नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिम आउनुहुने भएको छ । जिल्ला पार्टीले आयोजना गरेको जनसभा प्रमुख वक्ताको रुपमा प्रचण्ड रुकुम पश्चिम आउने पक्का भएको हो । जन आन्दोलन दिवशको अवसरमा माओवादी केन्द्र रुकुम पश्चिमले बृहत जनसभा आयोजना गरेको छ ।
सोही जनसभा सम्बोधनका लागि प्रचण्ड रुकुम पश्चिम आउनुहुने भएको हो । माओवादी केन्द्र रुकुम पश्चिमले माओवादी केन्द्र अस्तित्वमा आएपछि पहिलो पटक ठूलो जन सभा गर्न लागेको हो । चैत २४ गते मुसीकोट नगरपालिका १, स्थित बह्राटाकुरामा जनसभा गर्ने तयारी गरिएको जिल्ला अध्यक्ष गोपाल शर्माले बताउनुभयो ।
जनसभालाई बृहत बनाउनका लागि पार्टी तयारीमा जुटेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । ४ बर्षपछि प्रचण्ड यही बह्राटाकुरा आउन लाग्नु भएको हो । जनसभालाई माओवादीका अर्का नेता जनार्दन शर्माले पनि सम्बोधन गर्नुहुने कार्यक्रम छ । २०७३ फागुन १२ गते मध्यपश्चिमाञ्चल महोत्सव उद्घाटनका लागि प्रचण्ड बह्राटाकुरा आउनुभएको थियो ।