Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा अटोको भाडादर कायम, कुन रुटको भाडा कति ? 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अटोको भाडादर कायम गरेको छ । नगरपालिका भित्रका विभिन्न रुटका लागि नगरपालिकाले भाडादर कायम गरेको हो । मङ्गलवार बसेको अटो तथा ई–रिक्सा सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले विभिन्न १६ वटा रुटमा सामान्य तथा रिजर्भ गरी छुट्टा छट्टै भाडादर तोकेको छ । त्यस्तै रिजर्भका लागि दिउँसो र रातको समयमा फरक फरक भाडा तोकिएको छ ।

अब मटेला पुल देखि स्यालखोलासम्मको ५० रुपैयाँ, स्यालखोला देखि बसपार्कसम्म ५० रुपैयाँ, बसपार्क देखि चौरजहारी अस्पतालसम्म ४० रुपैयाँ , बसपार्क देखि एयरपोर्टसम्म ४० रुपैयाँ, बसपार्क देखि लामिछानेगाउँसम्म ४० रुपैयाँ, बसपार्क देखि गोइरी जिउलासम्म १ सय ५० रुपैयाँ र बसपार्क देखि विजयश्वरीसम्मका लागि ५० रुपैयाँ लाग्ने छ ।

विजयश्वरी देखि मेलैनाउलीसम्म ५०, मेलैनाउली देखि नार्जीसम्म ५०, नार्जी देखि शान्तिबजारसम्म ५०, शान्तिबजार देखि चन्द्रबजारसम्म ३० र चन्द्रबजार देखि चौफासम्मको भाडा ४० रुपैयाँ रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार मटेला देखि मेलैनाउलीसम्मको भाडा १ सय ५०, मटेला देखि खोलागाउँसम्मको भाडा ३ सय, बसपार्क देखि मेलैनाउलिसम्मको भाडा १ सय र बसपार्क देखि खोलागाउँसम्मको भाडा २ सय ५० रुपैयाँ तोकिएको छ ।

रिजर्भका लागि भने फरक भाडादर रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी गराउनुभयो ।

यस्ताे छ भाडादर:

397586311_1537156733775638_7321227042966001644_n1698840291.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update