Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एमाले कर्णाली प्रदेश कमिटीमा रुकुम पश्चिमबाट ५ जना निर्विरोध 
निर्विराेध हुनेहरु

नेकपा एमाले कर्णाली प्रदेश सदस्यमा रुकुम पश्चिमबाट ५ जना निर्विरोध निर्वाचित भएका छन् । १० गतेदेखि कर्णाली प्रदेशको सुर्खेतमा सुरु भएको पहिलो अधिवेशनबाट ५ जना सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् । क्षेत्र नम्बर क बाट ३ जना र क्षेत्र नम्बर ख बाट २ जना पार्टीको प्रदेश सदस्यमा निर्विरोध निर्वाचित भएको नेकपा एमाले रुकुम पश्चिमका प्रचार विभाग प्रमुख तथा निर्वाचित सदस्य कर्णबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नम्बर क बाट गङ्गाराम चनारा, रचना मल्ल र कर्णबहादुर ओली निर्वाचित हुनुभएको हो ।

निर्वाचन क्षेत्र नम्बर ख बाट टङ्कप्रसाद ओली र गणेश विक चिन्तन निर्वाचित हुनुभएको छ । निर्वाचन क्षेत्रका आधारमा ३/३ जना निर्वाचित हुनुपर्नेमा निर्वाचन क्षेत्र नम्बर ख मा भने डन्डी कार्की र कौशीला केसी चुनावी मैदानमा हुनहुन्छ । जनजातिबाट राजन पुन, दलितबाट खड्काबहादुर दमाई र युवा समूह दलितबाट आर के रसाइली शिव चुनावी प्रतिस्पर्धामा रहनुभएको छ। त्यस्तै उपसचिवमा रुकुम पश्चिमबाटै नारायणकुमार शाह चुनावी प्रतिस्पर्धामा रहको प्रचार विभाग प्रमुख ओलीले जानकारी दिनुभयो ।

अहिले मतदान प्रक्रिया चलिरहेको छ । रुकुम पश्चिमबाट २७ जना प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update