बझाङ भुकम्पकाे असर रूकुम पश्चिममा पनि, दुई घर भत्किए
बझाङ जिल्ला केन्द्रविन्दु भएर आज दिउँसो आएकाे भुकम्पकाे असर रूकुम पश्चिममा पनि परेकाे छ । भुकम्पका कारण अहिलेसम्म दुई घरमा क्षति पुगेकाे विवरण प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएकाे छ । भुकम्पले जिल्लाकाे त्रिवेणी गाउँपालिका ५ दवाङका प्रकाश सुनार र चाैरजहारी नगरपालिका १० काफलडाँडाका चन्द्र बुढाकाे घर भत्किएको प्रहरीले जनाएको छ । मान्छेलाई भने केही नभएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८० २०:१०
प्रतिक्रिया दिनुहोस्