नेपाली सेनाको चण्डीदल गण रुकुम पश्चिमले त्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा रहेको भीम कल्याण आधारभूत विद्यालय बाँठाकोटका विद्यार्थीलाई विपद् सम्बन्धी २ दिने प्रशिक्षण दिएको छ । हिजो र आज गरी २ दिन विद्यार्थीलाई विपद् सम्बन्धी प्रशिक्षण दिइएको हो । विद्यार्थीलाई विपद् व्यवस्थापन, आगलागी र भूकम्पबाट बच्ने उपायका विषयमा जानकारी गराइएको थियो ।
नेपाली सेनाले गर्ने गतिविधि लगायतका विषयमा पनि जानकारी गराइएको शिक्षक कुबेर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार चण्डीदल गण सल्लेको टोलीले विद्यालय परिसर वरपर झाडी हटाएर सरसफाइ पनि गरेको छ ।
त्यस्तै विद्यार्थीलाई शङ्कास्पद विस्फोटक पदार्थको बारेमा जानकारी गराउनुका साथै त्यस्ता वस्तु फेला पारेमा कहाँ र कसरी सूचना गर्ने भन्ने विषयमा विद्यार्थी तथा शिक्षकलाई चण्डीदल गण सल्लेका उप सेनानी दिलीप पौडेल, जमदार तेजबहादुर थापा लगायतको टोलीले प्रशिक्षण दिएको शिक्षक ओलीले बत्ताउनुभयो ।