Kakhara सबैको खबर सम्पूर्ण खबर
पुरुष तर्फ निसिखोलाका पूर्णबहादुर र महिला तर्फ बाँफिकोटकी विमला सर्वोत्कृष्ट 
सर्वाेत्कृष्ट पूर्ण र विमला ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा सञ्चालन भएको जनक सुधन–स्मृति रनिङ शिल्ड महिला पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फ बागलुङ निसिखोलाका पूर्णबहादुर कँवर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले १५ हजार बराबरको स्मार्ट फोन प्राप्त गरे । त्यस्तै महिला तर्फ बाँफिकोट गाउँपालिका वडा नम्बर ४ की विमला बिक सर्वोत्कृष्ट भइन् । उनले नगद ५ हजार प्राप्त गरिन । 

Purna1697252988.jpg
पुरुष तर्फ सर्वाेत्कृष्ट बागलुङ निसिखोलाका पूर्णबहादुर कँवर ।

महिला तर्फ बाँफिकोट ४ की प्रशंसा चन्द उदयमान खेलाडी बनिन । पुरुष तर्फ बाँफिकोट ८ का पुष्प खनाल उदयमान खेलाडी, निसिखोला २ का छम कँवर वेस्ट सेटर, बाँफिकोट ८ का मदन खनाल वेस्ट डिफेन्डर, सानीभेरी ४ का नवीन ओली वेस्ट सर्भर, निसिखोला २ का लालबहादुर खत्री वेस्ट व्लकर र निसिखोला २ कै थपप्रकाश छन्त्याल वेस्ट स्पाइकर घोषित भएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र रुकुम पश्चिमका अध्यक्ष तेजविक्रम विएमले जानकारी दिनुभयो । 

Bimala1697253022.jpg
महिला तर्फ सर्वाेत्कृष्ट रुकुम पश्चिम बाँफिकाेटकी विमला विक ।

असोज २० गतेबाट सुरु भएको प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो । प्रतियोगिताको पुरुष तर्फको शिल्ड बागलुङ निसिखोला ४ र महिला तर्फ रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ४ ले जितेका छन् ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update