Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वकी कञ्चनको द भ्वाइस अफ नेपाल यात्रा: ब्लाइन्ड राउन्ड पार 
द भ्वाइस अफ नेपालकाे ब्लाइन्ड राउन्डमा प्रस्तुति राख्दै कञ्चन ।

रुकुम पूर्वकी चेली कञ्चन पुन मगर सिङगिङ रियालिटी शो द भ्वाइस अफ नेपालको ब्लाइन्ड राउन्ड पार गर्न सफल हुनुभएको छ । हिजो राती प्रसारित द भ्वाइस अफ नेपाल सिजन–५ को चौथो एपिसोडमा रुकुम पूर्वको सिस्ने गाउँपालिका ४ दादिङकी १८ बर्सिया कञ्चनले प्रस्तुति राख्नुभएको थियो । ‘कुरो बुझ्नुपर्छ’ गीत गाएकी कञ्चनले ब्लाइन्ड राउन्ड पार गर्दै अर्को चरणमा प्रवेश गर्नुभएको हो । उहाँको गीत सुनेर कोच मिलन नेवार घुम्नुभएको थियो । अन्य तीन जना कोच भने फर्किएनन् ।

अर्कोतर्फ फर्किएर बसेका कोचहरू सहभागीको गीत मन परेमा कुर्सी घुमाएर स्टेज तिर फर्किएपछि उक्त सहभागी अर्को चरण प्रवेश गर्ने नियम छ । सहभागीको अर्को चरणका लागि कम्तीमा पनि एक जना कोच घुम्नुपर्ने हुन्छ । दुई वा दुईभन्दा बढी कोच घुमेमा सहभागीले कोच छान्ने अवसर पाउँछन् । कञ्चनको हकमा भने कोच मिलन मात्र घुमेका कारण कञ्चन उहाँको समूहमा पर्नुभएको छ । कञ्चनले अब ब्याटल राउन्डमा आफ्नै समूहको कुनै एक प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । 

Kanchan1696751867.png
व्लाइन्ड राउन्ड पार गरेपछि परिवारका सदस्यसँग खुसियाली मनाउदै कञ्चन ।

को हुन कञ्चन ? 
कञ्चनको उमेर १८ वर्ष भयो । उहाँ रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ रुकुमकोट छिप्रिदहमा रहेको त्रिभुवन जनता माविमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँको घर भने सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङमा पर्छ । उहाँ दुई छोरी मध्ये जेठी हुनुहुन्छ । सानैबाट गीत गाउन रुचाउने कञ्चन विद्यालय तथा अन्य ठाउँमा हुने सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने गर्नुहुन्थ्यो ।  

Voice of nepal1696751867.png
कञ्चनकाे प्रस्तुति मन परेपछि घुमेकी काेच मिलन ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update