Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि ६८ औँ प्रहरी दिवस मनाइयो 

रुकुम पश्चिममा पनि विभिन्न कार्यक्रम गरेर ६८ औँ प्रहरी दिवस मनाइएको छ । आज जिल्ला प्रहरी कार्यालयमा औपचारिक रूपमा कार्यक्रम गरेर ६८ औँ प्रहरी दिवस मनाइएको हो । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम लगायत उपस्थित सबै अतिथिले सहिद प्रहरीको स्मारिकामा पुष्प गुच्छा अर्पण गरेर श्रदासुमन अर्पण गर्नुभएको थियो । 

Police Day Rukum1697540086.jpg

प्रमुख जिल्ला अधिकारी पन्त र समन्वय प्रमुख गौतमले प्रहरी दिवसको शुभकामना व्यक्त गर्दै नेपाल प्रहरीले सुरक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रममा विजयादशमीको शुभकामना आदान प्रदान पनि गरिएको थियो । ६८ औँ प्रहरी दिवसको अवसरमा विभिन्न खेलकुद प्रतियोगिता पनि सञ्चालन गरिएको थियो । सञ्चालन गरिएका खेलकुद प्रतियोगिता अन्तर्गत दौड, ब्याडमिन्टन, टेवल टेनिस र घैँटो फोर प्रतियोगितामा सहभागी भई स्थान प्राप्त गर्ने प्रहरीलाई पुरस्कार सहित प्रमाणपत्र वितरण गरिएको थियाे ।

Lumbini1697540175.jpg
दिवस विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला समन्व समिति प्रमुख लुम्बिनी गाैतम ।

सहिद परिवारका सदस्यलाई सम्मान गरिएको थियाे । प्रहरीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने संघ संस्था तथा जग्गादाताहरुलाई पनि सम्मान गरिएको थियाे । २०१२ सालमा प्रहरी संगठन स्थापना भएकाे सम्झनामा नेपाल प्रहरीले हरेक वर्ष प्रहरी दिवस मनाउँदै आएको छ । प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमकाे विशेष आतिथ्यता रहेकाे थियाे । 

Hariprasad Panta1697540109.jpg
दिवस विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त ।

त्यस्तै जिसस उपप्रमुख देवबहादुर विक, मुसिकोट नगर प्रमुख महेन्द्र केसी, उपप्रमुख विमलकुमार पुन, त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसी, चण्डीदल गण सल्लेका गणपति प्रमुख सेनानी शरद थापा,  सशस्त्र प्रहरी प्रमुख सुमन लामिछाने, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, राजनीतिक दलका प्रमुख लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

Namaraj1697540094.jpg
दिवसका अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराई ।
Smarika1697540144.jpg
अमर सहिद स्मारिका ।
Bishnu1697540128.jpg
कार्यक्रम सञ्चालन गर्दै प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठ ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update