Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले दियो कामीको परिवारलाई १ लाख मृत्यु दाबी रकम
मृत्यु हक दाबि रकम हस्तान्तरण गरिदै ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बिमा कम्पनी रुकुम पश्चिमले एक व्यक्तिलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ । जिल्लाको आठवीसकोट नगरपालिका वडा नम्बर १ उमाखोलाकी रुपकली कामीको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरिएको हो । रुपकलीको उपचारको क्रममा मृत्यु भएपछि उहाँको १५ वर्षीय छोरा हंसराज कामीलाई बिहिबार प्रभु महालक्ष्मीको कार्यालय खलंगामा बोलाएर सावधिक बिमा बापत १ लाखको चेक हस्तान्तरण गरिएको प्रभु महालक्ष्मी इन्स्योरेन्स कार्यालयकी प्रमुख ब्यूझना पुन देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गत फागुनमा रुपकलीले सावधिक आजीवन बिमा गर्नुभएको थियो । १६ वर्षे सावधिक आजीवन बिमा गर्नुभएका रुपकलीको गत असार २ गते मृत्यु भएको थियो । एक किस्ता तिर्नुभएका उहाँलाई विमाअंक रकम बरावरको चेक हस्तान्तरण गरिएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिनुभयो । प्रभु र महालक्ष्मी मर्ज भएपछिको पहिलो मृत्यु दाबी भुक्तानी गरिएको कार्यालय जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update