Kakhara सबैको खबर सम्पूर्ण खबर
पितिवाङ खोला पुलको ठेकेदारलाई कारवाही गर्न सांसद केसीको माग 
प्रदेश सभा बैठकमा बाेल्दै प्रदेश सभा सदस्य महेन्द्र केसी पारषमणी ।

राप्ती लोकमार्ग अन्तर्गत रुकुम पश्चिमको पितिवाङ खोलामा पुल निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्न कर्णाली प्रदेश सभा सदस्य महेन्द्र केसी पारषमणीले माग गर्नुभएको छ । आज प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको ३७ औं बैठकमा बोल्दै उहाँले वर्षौंसम्म पनि पुल निर्माणको काम अलपत्र पार्ने संरक्षण निर्माण सेवालाई किन कारवाही गर्न नसकेको भन्दै संघीय सदरकारलाई प्रश्न समेत गर्नुभयो । 

‘वर्षौंसम्म पुल निर्माणको काम अलपत्र पार्दा जनताले सास्ती भोगिरहेका छन्, ठेकेदारले कामै गर्दैन्, तर पनि सरकारले ठेकेदारलाई किन कारबाही गर्न सक्दैन ?, उहाँले प्रश्न गर्नुभयो ।’ पुल निर्माणको ठेक्का लिएको संरक्षण निर्माण सेवालाई यो सरकारले पनि कारवाही गर्न नसक्ने हो भने यो सरकार पनि जनपक्षिय हुन नसक्ने उहाँले बताउनुभयो । 

२०७४ साल असार ८ गते ५ करोड २८ लाखमा निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा लिएपनि ठेक्का लिएको वर्षौंसम्म ठेकेदार कम्पनीले पुल निर्माणको सामान्य काम समेत नगरी जनतालाई दुःख दिइरहेको भन्दै प्रदेश सभा मार्फत संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । साथै उहाँले हावाहुरी पीडित किसानलाई राहतको माग गर्नुभएको छ । 

भदौको तेस्रो साता हावाहुरी सहितको वर्षाले रुकुम पश्चिम सहित कर्णाली प्रदेका विभिन्न जिल्लामा करोडौंको क्षति भएको भन्दै किसानलाई राहतको माग गर्नुभयो । वर्षेनी करिब २५ सय मेट्रिकटन खाद्यान्न बचत गर्ने जिल्ला रुकुम पश्चिममा मात्रै १० करोडभन्दा बढीको क्षति भएको र राहातको व्यवस्था नगर्ने हो भने खाद्य संकट हुने अवस्था रहेको भन्दै राहतको व्यवस्था गर्न उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । 

कृषि विकास कार्यालयका अनुसार रुकुम पश्चिममा यो वर्ष हावाहुरीले १० करोड भन्दा बढीको क्षेति भएको र खाद्य अभाव हुने बताएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update