अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयोजकमा सुनार
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी रुकुम पश्चिमको संयोजकमा प्रेमकुमार सुनार चयन हुनुभएको छ । संगठनको जिल्ला भेलाले सुनारको संयोजकत्वमा ८१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
जिल्लाका ७३ वडाबाट एक÷एक जना पर्ने गरी र बाँकी पूराना गरी ८१ सदस्यीय समिति गठन भएको संयोजक सुनारले बताउनुभयो । सबैतिरका वडा, पालिकाको सम्मेलन गरी अन्तमा जिल्ला सम्मेलन गर्ने गरी निर्णय भएको सुनारले जानकारी दिनुभयो । माओवादी केन्द्र अस्तित्वमा आएपछि पार्टीले पार्टी र पार्टीका भातृ संगठनहरुको भेला, बैठकहरु धमाधम गरिरहेको छ ।
प्रकाशित मिति: शनिबार, चैत २१, २०७७ १३:१३
प्रतिक्रिया दिनुहोस्