Kakhara सबैको खबर सम्पूर्ण खबर
पुथाउत्तरगंगा ५ गर बजारमा अनुगमन, ८७ हजार मूल्यका म्याद गुज्रिएका सामान नष्ट 
म्याद गुज्रिएका सामान र अनुगमन टाेली ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ५ को गर बजारमा अनुगमन गरिएको छ । चाडपर्वलाई लक्षित गरेर वडाको नेतृत्वमा आज बजार अनुगमन गरिएको हो । चाडबाडको समयमा हुनसक्ने मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तर लगायतलाई ध्यानमा राखेर बजार अनुगमन गरिएको वडा नम्बर ५ का अध्यक्ष तथा गाउँ कार्यपालिका प्रवक्ता टिकासाई घर्ती मगरले जानकारी दिनुभयो । 

पसल दर्ता तथा नवीकरण गरे नगरेको, मूल्यवृद्धि भए नभएको, मूल्य सूचि भए नभएको, बिक्रीका लागि राखिएका सामग्रीको उपभोग गर्न मिल्ने मिति भए नभएको लगायतका बारेमा अनुगमन गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका सामग्री बरामद गरी नष्ट गरिएको छ । विभिन्न पसलहरूबाट म्याद गुज्रिएका ८७ हजार मूल्य बराबरका सामग्री बरामद गरी नष्ट गरिएको प्रवक्ता घर्ती मगरले बताउनुभयो ।

387110584_24062267386752982_4965851314294653885_n1696838027.jpg
बजार अनुगमन हुँदै ।

घर्तीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । अनुगमनका क्रममा अनुगमन टोलीले म्याद गुज्रिएका सामग्री नराख्न र आवश्यक प्रक्रिया पुरा गरेर मात्र पसल सञ्चालन गर्न भनेको छ । अनुगमनमा वडा, प्रहरी चौकी हुकाम, स्वास्थ्य चौकी हुकाम लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।  

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update