Kakhara सबैको खबर सम्पूर्ण खबर
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था रुकुम पश्चिमको अध्यक्षमा पुनः पुन
वार्षिक साधारण सभाका सहभागिहरु ।

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था रुकुम पश्चिमको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सदरमुकाम मुसीकोट खलंगामा भएको साधारण सभाबाट पुनः गोकर्णवहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।साधारण सभाले पुरानै कार्यसमितिलाई नयाँ कार्यसमितिका रुपमा निरन्तरता दिने निर्णय गरेको हो । जसको उपाध्यक्षमा रमेश खड्का, सचिव गणेश जि शाह, सह सचिव ओपेन्द्र पाण्डे र कोषाध्यक्षमा धनमाया मल्ल रहनुभएको छ । 

त्यस्तै सदस्यहरुमा बिष्णुबहादुर बुढाथोकी, कालिवहादुर शाह, वासुदेव शर्मा, निशा रावल, मनिषा केसी र माया बोहरा रहनुभएको छ । प्रमोदकुमार शर्माको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । जसमा नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, उद्योग वाणिज्य संघलाई सदस्य राख्ने निर्णय भएको उपाध्यक्ष रमेश खड्काले जानकारी दिनुभयो । यसैविच संस्थाले सुशासन प्रवद्र्धन सम्बन्धि बृहत अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । 

कार्यक्रमका सहभागिहरुले सुशासन प्रवद्र्धनका लागि सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिएका थिए । त्यस्तै उनिहरुले भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको भुमिकालाई बढाउनुपर्ने समेत बढाएका थिए । 
 

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update