Kakhara सबैको खबर सम्पूर्ण खबर
डेंगु नियन्त्रणका लागि मुसिकोटमा सरसफाइ 

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटका विभिन्न ठाउँमा सरसफाइ गरिएको छ । स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम र नेपाली सेनाको चण्डीदल गण सल्लेको संयुक्त आयोजनामा मुसिकोटका खलङ्गा, बागबजार, सेरिगाऊँ, मठ लगायतका ठाउँमा सरसफाइ गरिएको हो । 

डेंगु नियन्त्रणका लागि सरसफाइ कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । बजार क्षत्रमा रहेका फोहोर हटाउनुका साथै झाडी सफाइ गरिएको थियो । साथै पानी जम्मा हुने टायर लगायतका वस्तु पनि हटाइएको थियो । साथै फोहोर व्यवस्थापनका लागि विभिन्न ठाउँमा २५ वटा डस्टविन राखिएको छ । 

जिल्लामा डेंगुका बिरामी बढ्दै गएकोले रोकथामका लागि सरसफाइ कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डाक्टर सुशील पाेख्रेलले जानकारी दिनुभयो ।

386040033_343173031518200_5558765743386983348_n1696234438.jpg

सरसफाइ कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उपप्रमुख विमलकुमार पुन, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, चण्डीदल गणका गणपति प्रमुख सेनानी वरुण केसी खत्री, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई, सशस्त्र प्रहरी प्रमुख सुमन लामिछाने, मुसिकोट १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द, निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर सुशील गौतम लगायतको उपस्थिति रहेको थियो । 

त्यस्तै सरसफाइ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी सहित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।  

385460874_343168004852036_3963911301172757382_n1696234449.jpg

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update