६० औं बैठकका नौ निर्णय
रुकुम पूर्व सिस्ने गाउँपालिका गाउँ कार्यपालिकाको ६० औं बैठक बसेको छ । बैठकले विभिन्न ९ निर्णय गरेको छ । राष्ट्रपति रनिङ शिल्डको समिक्षा सहित अरु विभिन्न निर्णय गरेको छ । कोरोना भाइरस बढ्ने सम्भावना रहेकाले यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी गर्ने निर्णय भएको छ ।
बैशाख महिनाको १५ गतेभित्रै सबै वडामा टोल विकास समिति गठन गरी आगामी आर्थिक बर्ष २०७८/०७९ का योजना छनौट गरिसक्ने, सबै वडाले बैशाख ४ र गाउँपालिकाको ५ गते सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय कार्यपालिकाले गरेको प्रवक्ता जीवन केसीले जानकारी दिनुभयो ।
चैत २५ देखि बैशाख १६ गते सम्म व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने, मेलमिलापकर्ता सूचिकृत गर्ने लगायतका निर्णय भएको प्रवक्ता केसीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७ १९:२५
प्रतिक्रिया दिनुहोस्