Kakhara सबैको खबर सम्पूर्ण खबर
कुमारी बैँकको २०औँ बार्षीकोत्सवको अवसरमा बजार सरसफाई
खलंगाकाे कालिका मन्दिरमा डस्टविन राख्दै कुमारी बैंकका कर्मचारी ।

कुमारी बैंक लिमिटेड रुकुम पश्चिम शाखाले २० औं वार्षिकोत्सवको अवसरमा मुसीकोटका विभिन्न ठाउँमा सरसफाई गरेको छ । त्यस्तै बजारका विभिन्न ठाउँमा फोहोर व्यवस्थापनका लागि डस्टविन राखेको छ । खलंगाको तल्लोबजार, माथिल्लो बजार, त्रिवेणिचोक, जिल्ला अस्पताल सल्ले र कालिका मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

फोहोर व्यवस्थापनमा सहज होस भनेर बजार क्षेत्रभित्रका बिभिन्न ७ ठाउँमा फोहोर फाल्ने डस्टविन पनि राखिएको बैँकका शाखा प्रबन्धक बिष्णुनाथ योगीले जानकारी दिनुभयो । वजारवासीलाई सरसफाईमा लाग्न प्रेरित गर्ने उद्ेश्यले सरसफाई गरिएको र फोहोर व्यवस्थापनका लागि सहज होस भनेर डस्टविन राखिएको उहाँको भनाई छ ।  

सरसफाई कार्यक्रममा मुसीकोट १ नम्बर वडा अध्यक्ष बिरबल केसी, अन्य जनप्रतिनिधि, बैँकका कर्मचारी लगाएको सहभागीता रहेको थियो । बैँकले आफ्नो २० औं बार्षिकोत्सव देशभरी बृक्षारोपन तथा सरसफाई कार्यक्रम गरी मनाएको शाखा प्रबन्धक योगीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update