Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा ३४ कुकुरको बन्ध्याकरण
कुकुरकाे बन्ध्याकरण गरिदै ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा ३४ वटा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । त्यस्तै १ सय ११ वटा कुकुरलाई निःशुल्क रूपमा रेबिज विरुद्धको खोप दिइएको छ । 

सप्ताहव्यापी रूपमा सञ्चालन भएको निःशुल्क रेबिज विरुद्धको खोप तथा बन्ध्याकरण शिविर मार्फत ३४ कुकुरको बन्ध्याकरण गरिनुका साथै १ सय ११ वटा कुकुरलाई रेबिज विरुद्धको खोप दिइएको मुसिकोट पशु सेवा शाखाका पशु सेवा प्राविधिक शिवराज महताराले जानकारी दिनुभयो । 

उहाँका अनुसार रेबिज नियन्त्रण र सामुदायिक कुकुरको सङ्ख्या घटाउने उद्देश्यले सप्ताहव्यापी शिविर सञ्चालन गरिएको हो । पशु अस्पताल तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयकाे समन्वय, नेपाल पाराभेटेरीनरी एन्ड लाइभष्टक एसोसिएसन (नेभ्ला) र नेपाल पशु स्वास्थ्य प्राविधिक सङ्घ (नेल्टा) रुकुम पश्चिमको प्राविधिक सहयोगमा मुसिकोट नगरपालिका पशु सेवा शाखाले शिविरको आयोजना गरेको हो । 

शिविरमा विज्ञ डाक्टर सुशील एर र डाक्टर जयन्त महत सहितकाे टाेली खटिएकाे थियाे । शिविर नगर पशु सेवा शाखा सेरिगाउँ र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्लेमा सञ्चालन गरिएको थियो । असोज ११ गतेबाट सुरु भएको शिविर आज सम्पन्न भएको हो । नगर प्रमुख महेन्द्र केसीले आज शिविरको समापन गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update