Kakhara सबैको खबर सम्पूर्ण खबर
रोल्पाको सुनिलस्मृति गाउँपालिकामा प्लास्टिकको मालामा प्रतिबन्ध

रोल्पाको सुनिलस्मृति गाउँपालिकाले प्लास्टिकको मालामा प्रतिबन्ध लगाएको छ । गाउँपालिकाले यस वर्षको तिहारलाई लक्षित गर्दै प्लास्टिकको मालामा प्रतिबन्ध लगाएको हो । पुष्प खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्लास्टिकको मालामा प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले प्राकृतिक फूलको माला खरिद बिक्री गर्न र प्लास्टिकको माला खरिद तथा बिक्री नगर्न गाउँपालिकाका सबै व्यापारीहरूलाई अनुरोध गरेको छ । साथै फूलको माला मात्र प्रयोग गर्न गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीले गाउँपालिकावासीलाई अनुरोध गर्नुभएको छ । साथै गाउँपालिकाले तिहारको शुभकामना समेत व्यक्त गरेको छ ।

397544318_10228135139597039_2630425144996106740_n1698820053.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update