रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको बरापाटामा विविध खेलकुद प्रतियोगिता हुने भएको छ। हरेक वर्ष लाग्दै आएको सहिद स्मृति मेलाको अवसरमा खुला शुद्ध वडा स्तरीय महिला पुरुष भलिबलका साथै पुरुष ब्याडमिन्टन र लोक दोहोरी प्रतियोगिता हुने भएको हो । गाउँपालिकाले हरेक वर्ष यस क्षेत्रमा मेला लगाउने गरिरहेको छ । मेला कात्तिक ९ देखि लाग्ने भएको छ । सोही दिन देखि खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने भएका छन् ।
पुरुष तर्फको भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख दश हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । भने दोस्रो हुने टिमले नगद ७० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउँदा तेस्रोले नगद ४५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउँने आयाेजकले जनाएकाे छ । यस्तै सान्त्वना हुने टिमले नगद २५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेलकुद संयोजक हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।
महिला भलिबलमा प्रथम हुने टिमले नगद ३० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तै दोस्रोले २० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाउँदा सेमिफाइनलमा पुगेका दुई टिमले समान दश हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने भएका छन् । मेलामा लोक दोहोरी र पुरुष ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएकाे छ । ब्याडमिन्टन तर्फ प्रथम हुने जोडिले नगद २५ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्दा दोस्रो हुने जोडिले नगद १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने बताइएकाे छ । यस्तै सेमिफाइनलमा पुगेका दुुई जोडिले समान पाँच हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने छन् ।
लोक दोहोरी प्रतियोगितामा प्रथम, दोस्रो, र तेस्रोले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँको साथमा प्रमाण पत्र पाउने सहिद स्मृति मेला व्यवस्थापन समितिले जानकारी दिएको छ । यस्तै मेलामा झाकी सहिद आउने सांस्कृतिक समूहलाई पुरस्कारको व्यवस्था गरिएको छ ।