रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ नुवाकाेट डाँडामा दोस्रो द राइजिङ कप हुने भएको छ । कार्तिक ८ गते देखि ११ गते सम्म नुवाकोट डाँडामा दोस्रो द राइजिङ कप हुन लागको हो । पाँच पूर्णिमाको अवसरमा द राइजिङ युवा क्लबले विविध खेलकुद प्रतियोगिता आयोजना गरेको द राइजिङ युवा क्लबका अध्यक्ष दीपककुमार रावलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पाँच पूर्णिमा मेलाको अवसरमा खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल, एकल नृत्य र लोकदोहोरी प्रतियोगिता आयोजना गरिएको छ । पुरुष भलिबल तर्फ प्रथम पुरस्कार १ लाख १० हजार ५ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्नेलाई ५१ हजार ५ रुपैयाँ सहित कप मेडल र प्रमाणपत्र र तेस्रो स्थान प्राप्त गर्ने समूहले ३१ हजार ५ रुपैयाँ नगद सहित कम मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क भने ९ हजार ९ सय ९९ रुपैयाँ रहेको अध्यक्ष रावलले जानकारी दिनुभयो ।
त्यस्तै एकल नृत्य तर्फ प्रथम पुरस्कार ४ हजार ५, दोस्रो पुरस्कार २ हजार ५ सय ५ र तेस्रो पुरस्कार १ हजार ५ सय ५ रहेको छ । दर्ता शुल्क ४ सय रहेको छ । लोकदोहोरी तर्फ प्रथम पुरस्कार ५ हजार ५, दोस्रो पुरस्कार ३ हजार ५ र तेस्रो पुरस्कार २ हजार ५ रहेको छ । दर्ता शुल्क भने ५ सय रहेको छ । मेलामा स्थानीय झाँकी पनि प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने कार्यक्रम रहेको द राइजिङ युवा क्लबका अध्यक्ष रावलले जानकारी दिनुभयो ।