Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकोटमा सुपथ मूल्य पसल सञ्चालन 
सुपथ मुल्य पसल उद्घाटन कार्यक्रम ।

रुकुम पूर्वमा दसैँ, तिहार तथा छठलाई लक्षित गरेर आजबाट सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शाखा कार्यालय सिस्ने गाउँपालिका ५ रुकुमकोट छिप्रिदहमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

आज एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले सुपथ मूल्य पसलको उद्घाटन गर्नुभएको हो । 

उक्त पसलमा साबिकको मूल्यमा प्रतिकिलो ७ रुपैयाँ छुट हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रुकुमकोटका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । सुपथ मूल्य पसलका लागि जिल्लाका लागि ५ सय क्विन्टल चामलको कोटा रहेको उहाँले बताउनुभयो । 

जिल्लाका लागि समग्र कोटा भने २५ सय क्विन्टल रहेको छ । शाखा कार्यालय रुकुमकोटका लागि १५ सय र डिपो केन्द्र तकसेराका लागि १ हजार क्विन्टल कोटा रहेको निमित्त प्रमुख खड्काले बताउनुभयो । जिल्लामा दुई ठाउँ शाखा कार्यालय रुकुमकोट र डिपो केन्द्र तकसेरा गरी २ ठाउँबाट खाद्यको चामल बिक्री भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update