचार व्यक्त गर्ने माध्यम र मनोबैज्ञानिकका विचारमा मनोबिम्बको मूर्त रुप हो , त्यसैले भाषाको विगत परिभाषा गर्न सैद्धान्तिक दृष्टिकोणलाई नहेरी भाषाको संरचना, प्रयोक्ता, भाषाका कार्यहरु र वस्तुको धारणा तथा वाक् प्रतिकहरुकाे सम्बन्धलाई हेर्नुपदर्छ । कुनै पनि भाषाको विगत र वर्तमानको रुपलाई हेर्ने हो भने भाषाका ध्वनि, वर्ण, रुप वाक्य आदिको तहमा थुप्रै परिवर्तन भइरहेको हुन्छ । भाषा सजिव हुनका लागि परिवर्तनशील हुनुपर्दछ । यसरी परिवर्तन हुने क्रममा भाषा जहिले पनि सरलतातिर उन्मुख हुनु आवश्यक छ ।
भाषा शिक्षण र सिकाइका क्रममा देखापर्ने विभिन्न गल्ती र त्रुटिहरुको अध्ययन गर्ने प्रक्रिया नै त्रुटि विश्लेषण हो । मुलतः दोस्रो वा अन्य भाषा शिक्षणका सन्दर्भमा विकसित दृष्टिकोण तथा पद्धतिका रुपमा त्रुटि विश्लेषण रहेको छ । त्रुटि विश्लेषण भाषा सिकाइका क्रममा हुने विभिन्न त्रुटिहरु पहिल्याई तीनको निराकरण गरी भाषाको शिष्ट वा मानव रुपको प्रयोगमा आवश्यक पद्धतिको रुपमा विकसित भइसकेको छ । यसले भाषा शिक्षण गर्दा सिकाइमा रहेका कठिनाइ र त्रुटि क्षेत्र पहिल्याई भाषा शिक्षणको स्वाभाविक प्रक्रियाको पहिचानमा महत्त्वपूर्ण पक्षका रुपमा लिने गर्दछ ।
कुनै पनि भाषा सिक्दा स्वभाविक रुपमा त्रुटि हुन्छ । पहिलो भाषा सिक्दा जति सहज वातावरण्को प्रयोग हुन्छ, दोस्रो भाषा सिकाइमा त्यस्तो सहजता प्राप्त हुन सक्दैन । पहिलो भाषा सिकाइमा लाग्ने जति समय दोस्रो भाषा सिक्दा उपलब्ध हुन नसक्ने हुनाले पनि भाषा सिकाइमा त्रुटि हुनेगर्दछ, तसर्थ पहिलो भाषा सिक्दा बालकले जसरी त्रुटि गर्दै जान्छ त्यसरी नै त्रुटि भएका ठाँउमा औँल्याइ दिएपछि त्रुटिको परिक्षण गरी भाषामा निपूर्णता हाँसिल गर्दछ । यसप्रकारको त्रुटि सिकाइको कमजोरी नठानी उसको भाषा सिकाइ प्रक्रियाको सङ्केतका रुपमा स्वीकार गर्न सकिन्छ ।
यसै सन्दर्भमा विभिन्न सरोकारवाला निकाय तथा पसलहरुले आफ्ना सेवाग्राही उपभोक्तका लागि दिने सेवा तथा सुविधाका बारेमा लेखिएका साइनबोर्डलाई एउटा परिचय पाटीका रुपमा लिन सकिन्छ । यस्ता साइनबोर्डहरु व्यक्तिगत तथा निजी रुपमा तयार पारिने भएतापनि त्यसको भाषिक प्रयोगमा प्रशस्त त्रुटि गर्ने गरिएको पाईन्छ, यसर्थ संस्कृतिको संवाहक नेपाली भाषाको अतुलनिय महत्त्वलाई मनन गर्दै यसै भाषामा सम्बद्ध रहेर मुसिकोट नगरपालिकाका पसलहरुमा राखिएका साइनबोर्डको भाषिक त्रुटिमा प्रयुक्त वर्ण विन्यासगत त्रुटिको अध्ययन गरिनेछ ।
१.२.समस्या कथन:
प्रस्तुत अध्ययन निम्नानुसारका समस्यामा केन्द्रित रहनेछ:
(क) पसलमा राखिएका साइनबोर्डमा के–कस्ता वर्णविन्यासगत त्रुटिहरु रहेका छन ?
(ख) ती वर्णविन्यासगत त्रुटिहरुको कसरी वर्गीकरण गर्न सकिन्छ ?
(ग) ती वर्णविन्यासगत त्रुटिहरुको कसरी निराकरण गर्न सकिन्छ ?
१.३. अध्ययनको उद्देश्य:
प्रस्तुत शोध अध्ययन निम्नानुसार उद्देश्यमा केन्द्रित रहनेछ:
(क) पसलमा राखिएका साइनबोर्ड रहेका वर्ण विन्यासगत त्रुटिहरु पहिचान गर्नु ।
(ख) पसलमा राखिएका साइनबोर्डमा रहेका वर्णविन्यासगत त्रुटिहरुको वर्गीकरण गर्नु ।
(ग) पसलमा राखिएका साइनबोर्डमा रहेका वर्णविन्यासगत त्रुटिहरुको निराकरणका उपाय अवलम्बन गर्नु ।
१.४. अध्ययनको औचित्य र महत्व:
प्रस्तुत शोध अध्ययनको औचित्यलाई निम्न बुँदामा प्रस्तुत गरिनेछ:
नेपाली भाषाको अध्ययन अध्यापनमा संलग्न शिक्षक, विद्यार्थी, पाठ्यसामग्री लेखक तथा आम उपभोक्ता र नागरिक आदिलाई महत्वपूर्ण सामग्रीको रुपमा लिइनेछ, साइनबोर्ड निर्माणकर्तालाई शुद्ध तरिकाले साइनबोर्ड निर्माण गर्नको लागि सहयोग पुग्नेछ, पसल बाहेकका अन्य साइनबोर्डहरु निर्माणकर्तालाई सहयोग पुग्नेछ, भाषिक त्रुटि विश्लेषणसँग सम्बन्धित अध्ययन गर्ने शोधार्थीलाई सन्दर्भ सामग्रीमा पनि सहयोग पुग्नेछ, यस अध्ययनले सम्बन्धित क्षेत्रका उपभोक्ता तथा सेवाग्राहीलाई सहज तवरबाट सेवा सुविधा प्राप्त गर्न सजिलो हुनेछ ।
१.५. अध्ययनको परिसीमा
प्रस्तुत शोधप्रस्तावनालाई निम्नानुसार राखिएकाे छ:
यो अध्ययन खलङ्गा बजारका पसलमा राखिएका साइनबोर्डमा प्रयुक्त भाषिक त्रुटिको अध्ययनमा सिमित रहने छ, मुसिकोट नगरपालिकाका २० वटा पसलहरु (दाजु भाई फिड एण्ड दाना सप्लायर्स, बाँठा मोबाइल सर्भिस सेन्टर, जयवीर डेन्टल क्लिनिक, अनिल मोबाइल मर्मत सेन्टर, दुली सुन चाँदी पसल, माधव हेयर सैलुन एण्ड ब्युटी पार्लर, प्रकाश वस्त्रालय, जि.के. जनरल स्टोर्स, अशोका खाजा घर, सुशीला किराना पसल, नवीन किराना एण्ड गल्ला पसल, चन्द्र मोबाइल मर्मत सेन्टर तथा बिक्री केन्द्र, लक्ष्मी सिलाई मेसिन पसल, के.सी. मासु पसल, दीपक मोबाइल सेन्टर, स्याङ्जाली ब्युटि पार्लर एण्ड टे«निङ् सेन्टर, प्रतिक्षा इन्टरप्राईजेज, पवित्रा फेन्सी स्टोर, दिपिका कस्मेटिक पसल, बोहोरा हेयर कटिङ शैलुन सेन्टर) मा सीमित रहेको छ, मुसिकोट नगरपालिकाका २० वटा पसलहरुमा राखिएका साइनबोर्डमा बाहेक अन्य बोर्डमा प्रयुक्त भाषिक त्रुटिको अध्ययन गरिनेछैन, प्रस्तुत अध्ययन साइनबोर्डमा प्रयुक्त भाषामा भाषिक त्रुटिको अध्ययन अन्तर्गत वर्णविन्यासगत त्रुटिमा मात्र सिमित रहनेछ ।
१.६. अध्ययनको रुपरेखा
प्रस्तुत शोधप्रस्ताव पाँच अध्यायमा विभाजन गरिनेछ:
अध्याय एक: शोध परिचय
अध्याय दुई: पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
अध्याय तीन: अनुसन्धान विधि र प्रक्रिया
अध्याय चार: तथ्याङ्कको व्याख्या तथा विश्लेषण
अध्याय पाँच: निष्कर्ष र सुझाव
अध्याय: दुई
पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा
२.१ पूर्वकार्यको समीक्षा र उपादेयता
यस अध्ययनको लागि अनुसन्धान शीर्षकसँग सम्बन्धित विभिन्न प्रकाशित अप्रकाशित पाठ्पुस्तक, पत्रपत्रिका, अभिलेखहरुको पुनरावलोकन गरिनेछ । यस शोधलाई सहयोग पुग्ने विभिन्न शाेधार्थीहरुकाे शोधपत्र, पाठ्यपुस्तक, सन्दर्भपुस्तकहरुलाई निम्नानुसार प्रस्तुत गरिने छ:
पन्त, (२०६४) द्वारा सार्वजनिक स्थलहरूमा रहेका शिलालेखमा पाइने भाषाको अध्ययन शीर्षक शोध पत्रमा शिलालेखमा प्रयोग भएको भाषा कस्तो रहेको छ? भनी अध्ययन गरिएको छ । सार्वजनिक स्थलहरूमा रहेका शिलालेखमा पाइने भाषाको संरचना, शैली र विषयवस्तुको अध्ययन गर्ने, शिलालेखमा प्रयुक्त भाषालाई वाक्य विन्यासको आधारमा अध्ययन गर्ने र उक्त शिलालेखको भाषालाई वर्णविन्यासको आधारमा पहिचान गर्ने उद्देश्य राखिएको छ । उक्त शोध कार्यमा काठमाडौँं जिल्लाका सार्वजनिक स्थलहरूमा भेटिएका २५ ओटा शिलालेखलाई नमुना छनोट गरी समस्या अध्ययन विधिमा आधारित रहेर तथ्याङ्कको तालिकीकरकण गरी नतिजाको व्याख्या विश्लेषण गरिएको छ । प्रस्तुत शोधपत्रमा प्रयोग भएको भाषा मानक शब्द कोशको प्रयोग नगरी शिलालेख लेखन कर्तामा मात्र निर्भर रहेकोले विभिन्न स्थानमा त्रुटि हुने गरेको निष्कर्ष निकालिएको छ ।
बराल, (२०६४) द्वारा नेपाली दैनिक समाचारमा पाइएका वर्णविन्यास सम्बन्धी त्रुटिको अध्ययन शीर्षक शोधपत्रमा नेपाली दैनिक समाचार पत्रहरूमा वर्ण विन्यास सम्बन्धी भएका त्रुटि पत्ता लगाउने र त्रुटि निराकरणका लागि उपयुक्त सुझाव दिनु जस्ता उद्देश्यहरू राखेर गरिएको अनुसन्धानमा नेपालका प्रमुख समाचारपत्रहरूमा गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोष्टलाई जनसङ्ख्याका रूपमा आधार बनाएर अध्ययन गरिएको छ । प्राथमिक सामग्री सङ्कलन गरी व्याख्या विश्लेषण विधिका रूपमा अध्ययन गरिएको छ । नेपाली वर्णविन्यासमा प्रचलित लेखन भन्दा फरक रहेका शब्दहरूको प्रयोगलाई त्रुटि मानेर गरेको अनुसन्धानमा भाषा व्याकरणका विज्ञ र योग्य व्यक्तिहरूको समूहबाट सम्पादित भए पनि दैनिक नेपाली समाचार पत्रहरूमा प्रशस्त त्रुटि रहेको निष्कर्ष निकालिएको छ ।
ढुङ्गाना, (२०६६) द्वारा नेपाली दैनिक समाचार पत्रहरूमा प्रयुक्त भाषाको अध्ययन शीर्षकमा गोरखापत्र, कान्तिपुर र अन्नपूर्ण पोष्ट पत्रिकाका १० अङ्कलाई नमुना सामग्रीका रूपमा छनोट गरी अध्ययन गरिएको छ । उक्त शोध कार्यमा क्रियात्मक अनुसन्धान विधिको प्रयोग गरी पत्रिकामा प्रयुक्त भाषिक स्वरूप पहिल्याउने, भाषिक त्रुटिको पहिचान गर्ने, समाचार प्रस्तुतिको तुलनात्मक अध्ययन गर्ने जस्ता उद््देश्य राखिएको पाइन्छ । यस शोध कार्यमा समाचार पत्रमा प्रयुक्त शब्दलाई स्रोतका आधारमा वर्गीकरण गरिनुका साथै वर्णविन्यासगत त्रुटिहरू प्रशस्त पाइएकाले त्यसलाई सुधार गर्नुपर्नेे निष्कर्ष प्रस्तुत गरिएको छ ।
न्यौपाने (२०६७)द्वारा ब्लास्ट टाइम्स राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकीयमा प्रयुक्त भाषाको अध्ययन शीर्षकमा शोध कार्य गरिएको छ । उक्त शोध पत्रमा वि.संं. २०६७ साल असार १ गतेदेखि असार ३२ गतेसम्म ३२ ओटा अङ्क मध्ये २४ ओटा अङ्कमा प्रकाशित सम्पादकीयलाई नमुनाको रूपमा छनौट गरी अध्ययन गरिएको छ । ब्लास्ट टाइम्समा सम्पादकीयको शीर्षक, भाषिक संरचना, विषयवस्तु, शैली जस्ता भौतिक पक्ष तथा सम्पादकीयमा प्रयुक्त भाषिक पक्ष, वाक्य त्तत्व, वाक्यका प्रकार, उखान, शब्द भण्डारको अध्ययन गर्नु प्रस्तुत शोधपत्रको उद्देश्य रहेको छ । पुस्तकालय अध्ययन विधिलाई आत्मसाथ गरी वर्णनात्मक एवम् विश्लेषणात्मक पद्धति अपनाइएको छ । प्राथमिक र द्वितीय स्रोतबाट सामग्री सङ्कलन गरिएको उक्त शोधपत्रमा ब्लास्ट टाइम्स पत्रिकाको सम्पादकीयको शीर्षक, संरचना, विषयवस्तु, शैली तथा सम्पादकीयको भाषाको वाक्य त्तत्व, वाक्यका प्रकार, अभूतकालका सामान्य पक्ष र भूतकालको अज्ञात पक्ष प्रयोग बढी भएको कर्तृवाच्य र भाववाच्यका वाक्य प्रयोग नभएको, व्युत्पन्न शब्दको प्रयोग बढी भएको तथा धेरै सम्पादकीयहरूले राजनीतिक विषयवस्तु अँगालेकोदेखिन्छ भने सुझाव र आलोचनाहरू भने धेरै मात्रामा प्रयोग भएको निष्कर्ष उक्त अध्ययनमा निकालिएको छ ।
अधिकारी, (२०६७) द्वारा सङ्केत पाटीमा लेखिएका शब्दहरूको त्रुटि विश्लेषण शीर्षकमा नेपाली भाषा शिक्षा विभाग अन्तर्गत रही शोध कार्य गरिएको छ । सङ्केत पाटीमा भएका त्रुटिहरू पत्ता लगाई त्रुटिहरूको वर्णन विश्लेषण गर्ने र त्रुटि निराकरणका लागि उपयुक्त सुझावहरू प्रस्तुत गर्ने उद्देश्यले समस्या अध्ययन विधिको प्रयोग गरी उक्त शोध कार्यमा काठमाडौँं उपत्यका, चितवन र लमजुङ् जिल्लाका विभिन्न स्थानमा राखिएका विज्ञापन बोर्ड, ब्यानर, सूचना तथा भित्तामा लेखिएका सामग्रीहरूलाई नमुना सामग्रीको रूपमा प्रयोग गरेकी छिन् । शोध कार्यको निष्कर्षको रूपमा वर्ण विन्यासगत र व्याकरणिक त्रुटिहरू प्रशस्त पाइएकोले सुधारका लागि सुझाव प्रस्तुत गरिएको छ ।
पौडेल, (२०६७) द्वारा पोखराका सरकारी कार्यालयमा राखिएका नागरिक बडापत्रमा पाइने वर्णविन्यासगत त्रुटिहरूको अध्ययन शीर्षक शोध कार्यमा पोखरामा अवस्थित (जिल्ला स्वास्थ्य, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, जिल्ला खानेपानी, पुनरावेदन अदालत, जिल्ला हुलाक, जिल्ला शिक्षा) कार्यालयमा राखिएका नागरिक बडापत्रलाई नमुनाका रूपमा लिई बडापत्रमा के–कस्ता वर्ण विन्यासगत त्रुटि भएका छन् भनी अध्ययन गर्नु प्रस्तुत शोधपत्रको उद्देश्य रहेको छ । अध्ययनलाई व्यवस्थित र योजनाबद्ध बनाउन सर्वेक्षण विधिलाई प्रयोग गरिएको छ । उक्त शोध कार्यमा त्रुटि निराकरण गर्न सम्बन्धित निकायलाई सुझाव पनि प्रस्तुत गरिएको छ । साइनबोर्ड लेखनकर्तासँग वर्ण विन्यासको अज्ञान र सम्बन्धित कार्यालयले पनि मानक शब्दकोशको प्रयोग नगरेका कारणले त्रुटि सङ्ख्या बढ्न गएको भन्ने निष्कर्ष निकालिएको छ ।
शर्मा, (२०६७) द्वारा नागरिक दैनिक पत्रिकाको सम्पादकीयमा प्रयुक्त भाषाको अध्ययन शीर्षकमा शोध कार्य गरेको पाइन्छ । वि.सं. २०६६ पुस १५ गतेदेखि २०६७ मङ्सिर १५ गतेसम्मको प्रत्येक महिनाको १५ गतेको नागरिक दैनिक पत्रिकाको सम्पादकीयको शीर्षक, संरचना, विषयवस्तु, शैलीजस्ता भौतिक पक्ष तथा सम्पादकीयको भाषिक पक्षको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको उक्त शोधपत्रमा पुस्तकालयीय अध्ययन विधिको प्रयोग गरिएको छ । सो अध्ययनमा नागरिक दैनिक पत्रिकाको सम्पादकीयको शीर्षक, संरचना, विषय वस्तु, शैली तथा सम्पादकीयमा प्रयुक्त भाषा, वाक्य तत्व, वाक्यका प्रकार र शब्द भण्डारको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत शोधपत्रको सम्पादकीयमा अन्य पक्षहरूका तुलनामा सामान्य पक्षका क्रियापदहरू बढी प्रयोग भएको, अकरण भन्दा करण वाक्यको प्रयोग बढी भएको, अभूतकालीन कृर्तवाच्यका वाक्यहरू बढी प्रयोग भएको, तत्सम शब्द धेरै प्रयोग भएको साथै औपचारिक भाषाको प्रयोग गरिएको पाइन्छ । अनुरोध गर्ने शैलीमा लेखिएका सम्पादकीयहरू बढी मात्रामा रहेको निष्कर्ष उक्त शोधमा निकालिएको छ ।
कँडेल, (२०६७) द्वारा नागरिक बडापत्रमा पाइने वर्णविन्यास सम्बन्धी त्रुटिहरूको अध्ययन शीर्षकमा नेपाली भाषा शिक्षा विभाग अन्तर्गत रही शोध कार्य गरिएको छ । रूपन्देही, बाग्लुङ र काठमाडौँ जिल्लाका चार÷चार ओटा कार्यालयमा राखिएका नागरिक बडापत्रहरूलाई नमुना सामग्रीका रूपमा छनौट गरी क्षेत्रीय अध्ययन विधि प्रयोग गरिएको उक्त शोध कार्यमा नागरिक वडापत्रमा रहेका वर्णविन्यासगत त्रुटिहरू पत्ता लगाउने, त्रुटिहरूको व्याख्या विश्लेषण गर्ने र सुझाव प्रस्तुत गर्ने उद्देश्य राखिएको पाइन्छ । नेपाल सरकारका आधिकारिक निकायहरूमा राखिएका बडापत्रको भाषिक प्रयोगमा प्रशस्त त्रुटिहरू भेटिएका तथा नेपाली भाषाका विद्धानहरू हुँदा हुँदै पनि राज्यका तर्फबाट नै यस्ता त्रुटि भएकाले सुधार गर्नु पर्ने निष्कर्ष रहेको छ ।
श्रेष्ठ, (२०६८) द्वारा नेपाल नागरिक बडापत्र नामक पुस्तक प्रकाशित छ । यसमा नेपालका मन्त्रालयहरू तथा सम्बन्धित अन्य निकायहरूमा के–कस्तो प्रकृतिको नागरिक बडापत्र राखिन्छन् वा राखिनुपर्छ भन्ने जानकारी दिइएको छ । उक्त पुस्तकमा नेपालका मन्त्रालय र उक्त मन्त्रालयका शाखा, उपशाखाले दिने सेवा सुविधाहरूको विवरण समेतको सङ्ग्रह गरेको पाइन्छ । साथै प्रत्येक निकायबाट पाइने सेवाहरूको विवरण पनि प्रस्तुत गरिएको छ ।
थापा, (२०६९) द्वारा सार्वजनिक महत्वका होडिङ बोर्डमा पाइने भाषिक त्रुटि सम्बन्धी अध्ययन शीर्षकमा नेपाली भाषा शिक्षा विभाग अन्तर्गत रही शोध कार्य गरिएको छ । जनताको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने सार्वजनिक महत्वका होडिङ बोर्डमा भएका भाषिक त्रुटिको पहिचान गर्न, त्रुटिहरूको व्याख्या विश्लेषण गर्नु र होडिङ बोर्डमा भएको प्रस्तुतीकरण वा चित्राङ्कन शैलीको विश्लेषण गर्ने उद्देश्यले वर्णनात्मक विधिको प्रयोग गरिएको छ । सार्वजनिक महत्वका यस्ता होडिङ बोर्डमा वर्णविन्यासगत, पदक्रमगत, अर्थगत आदि जस्ता क्षेत्रमा त्रुटिहरू पाइएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने निष्कर्ष दिइएको छ ।
खत्री, (२०७३) द्वारा प्रहरी कार्यालयमा राखिएका नागरिक बडापत्रमा प्रयुक्त वर्ण विन्यासगत त्रुटि शीर्षकमा शोधपत्र तयार गरिएको छ । उक्त शोध सुर्खेत र बाँके जिल्लाका प्रहरी कार्यालयमा राखिएका नागरिक वडापत्रमा प्रयुक्त वर्णविन्यासगत त्रुटिहरू पहिचान गर्नु, त्रुटिको वर्गीकरण गर्नु र निराकरणका उपाय बताउनु जस्ता उद्देश्यमा यो अध्ययन केन्द्रित रहेको छ । प्रस्तुत अध्ययन वर्णविन्यासगत त्रुटिमा मात्र सीमित रही तथ्याङ्क सङ्कलनको लागि क्षेत्रीय अध्ययन विधिको प्रयोग गरिएको छ । जनसङ्ख्या तथा नमुना छनोटका रूपमा सुर्खेत र बाँके जिल्लाका प्रहरी कार्यालयमा राखिएका सम्पूर्ण नागरिक बडापत्रका बोर्डहरूलाई लिइएको छ । उक्त बोर्डहरूलाई नमुना छनोट गर्दा निर्णयात्मक र सुविधाजनक नमुना छनोट पद्धतिमा आधारित रहेर गरिएको छ । तथ्याङ्क सङ्कलनका लागि प्राथमिक स्रोत द्वितीय स्रोतको रूपमा नागरिक वडापत्र राखिएको छ । प्रस्तुत अध्ययनमा आठ ओटा प्रहरी कार्यालयमा रहेका नागरिक बडापत्रहरूमा प्रयुक्त भाषिक त्रुटिको पहिचान गरी साङ्ख्यिकीबाट प्राप्त तथ्याङ्कलाई प्रमाणिक मान्दै त्यसको तालिकीकरण गरिएको छ । सोही तालिकामा वर्ण विन्यासगत त्रुटिको मुख्य आधारहरू ह्रस्व र दीर्घ, ब र व, चन्द्र विन्दु र शिर विन्दु, पञ्चम वर्ण, य र ए, पदयोग र पदवियोग, श, ष र स अन्तर्गत राखी अध्ययन विश्लेषण गरिएको छ । उक्त तालिकामा प्रस्तुत गरिएको त्रुटिको सङ्ख्याका आधारमा तुलनात्मक अध्ययन गरी निष्कर्ष निकालिने छ ।
माथि उल्लेख गरिएका साइनबोर्ड तथा नागरिक बडापत्र सम्बन्धी अध्ययन, अनुसन्धान जति भएका छन्, ती सबै सम्मान गर्न लायक छन् । अत: ज्ञानको भण्डारलाई अद्यावधिक गराइराख्नु आवश्यक हुने भएकोले थप अध्ययन गर्नु परेको हो । तसर्थ यस अध्ययन शीर्षकसँग सम्बद्ध समस्याको सैद्धान्तिक अवधारणा लिन नेपाली भाषामा प्रयोग हुने विधि र विश्लेषणका क्रममा सहयोग लिन पूर्वकार्य पाठ्यपुस्तक र पत्रपत्रिकाले सहयोग गरेकाले सामग्रीको रुपमा समीक्षा गरिनेछ ।
२.२ अध्ययनको अवधारणात्मक खाका
प्रस्तुत अध्ययनमा पसलमा राखिएका साइनबोर्डकमा प्रयुक्त वर्ण विन्यासगत त्रुटिको पहिचान गरी पहिचान भएका त्रुटिलाई भाषा कोटिको आधारमा वर्गीकरण गरिनेछ । पहिचान भएका त्रुटिहरूलाई तालिकीकरण गरी उक्त तालिकामा देखाइएका शब्दहरूलाई सङ्ख्याको आधारमा तुलनात्मक अध्यनन विधिद्धारा व्याख्या विश्लेषण गरिनेछ । यसर्थ प्रस्तुत अध्ययनको अवधारणात्मक खाका निम्नानुसार रहेको छ:
अध्याय –तीन
अनुसन्धान विधि
३.१ अध्ययनको ढाँचा
प्रस्तुत शोध प्रस्तावमा अनुसन्धानको ढाँचा वर्णनात्मक किसिमको रहेको छ । यही वर्णनात्मक किसिमको ढाँचाको आधारमा सामग्री सङ्कलन तथा व्याख्या विश्लेषण गरिनेछ । तथ्याङ्क सङ्कलन कार्यमा अवलोकन तथा क्षेत्रीय अध्ययन विधिको प्रयोग गरिनेछ । प्रस्तुत तथ्याङ्क गुणात्मक प्रकृतिको रहने छ । यस अध्ययन कार्य पुरा गर्नका लागि मुसिकोट नगरपालिकाका पसलहरुमा राखिएका साइनबोर्डको भाषिक त्रुटि २० वटा पसलहरुलाई आधार मानी साइनबोर्डमा देखिएका भाषिक त्रुटिहरुलाई पहिचान गरी साइनबोर्डमा के–कस्ता वर्णविन्यासगत त्रुटिहरु रहेका छन् ? ती वर्णविन्यासगत त्रुटिहरुको कसरी वर्गीकरण गर्न सकिन्छ ? र वर्णविन्यासगत त्रुटिहरुलाई कसरी निराकरण गर्न सकिन्छ ? भन्ने जस्ता तथ्यहरुलाई मनन् गरी प्रस्ताव तयार पारिनेछ ।
३.२ जनसङ्ख्या, नमुना र नमुना छनोट
प्रस्तुत अध्ययनमा मुसिकोट नगरपालिकामा अवस्थित पसलहरु जनसङ्ख्याका रूपमा रहनेछन् । उक्त २० वटा पसलहरुलाई यहां नमुना जनसङ्ख्याको रूपमा मानिनेछ ।
३.३ सामग्री निर्माण र मानकीकरण
मुसिकोट नगरपालिकाका पसलहरुमा राखिएका साइनबोर्डहरूलाई अध्यनीय सामग्रीका रूपमा सङ्कलन गरिनेछ । यसका साथै टिपोट कार्ड, क्यामराको सहायताले साइनबोर्डको तस्बिर खिची तिनीहरूलाई सामग्रीका रूपमा लिइएकोे छ । उक्त तस्बिरमा भएका भाषिक त्रुटिहरूलाई शब्दकोश, सम्बन्धित विषयका विशेषज्ञ, बुद्धिजीवी महानुभाव, सहयोगी पुस्तकको सहयोग लिइ तथ्याङ्क सङ्कलन गरिनेछ ।
३.४ तथ्याङ्क सङ्कलन विधि
प्रस्तुत अध्ययनलाई प्रभावकारी वस्तुगत बनाउनका लागि मुसिकोट नगरपालिकामा अवस्थित पसलहरुमा राखिएका साइनबोर्डमा देखिएका भाषिक त्रुटिको विश्लेषण गरिनेछ । उक्त अध्ययनका तथ्याङ्क संकलनका लागि पुस्तकालय अध्ययन विधि क्षेत्रीय अध्ययन विधि विषय विशेषज्ञ, व्यापारी, सेवाग्राही र उपभोक्ता आदिको सल्लाह सुझाव लिई तथ्याङ्क सङ्कलन गरिनेछ ।
३.५. तथ्याङ्कको व्याख्यातथा विश्लेषण
प्रस्तुत शोध अध्ययनमा प्राथमिक र द्वितीय स्रोतबाट प्राप्त सामग्रीलाई वर्णनात्मक अध्ययन विधिको आधारमा विश्लेषण गरिनेछ । नेपाली भाषासँग सम्बन्धित त्रुटि विश्लेषणको सिद्धान्तलाई आधार मानी साइनबोर्डमा प्रयुक्त भाषिक त्रुटिको विश्लेषण गरिनेछ । प्राप्त सामग्रीलाई विश्लेषण गर्दा तालिकिकरणका रूपमा प्रस्तुत गरिनेछ ।
३.६. शोधप्रतिवेदनको ढाँचा
प्रस्तुत शोधप्रस्ताव मुसिकोट नगरपालिकाका २० वटा पसलहरुमा राखिएका साइनबोर्डमा देखिएका भाषिक त्रुटि अध्ययनमा केन्द्रित रहनेछ । यो अनुसन्धानलाई मुख्यत: तीन भागमा विभाजन गरिनेछ ।
१. पूर्वभाग
२. मूलभाग
३. उत्तरभाग
१. पूर्वभाग
प्रस्तुत शोधप्रतिवेदनको यस खण्डमा पृष्ठ, सिफारिस पत्र, कृतज्ञता ज्ञापन, स्वीकृति पत्र, शोधसार, विषयसूची जस्ता औपचारिक पक्षलाई राखिनेछ ।
२. मूलभाग
यस भागमा शोधको परिचय, समस्याकथन, उद्देश्य, औचित्य, शोधको परिसीमा, शोधको रुपरेखा, पूर्वकार्यको समीक्षा र उपादेयता, सैद्धान्तिक अवधारणात्मक ढाँचा, अनुसन्धान विधि, जनसङ्ख्या र नमुना छनोट, तथ्याङ्क सङ्कलन सामग्री निर्माण र मानकीकरण, तथ्याङ्क सङ्कलनको विधि, तथ्याङ्क सङ्कलनको व्याख्या र विश्लेषण, शोध प्रतिवेदनको अङ्ग, शिक्षण सामग्री प्रयोगको प्रभावकारिता, कमीकमजोरी, निष्कर्ष र सुझावहरु यस अन्तर्गत अध्याय एक देखि पाँच सम्मका सम्पूर्ण भागहरुलाई समावेश गरिनेछ ।
३. उत्तरभाग
अनुसन्धानको अन्त्य भागलाई उत्तर भागमा उल्लेख गरिनेछ । यस भागमा अनुसन्धानलाई विश्वसनीय वैध र प्रमाणित बनाउने विषयवस्तु सामावेश गरिनेछन् । अनुसन्धानको उत्तर भागमा सन्दर्भसूची, परिशिष्ट, व्यक्तिवृत आदिलाई प्रस्तुत गरिनेछ ।
सन्दर्भसूची
-अधिकारी, सरितादेवी (२०६७), सङ्केत पाटीमा लेखिएका शब्दहरूको त्रुटि विश्लेषण, कीर्तिपुर: स्नातकोत्तर शोधपत्र नेपाली भाषा शिक्षा विभाग त्रि.वि. ।
-कँडेल, होमनाथ (२०६७), नागरिक वडापत्रमा पाइने भाषिक त्रुटिहरूको एक अध्ययन, कीर्तिपुर: स्नातकोत्तर शोधपत्र, नेपाली भाषा शिक्षा विभाग, त्रि.वि. ।
-खनाल, पेशल (२०३४), शैक्षिक अनुसन्धान पद्धति, सनलाइट पब्लिकेसन, काठमाडौँ
-खत्री, कर्णबहादुर (२०७३), प्रहरी कार्यालयमा राखिएका नागरिक बडापत्रमा प्रयुक्त वर्णविन्यासगतका त्रुटि, स्नातकोत्तर शोधपत्र, नेपाली शिक्षा शिक्षण समिति, रूकुम: मध्यपश्चिमाञ्चल विश्वविद्यालय ।
-ढुङ्गाणा, गङ्गा (२०६६), नेपाली दैनिक समाचारपत्रहरूमा प्रयुक्त भाषाको अध्ययन, कीर्तिपुर: स्नातकोत्तर शोधपत्र, नेपाली भाषा शिक्षा विभाग, त्रि.वि. ।
-थापा, अङ्कुल (२०६९), सार्वजनिक होडिङ बोर्डमा पाइने भाषिक त्रुटि, स्नातकोत्तर शोधपत्र, कीर्तिपुर: नेपाली भाषा शिक्षा विभाग त्रि.वि. ।
-न्यौपाने, होमप्रसाद (२०६७), ब्लास्ट टाइम्स राष्ट्रिय दैनिक पत्रिकाको सम्पादकीयमा प्रयुक्त भाषाको अध्ययन स्नातकोत्तर शोधपत्र, कीर्तिपुर: नेपाली भाषा शिक्षा विभाग, त्रि.वि.।
-पन्त, शान्ताकुमारी(२०६४), सार्वजनिक स्थलहरूमा रहेका शिलालेखमा पाइने भाषाको अध्ययन, स्नातकोत्तर शोधपत्र, कीर्तिपुर: नेपाली भाषा शिक्षा विभाग, त्रि.वि.।
-पौडेल, विक्रम(२०६७), पोखराका सरकारी कार्यालयमा राखिएका नागरिक बडापत्रमा पाइने वर्णविन्यासगत त्रुटिहरूको अध्ययन, स्नातकोत्तर शोधपत्र, पोखरा: नेपाली भाषा शिक्षा विभाग पृथ्वीनारायण क्याम्पस ।
-बन्धु, चूडामणि (२०५२), अनुसन्धान तथा प्रतिवेदन लेखन, रत्नपुस्तक भण्डार, काठमाडौँ
बराल, पूर्णचन्द्र (२०६४), नेपाली दैनिक समाचारपत्रमा पाइएको वर्ण विन्यास सम्बन्धी त्रुटिहरूको अध्ययन, कीर्तिपुर:स्नातकोत्तर शोधपत्र, नेपाली भाषा शिक्षा विभाग, त्रि.वि.।
-भट्टराई, रामप्रसाद (२०६८), भाषिक अनुसन्धान विधि, शुभकामना बुक्स एण्ड स्टेशनरी, ताहाचल, काठमाडौँ
-लंसाल, रामचन्द्र (२०४६), कोषविज्ञान र नेपाली कोष, काठमाडौँ
-शर्मा, ज्योत्सना (२०६७), नागरिक दैनिक पत्रिकाको सम्पादकीयमा प्रयुक्त भाषाको अध्ययन, स्नातकोत्तर शोधपत्र, कीर्तिपुर: नेपाली भाषा शिक्षा विभाग, त्रि.वि.।अध्ययन,स्नातकोत्तर शोधपत्र, कीर्तिपुर: नेपाली भाषा शिक्षा विभाग, त्रि.वि.।
-शर्मा, मोहनराज र खगेन्द्र लुइटेल (२०५२), शोधविधि साझा प्रकाशन, काठमाडौँ
-श्रेष्ठ, शिवराम (२०६८), नेपाली नागरिक वडापत्र (दोस्रो संस्करण), ललितपुर: महिला वातावरण समूह ।
समाप्त
लेखक: मध्यपश्चिम विश्वविद्यालय, मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम (पश्चिम)का उपप्रध्यापक हुनुहुन्छ ।