
‘जाने भए साइली’ नामको गीत बजारमा आएको छ । ओआरएस डिजिटल युट्युब च्यानलबाट बुधवार गीत सार्वजनिक भएको हो । यो गीतको शब्द रुकुम पश्चिमका चन्द्रदेव खड्काले लेख्नुभएको हो । गीतको म्युजिक भिडिओमा चर्चित नायिका तथा मोडल प्रियङ्का कार्की र मिलन मिश्र फिचर्ड छन् । गीतमा स्वर कमल बिसी ‘माल्दाई’, समीक्षा अधिकारी र शिवम पन्तले दिनुभएको छ । गीतको लय कमल बिसीले नै बनाउनुभएको हो ।
गीतमा ब्रिटिस लाहुरेसँगको माया प्रेम चर्चा गरिएको छ । लोक भाकामा रहेको गीत नचाउने खालको छ । गीतको शब्द र लय उत्कृष्ट खालको छ । यो गीतको निर्देशन गम्भीर विष्टले गर्नुभएको हो भने कोरियोग्राफर सुरेन्द्र बसेल हुनुहुन्छ ।
यो गीतका शब्द लेख्ने खड्का स्वास्थ्यकर्मी (अहेव) हुनुहुन्छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० का खड्का अहिले सिस्ने गाउँपालिका रुकुम पूर्वमा कार्यरत हुनुहुन्छ । उहाँ विगत ७, ८ वर्ष देखि गीत सङ्गीतका क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । उहाँले आधा दर्जन बढी गीत बजारमा ल्याउनुभएको छ । साबिकको मध्यपश्चिम क्षेत्रमा चर्चित सिंगारु गीतका शब्द सहित उहाँले अभिनय समेत गर्नुभएको छ ।
भिडिओ: