रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा जारी पाँचौँ शिद्ध गुफा गोल्ड कपमा आज ८ खेल भएका छन् । तेस्रो दिन आज दिनभर ८ खेल भएका हुन् । आज युनिक व्वाइज, लक्ष्मी नगर युनाइटेड, जे.वाइ.सी, माछिमि फुटबल क्लव, आयोजक सल्ले ए, सल्ले बि, खलङ्गा लेजेण्ड र एफ.सी कलेक्सन विजयी भए । सल्ले ए, सल्ले बि, खलङ्गा लेजेण्ड र एफ. सी कलेक्सन क्वाटर फाइनल प्रवेश गरेका छन् । समूह चरणका खेल सकिएर आज प्रि क्वाटर फाइनलका ४ खेल भएको आयोजक सल्ले यूथ क्लवका अध्यक्ष भागिराम बोहराले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोली प्रि क्वाटर फाइनलका ४ खेल र क्वाटर फाइनलका खेलहरु हुने छन् । प्रतियोगितामा जिल्लाका २८ वटा फुटबल समूहले भाग लिएका छन् । खेल नकआउट सिस्टममा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले ६० हजार ९ सय ९९ र उपविजेताले ३० हजार ९ सय ९९ रुपैयाँ र ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट उदयमान खेलाडी र फेयर प्ले अवार्ड गरी व्यक्तिगत इभेन्टमा पनि पुरस्कृत गरिने छ ।