Kakhara सबैको खबर सम्पूर्ण खबर
निर्माण सुरु भएको ७ वर्षपछि कवर्ड हलकाे काम सकिदै  
कवर्डहल निर्माणकाे बाँकी काम हुँदै ।

रुकुम पश्चिमको मुसीकोट खलंगामा रहेको कवर्ड निर्माणले बल्ल पुर्णता पाउन लागेको छ । निर्माण सुरु भएको ७ वर्षपछि कवर्ड हल निर्माणले पुर्णता पाउन लागेको हो । कवर्ड हलको अधिकांश काम यसअघि नै सम्पन्न भइसकेको भएपनि घेरबारको काम बाँकी रहेको थियो । उक्त काम वर्षौ सम्म पनि हुन सकेको थिएन् । खेलाडि तथा खेलप्रेमिहरुले कवर्डहल निर्माणको काम सक्न बारम्बार आग्रह गर्ने गरेको भएपनि यसको कतैबाट सुनुवाई हुन सकेको थिएन् । कवर्डहल निर्माण सुरु भएको ७ वर्षपछि निर्माण सकिने भएपछि खेलाडिहरु उत्साहित बनेका छन् ।

प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट २० लाख विनियोजन भइ अहिले कवर्ड हलको बाँकी रहेको काम धमाधम भइरहेको छ । खुला रुपमा रहेको कवर्ड हललाई चारै तिरबाट बारेर बन्द गरिदै छ । चार भाग मध्य तीन भागमा जस्ताले बारिदै छ भने एक भागमा इट्टाको पर्खाल लगाईदै छ । निर्माण उपभोक्ता समिति गठन गरेर काम भइरहेको छ । समितिका अध्यक्ष अनिल बुढामगरले छिटो काम सक्ने गरी धमाधम काम भइरहेको बताउनुभयो । अहिले पर्खाल लगाउने देखि जस्ता पाता ठोक्नका लागि फलामका रड ठोक्ने काम संग संगै भइरहेको उहाँको भनाई छ ।    

कवर्ड हल निर्माणको काम २०७० सालमा सुरु भई विचमा अलपत्र परेको थियो । कवर्डहल निर्माणका लागि हालसम्म ७२ लाख १६ हजार ४ सय ४६ रुपैंया खर्च भइसकेको छ । अहिले विनियोजित २० लाख गरी कवर्ड हल निर्माणमा झण्डै एक करोड बजेट खर्च हुने भएको छ । 

विभिन्न इन्डोर गेमहरु संचालन र प्रशिक्षणमा सहज होस भन्ने उदे्श्यले कवर्ड हल निर्माण सुरु भएको भएपनि निर्माण सुरु भएको वर्षौ सम्म निर्माण पुरा नुहँदा उक्त उदे्श्य पुरा हुन सकेको छैन् । मार्सलआर्ट, ब्याडमिण्टन, टेबल टेनिस जस्ता इन्डोर गेम तथा भलिबलको प्रशिक्षणका लागि निर्माण गरिएको कबर्डहलको काम पुरा नहुँदा प्रयोगमा आउन सकेको छैन् । प्रयोगमै नआई कबर्डहल जीर्ण बन्दै गएको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update