रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा नगर स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । शिल्ड वडा नम्बर ४ गोतामकोटमा रहेको ज्ञानोदय माबी चौतारामा आज देखि सुरु भएको हो । शिल्डको आज एक कार्यक्रमका बिच कर्णाली प्रदेश सभा सदस्य रातो कामिले उदघाटन गर्नुभयो । आज देखी सुरु भएको रनिङ शिल्ड २७ गते सम्म सन्चालन हुने नगरपालिकाले जनाएको छ । रनिङ शिल्डमा नगरपालिका अन्तर्गतका १७ वटा माध्यामिक विद्यालयले सहभागिता जनाएका छन । रनिङ शिल्डमा विभिन्न बिधाका खेलकुद प्रतियोगिताहरु हुने नगर खेलकुद विकास समितिका अध्यक्ष शन्देश बिकले जानकारी दिनुभयो ।
उहाँका अनुसार छात्र, छात्रा दुबै तर्फको भलिबल प्रतियोगिता हुने छन । त्यस्तै छात्र छात्रा तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर दौड प्रतियोगिता हुने आयोजकले जनाएको छ । यस्तै छात्र तर्फ मात्रै १५ मिटरको दौड पनि संचालन हुने छ । रिले दौडमा छात्र, छात्र दुबै तर्फ १ इन्टु चार सय र ४ इन्टु ४ सय मिटरमा प्रतिस्पर्धा हुने नगरपालिकाले जनाएको छ । यसैगरी सटफुट, ज्याभलिङ थ्रो, हाइजम्प त्रिपलजम्प र लङजम्प पनि हुने छन । नगरपालिकाले पहिलो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड वडा नम्बर ३ खदिमा रहेको हिमालय माध्यामिक विद्यालयमा गरेको थियो । उक्त रनिङ शिल्ड हिमालय मावि खदिले नै जितेको थियो ।
दुर्गमका विद्यालयहरुबाट नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरुवात गर्ने नगरपालिका र नगर शिक्षा समितिको निर्णय अनुसार प्रथम रनिङ शिल्ड खदिमा भएको थियो भने दोस्रो रनिङ शिल्ड गोतामकोटमा भएको हो । पढाइ लेखाइ मात्र नभई खेलकुदका माध्यमबाट पनि माध्यामिक तहमा अध्यनरत विद्यार्थीहरुको क्षमता बिकास गर्न पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्न थालिएको नगरपालिकाको भनाई छ ।