Kakhara सबैको खबर सम्पूर्ण खबर

 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ को माछिमि  जिउला यति बेला धान पाकेर पहेँल पुर छ । मुसिकोट नगरपालिका भित्रको सबैभन्दा उर्वर भूमि मध्येको एक हो माछिमि  जिउला । ठुलो क्षेत्रफलमा फैलिएको यो भूमि जति उर्वर छ उति नै सुन्दर पनि । मध्य पहाडी लोक मार्गको छेवैमा रहेको माछिमि जिउला हेर्न लायक छ । यहाँ मुख्य गरी धान, गहुँ लगायतका खाद्यान्न बाली र ताजा तरकारी तथा बिउँ उत्पादन हुने गरेको छ ।

DSC02557-011697350145.jpg

यहाँका स्थानीयको मुख्य पेसाका रूपमा कृषि पनि रहेको छ । यहाँका प्रत्येक परिवार कृषिमा जोडिएका छन् । समतल फाँट भएका कारण माछिमि जिउला निकै उर्वर छ । यहाँ राम्रो कृषि उपज उत्पादन हुने गरेका छन् । यहाँ उत्पादन भएका कृषि उपज मुसिकोट खलङ्गामा खपत हुने गरेको छ । केही उत्पादन भने कृषकहरूले बाहिर पनि पठाउने गरेका छन् ।

DSC02642-011697349857.jpg

यस जिउलामा अहिले धान पाकेर भित्र्याउन लायक हुँदै छन् । जसका कारण माछिमि जिउला पहेँल पुर छ । पुरै फाँटमा धानका बाला झुलेका छन् । धानका बाला भुईँ नै छुने गरी झुलेका छन् । धान काट्ने क्रममा पनि यो फाँट हेर्न लायक हुन्छ । धान काट्दै गरेका स्थानीय र ठाउँ ठाउँमा लगाइएका दाइँले यो फाँटलाई हेर्न लायक बनाउँछ ।

DSC02554-011697349662.jpg

दसैँ लगत्तै धान काट्न सुरु गर्ने किसानहरूको तयारी छ । माछिमि जिउला रुकुम पश्चिमको राम्रो धान उत्पादन हुने मध्येको एक महत्त्वपूर्ण फाँट हो । धान काटेपछि किसानले मुला, प्याज लगायतको बिउँ उत्पादन सुरु गर्छन् । पुस, माघ, फागुन तिर यो फाँट झनै हेर्न लायक हुन्छ । बिउँका लागि लगाइएको मुलार प्याज फुलेर फाँट नै सेताम्मे हुने गर्छ । 

DSC02531-011697349999.jpg

DSC02527-011697349442.jpg

DSC02524-011697349420.jpg

DSC02547-011697349867.jpg

DSC02505-011697349376.jpg

DSC02510-011697349396.jpg

DSC02456-011697349384.jpg

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update