रुकुम पश्चिमको मुसिकोटमा दसैँ, तिहार र आरोग्य दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आज आयुर्वेद स्वास्थ्य केन्द्रको हल खलङ्गामा कार्यक्रम भएको हो । कार्यक्रम आयुर्वेद स्वास्थ्यकर्मी समाज रुकुम पश्चिमले आयोजना गरेको हो ।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज रुकुम पश्चिमका अध्यक्ष विनोद बिस्टको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका अध्यक्ष छविलाल खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका सहभागीले विजया दशमी, शुभ दिपावली, छठ तथा आरोग्य दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका थिए । त्यस्तै समसामयिक विषयमा अन्तरक्रिया समेत भएको आयुर्वेद स्वास्थ्यकर्मी समाजका जिल्ला सचिव ठानबहादुर अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा मुसिकोट आयुर्वेद औषधालयका प्रमुख राजेन्द्र केसी सहित तिलक खड्का, गणेश रावल, सिम्ता आयुर्वेद औषधालय सुर्खेतका कविराज पवन केसी, आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका युवा केसी, आरोग्य केन्द्रका प्रमुख रामबहादुर ओली, आरोग्य केन्द्र प्रमुख दीपेन्द्र बटाला, आयुर्वेद स्वास्थ्यकर्मी समाजका कोषाध्यक्ष कविता बिक, झकबहादुर ओली, विजय केसी, भारत चन्द लगायत १५ जना स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन आयुर्वेद स्वास्थ्यकर्मी समाजका सचिव ठानबहादुर अधिकारीले गर्नुभएको थियो ।