बलियो नेपाल कप खेल्न रुकुमको टिम भैरहवातर्फ प्रस्थान
रुपन्देहीको भैरहवामा चैत्र २१ गते देखि जारी बलियो नेपाल कपमा भाग लिनका लागि रुकुमको टिम त्यसतर्फ प्रस्थान गरेको छ । १४ जना खेलाडि र दुई जना व्यवस्थापक गरी १६ सदस्यीय टोली आज बिहान भैरहवातर्फ प्रस्थान गरेको हो ।
रुकुमले गोपाल केसीको कप्तानीमा बलियो नेपाल कपमा भाग लिन लागेको छ । टोलीको अन्य सदस्यहरुमा युवराज खत्री (उपकतान), महेश केसी, गणेश ददेल, सुनिल खत्री, सुशील ढकाल, रामकृष्ण परियार, मोहन कठायत, धर्मेन्द्र शाही, रोशन बुढा, सन्दीप पुन, अजय परियार, दार्विन रामदान र अनिल बिक रहेका छन् ।
टिम कोचमा कुलप्रसाद ओली र टिम मेनेजरमा विजय परियार छन् । प्रतियोगितामा रुकुमले आफ्नो पहिलो खेल चैत्र २४ गते गुल्मी संग खेल्ने छ ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७ ०७:३२
प्रतिक्रिया दिनुहोस्