Kakhara सबैको खबर सम्पूर्ण खबर
कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिम देशभरमा दोस्रो

कार्यसम्पादन मूल्याङ्कनमा आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम उत्कृष्ट अङ्कसहित देशभरमा दोस्रो भएको छ । कार्यसम्पादन मूल्याङ्कनमा एक सय पूर्णाङ्कमा  ९६ दशमलव १३ प्रतिशत अङ्क  ल्याएर रुकुम पश्चिम कार्यसम्पादन मूल्याङ्कनमा देशभरबाट उत्कृष्ट दोस्रो स्थान प्राप्त गरेको हो । गृह मन्त्रालय बिच सम्झौता भएका विभिन्न ६ वटा सूचकाङ्कमा रुकुम पश्च दोस्रो स्थान प्राप्त गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत कार्यसम्पादन गरेको आधारमा मूल्याङ्कन हुने गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । अघिल्लो  आव २०७८/०७९ मा चौथौँ नम्बरमा रहेकामा गत आर्थिक वर्ष २०७९ /०८० मा जिल्लावासीहरूको सहयोगले दोस्रो स्थान प्राप्त गर्न सफल भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले बताउनुभयो  ।

गुल्मी जिल्लाले भने ९६ दशमलव ४४ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो स्थान प्राप्त गरेको छ । तेस्रोमा रुपन्देही, इलाम, नवलपरासी पूर्व, रुकुम पूर्व, डडेलधुरा, काठमाडौँ, पर्वत, बैतडी जिल्ला रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update