Kakhara सबैको खबर सम्पूर्ण खबर
क्रिकेट खेलाडीलाई डिसहोम फाइबर नेटको पुरस्कारै पुरस्कार, एकै खेलमा शतक र ५ विकेट लिए २० लाख 
डिसहाेम फाइबरनेटले घाेषणा गरेकाे पुरस्कार ।

नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेटको छनौट खेलिरहेको छ । काठमाडौँमा जारी छनौट अन्तर्गत लगातार २ जित सहित नेपाल समूह ए बाट एक खेल अगावै सेमिफाइनल पुगिसकेको छ । अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आइसिसी टी–२० विश्वकपमा छनोटको लक्ष सहित उत्रिएको नेपाली टिमको प्रोत्साहनका लागि निजी क्षेत्रबाट पुरस्कारको घोषणा भइरहेको छ ।

आज मात्रै डिसहोम फाइबर नेटले नेपाली खेलाडीका लागि पुरस्कारै पुरस्कारको घोषणा गरेको छ । उसले सर्वाधिक २० लाख देखि न्यूनतम ५० हजारसम्मको पुरस्कार घोषणा गरेको छ । एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीका लागि डिसहोमले २० लाख पुरस्कार दिने घोषणा गरेको छ । त्यस्तै शतक प्रहार गर्ने खेलाडीलाई १० लाख, ५ विकेट लिएमा ५ लाख, अर्ध शतक प्रहार गरेमा १ लाख, ३ विकेट लिएमा १ लाख, ३४ रन लिएमा ५० हजार र ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ३५ लाख पुरस्कार दिने डिसहोम फाइबर नेटले जनाएको छ ।

अर्ना बियरले यस अघि नै समूह चरणका तीन खेलका लागि पुरस्कारको घोषणा गरिसकेको छ । खेलाडीको प्रदर्शनका आधारमा अर्नाले पुरस्कार दिने भनेको छ । प्रति रनको १ हजार देखि अन्य विभिन्न पुरस्कार दिने उसको घोषणा छ । पछिल्लो समय नेपाली क्रिकेट खेलाडीहरू आर्थिक रूपमा सबल बन्दै गइरहेका छन् । राम्रो प्रदर्शन गरिरहेको नेपाली खेलाडीका लागि सरकार तथा निजी क्षेत्रबाट सहयोग भइरहेको छ ।    

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update